४ बैशाख २०८१, मंगलवार

पालिकास्तरीय महिला भलिवलको उपाधी नेपालगञ्जलाई

पालिकास्तरीय महिला भलिवलको उपाधी नेपालगञ्जलाई

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । बाँकेमा तीन दिनदेखि जारी जिल्लाव्यापी पालिका स्तरीय महिला भलिवल खेल प्रतियोगिताको उपाधि नेपालगन्जले उचालेको छ ।
खजुरा गाउँपलिका २, गौघाटस्थित शुक्र भलिबल स्टेडियममा गत शुक्रबारदेखी जारी उक्त प्रतियोगिताको फाइनल खेलमा कोहलपुरलाई हराउँदै नेपालगन्जले उपाधि जितेको हो ।
नेपालगन्जले कोहलपुरलाई १९(२५, २५(१६ र २५(२२ सेटमा हरायो । कोहलपुर उपबिजेता बन्यो ।

बिजेता बनेको नेपालगन्जले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपबिजेता बनेको कोहलपुरले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो ।
त्यसैगरी तेश्रो स्थानमा राप्तीसोनारी र सान्त्वना बैजनाथ भएका छन । उनिहरुले क्रमशः रु २० हजार र १० हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा बाँके जिल्लाका सबै ८ वटै पालिकाले सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मोहित शाहले जानकारी दिए ।
जिल्ला खेलकुद बिकास समिति बाँकेको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगिताको फाइनल खेलका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बिजयीहरुलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *