१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री कप भलिबललाई होटल सेन्ट्रल प्लाजाको साथ

प्रधानमन्त्री कप भलिबललाई होटल सेन्ट्रल प्लाजाको साथ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । नेपालगन्जमा चैत १० देखि १४ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लागि पाँच तारे होटल सेन्ट्रल प्लाजाले प्रायोजन सहयोग गरेको छ ।
सेन्ट्रल प्लाजाले प्रतियोगितामा सहभागी टोली तथा अफिसियललाई आवास तथा भोजनको व्यवस्थापन सहयोग गर्न लागेको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शनिबार सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गर्नुभएको छ ।
प्रतियोगितामा देशका चर्चित क्लबहरुसँगै भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको प्रतियोगिताका संयोजक समेत रहनुभएका ठकुरीले जानकारी दिनुभयो । सहभागी टोलीबारे छिट्टै जानकारी दिईने बताईएको छ । प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब साविक विजेता हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *