१६ चैत्र २०८०, शुक्रबार

सुन व्यवसायी हेमकार परिवारका पाँच जनाको हत्या आरोपीलाई जिल्ला अदालतद्धारा सफाई

सुन व्यवसायी हेमकार परिवारका पाँच जनाको हत्या आरोपीलाई जिल्ला अदालतद्धारा सफाई

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । १६ वर्षअघि नेपालगञ्जका सुन व्यापारी हेमकारपरिवारको सामुहिक हत्या काण्डका आरेपीलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ ।
नेपालगञ्जका सुन व्यापारी दीपक हेमकारको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै बाँके जिल्ला अदालतले सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश पूर्ण  बास्तोलाको इजलासले हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सफाइ दिने फैसला गरेको छ।
गत कात्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प्रमाणीकरण भएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश बास्तोलाले शङ्काको भरमा जाहेरी आएको र त्यसलाई पुष्टि गर्ने प्रमाण अभियोजकले पेस गर्न नसकेको भन्दै शङ्का रहेपनि शङ्काको सुविधा आरोपीले पाउने भन्दै सफाइ दिनु भएएको हो ।
२०६२ साल फागुन ११ गते नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा सुन व्यापारी ३२ वर्षीय दीपक हेमकार, उनकी हजुरआमा ८२ वर्षीय गुलावदेवी हेमकार, बुवा ६२ वर्षीय जगदेव हेमकार, आमा ४५ वर्षीया सीतादेवी हेमकार र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो ।
१४ वर्ष पुरानो उक्त हत्याकाण्डमा प्रारम्भिक चरणमै हत्या परिवारकै सदस्यबाट भएको हुनसक्ने निष्कर्ष प्रहरीले निकालेको थियो । घटना भएको दुई वर्षपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै मृतक दीपक हेमकारकै ससुरा किशोरीलाल सोनी र श्रीमती दीपा सोनीविरुद्ध अभियोगपत्र दायर गरेको थियो । दीपा भने फरारको सूचिमा रहेको बताइएको छ । (रातोपाटी डटकमको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
2
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *