१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा भारतको हरियाणा र नेपाल पुलिस क्लब भिड्ने

प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा भारतको हरियाणा र नेपाल पुलिस क्लब भिड्ने

सिराज खान
नेपालगञ्ज, चैत १३ । यहाँस्थित रंगशालाको कभर्डहलमा सञ्चालन भैरहेको प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता अन्तर्गत आइतवार खेलिएका सेमीफाइनल खेलमा विजयी भएर भारतको हरियाणा क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् ।
भारतको हरियाणा र न्यु डायमण्ड क्लब विच खेलिएको पहिलो सेमीफाइनलमा हरियाणा क्लबले न्यु डायमण्ड क्लबलाई ३–१ ले पराजित गरेर फाइनलमा प्रबेश गरेको हो ।
शुरुको दुई सेट हरियाणाले २५–१७ र २५–१५ ले जितेपनि तेस्रो सेटमा वापसी गर्दै न्यु डायमण्डले २५–२३ ले जितेको थियो । तर चौथो सेट २५–१६ ले जित्दै हरियाणा फाइनलमा प्रबेश गरेको हो ।

यसैगरि दोस्रो सेमीफाइनल खेलमा पुलिस क्लबले नेपाली सेनाको त्रीभुवन आर्मी क्लबलाई ३–० ले सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट पुलिस क्लबले सहज रुपमा २५–१८ ले जितेपनि दोस्रो र तेस्रो सेटमा निकै कडा प्रतिष्पर्धा भएको थियो । दोस्रो सेट पुलिस क्लबले २५–२३ र तेस्रो सेट २८–२६ ले जितेको हो ।
प्रतियोगिताको फाइनल खेल पुलिस क्लब र भारतको हरियाणा क्लब विच हुने भएको छ । तस्विर सौजन्य ः विनोद अग्रहरी

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *