१६ चैत्र २०८०, शुक्रबार

मैत्रीपुर्ण भेटरान्स क्रिकेटमा बाँके ११ विजयी

मैत्रीपुर्ण भेटरान्स क्रिकेटमा बाँके ११ विजयी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । श्री भैरव प्रसाद गण इमाम नगर बाँकेको आयोजना र बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा ४ नम्बर ब्रिगेड स्पोर्टस कम्पलेक्स राँझामा शनिवार खेलिएको मैत्रीपुर्ण भेटरान्स क्रिकेट खेलमा बाँके ११ ले नेपाली सेनाको वेस्टर्न हेडक्वाटरलाई २० रनले पराजित गरेको छ ।
वेस्टर्न हेडक्वाटरले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेपछि बाँके ११ ले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउन सफल भएको थियो । सो खेलमा बाँके ११ का तर्फबाट हिमालय शाहले ३८, दुर्गा बहादुर थापाले ३१ र जमिल अन्सारीले १७ रनको योगदान गरेका थिए । वेस्टर्न हेडक्वाटरका बलर दिप बाबु श्रेष्ठ र निरन्जन धामीले २–२ विकेट प्राप्त गरेका थिए ।

१५६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको वेस्टर्न हेडक्वाटरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सफल भएपछि २० रनले पराजित हुन पुगेको थियो । वेस्टर्न हेडक्वाटरको तर्फबाट राम राणाले ४०, अशोक विक्रम शाहीले ३३ र प्रेम शाहीले १२ रनको योगदान गरेका थिए । बाँके ११ का उत्कृष्ट बलर जावेद सिद्दिकीले २ विकेट लिन सफल भएका थिए ।
खेलमा ४० रन बनाउनुका साथै १ विकेट समेत हात पार्न सफल हुनु भएका सेनाको वेस्टर्न हेडक्वाटरका राम राणालाई म्यान अफ द म्याच घोषित गरिएको थियो । सो खेलबाट पुराना खेलाडीहरु निकै उत्साहित देखिएका थिए । उनिहरुले खेल आयोजना गरेकोमा श्री भैरव प्रसाद गण इमाम नगर बाँकेप्रति विशेष आभार प्रकट गरेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *