१६ चैत्र २०८०, शुक्रबार

सेनाको भैरवप्रसाद गणद्धारा डुडुवामा साइकल ट्रेल निर्माण

सेनाको भैरवप्रसाद गणद्धारा डुडुवामा साइकल ट्रेल निर्माण

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ५ बाबुकुवा सामुदायिक बनमा साइकल ट्रेल निर्माण गरिदिएको छ ।
नेपालगञ्ज साइक्लिङ ब्लब र बाँके जिल्ला साइक्लिङ संघको सहकार्यमा नेपाली सेनाले निर्माण गरेको साइकल ट्रेलको शनिवार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले उदघाटन गर्नुभयो। गणपति कार्कीले माउन्टेन बाइकको प्रतियोगिता र अभ्यासका लागि साइकल ट्रेल बनाउन पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली सेनाले यस्ता सामाजिक गतिविधिमा सधैं सहयोग गरिरहेको समेत उहाँले बताउनुभयो ।
नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले साइकल ट्रेल बनेसँगै छिट्टै राष्ट्रियस्तरको माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्ने जानकारी गराउनु भएको छ । बाँकेमा माउन्टेन बाइक चलाउने र प्रतियोगितामा समेत भाग लिने धेरै खेलाडी रहेकाले उनीहरुलाई साइकल ट्रेल बनेपछि अभ्यास गर्न सहज भएको जनाउँदै उहाँले नेपाली सेनालाई धन्यवाद दिनुभयो। बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले पनि सेनालाई धन्यवाद दिनुभयो ।
नेपाली सेनाले सय जना जनशक्ति लगाएर ५ किलोमिटर दुरीको साइकल ट्रेल बनाइदिएको हो । सामुदायिक बनको झाडी सफाई गरेर साइकल ट्रेल बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *