१६ चैत्र २०८०, शुक्रबार

पौडीमा विजयी हुने महिला खेलाडीलाई राखेपका सदस्य विष्टद्धारा पदक र प्रमाणपत्र वितरण

पौडीमा विजयी हुने महिला खेलाडीलाई राखेपका सदस्य विष्टद्धारा पदक र प्रमाणपत्र वितरण

समाचारदाता
पोखरा, कात्तिक १ । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा विजयी हुनुभएका महिला खेलाडीहरुलाई मंगलवार राष्टिय खेलकुद परिषदका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दिपेन्द्र विष्टले पदक, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो । उहाँले महिलातर्फको विभिन्न विधामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गर्नु भएको हो ।
सो अवसरमा खेलाडीहरुलाई बधाई तथा शुभकामना दिंदै उहाँले अब अन्तराष्टिय प्रतियोगितामा पनि देशका लागि पदक जित्ने उत्साह र उदेश्य बोेकेर तयारीमा लाग्न आग्रह गर्नुभयो ।
प्रतियोगितामा पौडीतर्फ आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भएको छ ।
आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी छन् । उनले ४ मिनेट ४३.९२ सेकेण्डमा पुरा गरीन् । पुलिसकी मिगन गुरुङले ५ मिनेट ४.३८ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यसै गरी बागमती प्रदेशकी टिसा मर्हनले ५ मिनेट ७.३६ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।

त्यसै गरी महिला १०० मिटर बेष्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन् । आर्मीकै उपस्ति मर्हजनले १ मिनेट २२.३९ सेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।
अर्को खेलमा महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनका आस्ले सापकोटा डङगोलले स्वर्ण पदक जितेकी छन् । उनले २७.८९ सेकेण्डमा पुरी परा गरिन् । आर्की गौरीका सिंहले २८.२९ सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् भने २८.७९ सेकेण्डमा दुरीपुरा गर्दै आर्र्मीकै अनुसैया तन्डुकारले कास्य पदक प्राप्त गरेकी छन् ।
पौडी प्रतियोगितामा आर्मी दुवाना लामाले ९ स्वर्ण, १ रजत सहित १० पदक जितेकी छन् भने आर्की नाजिर याया हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्य सहित १० पदक जितेका छन् । एनआरएनका एस्लि सापकोटा डङगोलले ६ स्वर्ण, २ रजत सहित ८ पदक र आर्मीकी गौरीका सिंहले ५ स्वर्ण, १ रजत सहित ६ पदक जितेकी छन् । पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रतज र ५० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धा गरेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *