नेपालगञ्जपाटी समाचार
खजुरा, असार ११ । खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा प्रतीक घिमिरे, डा श्याम शाह, डा एम डी आजान, डा राजेश यादव, डा मेघा मण्डल, डा राजीव मण्डल, डा अर्चना देवकोटा, डा आशिष भट्टराई लगायतको टीमले बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको थियोे ।
खजुरा गाउँपालिकाको उढरापुर स्वास्थ्य चौकीमा भएको स्वास्थ्य चेकजाँच शिविरमा खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि क, उपाध्यक्ष मन्जु मल्ल, स्थानीय नेता शरद पोखरेल र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्रशासनिक तर्फबाट केपी घिमिरेको उपस्थिति रहेको थियो ।
उक्त स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, सर्जरी, डेण्टल सम्बन्धि समस्या रहेका बिरामीको जाच गरिनुका साथै स्वास्थ्य चौकीमा उपलब्ध रहेको औषधि वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख चन्द्र बहादुर पाण्डेले बताउनुभयो ।
उक्त शिविरको बारेमा प्रतिक्रिया दिदै खजुरा गाउँपालिका प्रमुखले जनताले घरघरमा स्वास्थ्य चेकजाँच गराउन पाउनु खुसीको कुरा भएको बताउदै २०७९।०८० का लागि पनि पालिकाले स्वास्थ्य क्षेत्रका लागि राम्रै बजेट विनियोजन गरेको बताउनुभयो । वडा अध्यक्ष गरिबी शेषले आगामी दिनहरुमा पनि स्वास्थ्य शिविर सञ्चालन गरी जनतालाई सेवा दिन तयार रहेको बताउदै शिविरमा सहयोग गर्ने नेपालगन्ज मेडिकल कलेल र प्राविधिक टीम सबैलाई धन्यवाद दिनु भएको थियोे ।
उक्त स्वास्थ्य शिविरमा १८२ जनाले सेवा लिनु भएको उक्त वडाका वडा अध्यक्ष गरिबी शेषले बताउनुभयो । शिविरमा स्वास्थ्य चौकी उढरापुरमा कार्यरत प्राविधिक कर्मचारीहरु सद्दाम हुसेन खाँ, सीता थापा, इबरान खाँ, लक्ष्मी देवी कार्की , आशा गिरी र अन्य कार्यालय सहयोगी कर्मचारीहरुले सहयोग गरेको स्वास्थ्य चौकी इन्चार्ज पाण्डेले बताउनुभयो ।
शिविरको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा रोमन किदवाइले चिकित्सक सहितको टीम खटाउनु भएको उक्त शिविर व्यवस्थापन गर्नु भएको डा राजेश यादवले बताउनुभयो ।

