७ बैशाख २०८१, शुक्रबार

अत्याधिक गर्मी र ‘लु’का कारण बाँकेको जनजिवन अस्तव्यस्त

अत्याधिक गर्मी र ‘लु’का कारण बाँकेको जनजिवन अस्तव्यस्त

नेपालगञ्ज र खजुरामा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय
सिराज खान
नेपालगञ्ज, जेठ २६ गते । बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ ।
अत्याधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कनेको सङ्ख्यामा कमी आएको छ । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरु बाहिर निस्कने गरेका छन् ।
अत्याधिक गर्मी र तातो हावा ‘लु’का कारण घरबाट बाहिर निस्कने वित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् ।
असाह्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालयहरु समेत प्रभावित भएका छन् । गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्तिसमेत अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगञ्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीयवासीको गुनासो छ ।
विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरेपनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ ।


त्यस्तै, बजारमा फलफुल, उखुको जुस, चिसो पेय पदार्थको बिक्री एक्कासी बढेको छ । पङ्खा, कुलर र एसीको बिक्री पनि बढेको व्यवसायीले जनाएका छन् ।
यसैबीच, अत्यधिक गर्मी र ‘लु’ ले गर्दा विभिन्न प्रकारका सरुवा रोगका बिरामीको चाप पनि बढ्दै गएको यहाँस्थित अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा बिरामीको चाप बढ्दै गएको छ । ‘लु’बाट बच्न खानपानमा ध्यान दिनुका साथै पानीलाई उमालेर वा फिल्टर गरेर मात्र खान चिकित्सकहरुले सुझाव दिएका छन् ।
दैनिक प्रयोग गर्ने सामग्रीहरु सफा राख्ने, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले धुनुका साथै अत्यावश्यक कामबाहेर दिउँसोको समयमा बाहिर ननिस्कन चिकित्सकहरुले सुझाएका छन् ।
नेपालगञ्ज र खजुराका विद्यालय पाँच दिन बन्द गर्ने निर्णय
यसैविच अत्याधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगर र खजुरा गाउँपालिकाले शुक्रवारबाट पाँच दिन आफ्नो स्थानीय तहमा रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । दुबै स्थानीय तहले विहिबार दिउँसोपछि विज्ञप्ती जारी गरेर सो निर्णय गरिएको जानकारी गराएका छन् ।
जेठ २७ देखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय नेपालगञ्ज उपमहानगर र खजुरा गाउँपालिकाले गरेका हुन् । ( गोरखापत्र अनलाइनबाट साभार )


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *