१३ बैशाख २०८१, बिहीबार

सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका बोगटीले जिते

सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका बोगटीले जिते

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ४ मंसिर । सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका किरणसिंह बोगटीले हात पार्नु भएको छ । १३ औं सागका गोल्ड मेडलिष्ट रहेका बोगटीले उपाधीसहित एक लाख रुपियाँ नगद पुरस्कार समेत प्राप्त गर्नुभयो ।
यस्तै हाफ म्याराथनको उपाधी गोल्ड धाधिंगकी सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँ पनि सागको स्वर्ण पदक विजेता हुनुहुन्छ ।
नेपालगन्ज म्याराथन विजेता बोगटीले निर्धारित दुरी ४२।१९५ किलोमिटर २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै उपाधी हात पार्न सफल हुनु भयो । बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जित्नुभयो । दोस्रो भएका सेनाका रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्न सफल हुनुभयो ।
एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेण्डमा पुरा गर्दै तेस्रो बन्नुभयो ।
यस्तै धादिङकी सन्तोषी श्रेष्ठले साविक विजेता एपिएफकी पुष्पा भण्डारीलाई पछि पार्दै हाफ म्याराथनको उपाधी जित्न सफल हुनुभयो । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन २१ किलोमिटरको दुरी एक घण्टा १८ मिनेट ४८ सेकेण्डमा पुरा गर्नुभयो । एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेण्डमा दौड पुरा गर्नुभयो । तेस्रो भएकी सुर्खेतकी विन्दु हमालले एक घण्टा ३६ मिनेट ३९ सकेण्डमा पूरा गर्नुभएको थियो ।
म्याराथनतर्फ विजेताले एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ । त्यसैगरी हाफ म्याराथन ९महिला० तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्रदान गरिएकोछ ।
शनिबार विहान भएको म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले उद्घाटन गर्नुभएको थियो । लगत्तै मन्त्री गहतराज महानायक राजेश हमालसंगै वाकाथनमा सहभागी हुनुभयो । नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौड््नु भएको थियो ।
फुल म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र सबै बिधामा मिलाएर कुल २ हजार खेलाडीले म्याराथन दौडमा भाग लिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *