११ बैशाख २०८१, मंगलवार

पत्रकार भण्डारीद्धारा ७० हजारको खेलकुद सामाग्री विद्यालयलाई हस्तान्तरण

पत्रकार भण्डारीद्धारा ७० हजारको खेलकुद सामाग्री विद्यालयलाई हस्तान्तरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २० । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले आफ्नो निजि ७० हजार रुपियाँ खर्च गरेर सो रकमबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ स्थित जनशक्ति माध्यामिक बिद्यालयलाई खेलकुद सामग्री दिनु भएको छ ।
अध्यक्ष भण्डारीले बिद्यालयमा सोमवार आयोजित एक कार्यक्रमका बीच करिब ७० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गर्नुभयो। हस्तान्तरण गरिएका खेलकुद सामाग्रीहरुमा ‘मिकासा’ कम्पनीको भलिबल ४ थान, फुटबल २ थान, भलिबस नेट २ थान, फुटबल नेट २ थान, ज्याब्लिङ्ग थ्रो २ थान, सटफुट २ थान, रनिङ शिल्ड डे«स २५ सेट, लुडो १० थान, र डोरी २० थान रहेका छन् ।
सो कार्यक्रममा बोल्दै भण्डारीले आफ्नो ब्यक्तिगत खर्चबाट बिद्यालयलाई सामग्री उपलब्ध गराएको बताउनुभयो । ‘खेलकुद सामाग्रीको अभाव भएको भनि बिद्यालयले आग्रह गरेपछि मैले आफ्नो ब्यक्तिगत तर्फबाट यि सामग्री सहयोग गरेको हुँ,’ उहाँले भन्नुभयो । आफ्नो ठाउँको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको सुधार गर्नका लागि आगामी दिनमा पनि सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
महासंघ अध्यक्ष भण्डारी राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ का स्थायी बासिन्दा हुनुहुन्छ । हस्तान्तरण कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर ओलीले खेलकुद सामग्री नहुँदा आफ्नो बिद्यालय यसअघि रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनबाट बञ्चित भएको बताउनुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रमोद यादव, पत्रकार महासंघ बाँकेका सहसचिव हेमन्त चौधरी, खेलकुदकर्मी ऋषी पोखरेल, समाजसेवी डिल्ली ओली लगायतको पनि उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *