१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जमा हाम्रो विजय सुनिश्चित छ–विष्ट, अब हामीलाई कसैले हराउन सक्दैन–राई

नेपालगञ्जमा हाम्रो विजय सुनिश्चित छ–विष्ट,  अब हामीलाई कसैले हराउन सक्दैन–राई

सिराज खान
नेपालगञ्ज, बैशाख १२ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनको तर्फबाट मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्धीन राईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजासहितको जुलुससंगै सोमवार दिउँसोपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी बाँकेले रंगशालास्थित आफ्नो पार्टी कार्यालयबाट र नेपाली काँग्रेस बाँकेले सुर्खेतरोडस्थित आफ्नो कार्यालयबाट छुट्टा छुट्टै जुलुससहित गएर संगै उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दर्ता गराएलगत्तै त्यहाँ उपस्थित पत्रकारहरुसंग कुरा गर्दै मेयरका उम्मेदवार विष्टले विशेष परिस्थितिमा बनेको गठबन्धनले विशेष उदेश्य पुरा गर्ने दावी गर्दै नेपालगञ्जमा गठबन्धनको विजय सुनिश्चित भैसकेको बताउनुभयो ।
उहाँले गठबन्धनको कुनै पनि दलसंग प्रतिष्पर्धा नरहेको दावी गर्दै अन्य दलले दोस्रो हुनका लागि प्रतिष्पर्धा गर्ने बताउनुभयो ।
उहाँले काँग्रेस र जसपाले मिलेर यहाँ स्थानीय सरकार बनाउने र नेपालगञ्जलाई सबैले वाहवाही गर्न लायक सहर बनाउने प्रतिवद्धता जनाउनुभयो ।


यस्तै सोही अवसरमा उपमेयरका उम्मेदवार जसपाका जिल्ला अध्यक्ष कमरुद्दीन राईले पनि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै गठबन्धन जोगाउन नै आफुले मेयरको दावीबाट एक कदम पछाडी हटेर उपमेयर स्विकार गरेको बताउनुभयो ।
उहाँले गठबन्धनबाट आफुहरु उम्मेदवार भएकोले अब कुनै पनि तागतले आफुहरुलाई हराउन नसक्ने दावी गर्दै उपमहानगरको अधिकांश जनता गठबन्धनको पक्षमा रहेको बताउनुभयो ।
उहाँले यस पटक नेपालगञ्जमा गठबन्धनको सरकार बन्ने निश्चित भैसकेको जनाउँदै उपमहानगरलाई देश भरमै नमुना र हेर्न लायक बनाइने पनि बताउनुभयो ।
उहाँले गठबन्धनमा आवद्ध दलहरुले जारी गरेका प्रतिवद्धता पनि पुरा गरिने सो अवसरमा बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको लागि मेयर पदमा नेपाली काँग्रेसका नगर सभापति विष्ट र उप मेयर पदमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राईले उम्मेदवारी दर्ता गराउनु भएको र दुबै पार्टीले सबै वडामा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएको नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताउनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसअघि आइतवारनै राप्रपाबाट मेयरमा नन्दलाल वैश्य र उपमेयरमा बिन्दु चर्तिकला मगर लगायत २३ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुले पनि उम्मेदवारी दर्ता गराउनुभएको जनाएको छ ।
मेयर र उपमेयर नपाएपछि नेकपा माओवादी केन्द्रले सत्तागठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो भने गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस र जना समाजवादी पार्टीले वडाहरुमा गठबन्धन नगरेर मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गरेर सबै वडामा उम्मेदवारी दर्ता गराएका छन् ।
जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेककिपा र नेकपा एकिकृत समाजवादी पार्टीले पनि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *