all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170The post बर्दियामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>समाचारदाता
नेपालगन्ज, जेठ ६ गते । बाँके युनेस्को क्लबद्धारा राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स” तालिम सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा संचालित सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।
क्लबका अनुसार सो तालिममा २ दिन कन्टेन्ट क्रियसन तथा १ दिन कृतिम बौद्धिकता एआई सम्बन्धी सिकाइ र प्रयोगात्मक अभ्यास गरिएको थियो ।

तालिममा डिजिटल सञ्चार क्षमता, सिर्जनात्मक कथा प्रस्तुतिकरण, सामाजिक सञ्जाल मार्फत सचेतनामूलक अभियान सञ्चालन, तथा एआई उपकरणहरूको जिम्मेवार प्रयोग सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले संचालित तालिमका प्रमुख विषयहरूमा डिजिटल कन्टेन्ट निर्माण, फोटोग्राफी तथा भिडियोग्राफी, स्क्रिप्ट लेखन, सामाजिक सञ्जाल व्यवस्थापन, प्रभावकारी सन्देश निर्माण, एआई टुल्सको प्रयोग, एआई मार्फत कन्टेन्ट निर्माण, डिजिटल सेफगार्डिङ, तथा सामाजिक परिवर्तनका लागि प्रभावकारी कथा प्रस्तुतिकरण समावेश रहेका थिए ।

कार्यक्रमका सहभागीहरूले व्यावहारिक अभ्यासमार्फत छोटा भिडियो, क्याप्सन, तथा जनचेतनामूलक सामग्री समेत तयार गरेका थिए । तालिममा युवा एम्बास्डर तथा परियोजना कर्मचारी गरी ४० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार बिनय दिल लामाले अहिलेको युग डिजिटल युग भएकाले समयसंगै प्रबिधिमैत्री हुन जरुरी रहेको बताउनुभयो । साथै उहाँले युवाहरुले समुदायमा संदेश प्रबाह गर्न कन्टेन्ट क्रेसन मार्फत संदेश दिन जरुरी भएको जनाउँदै एआईको प्रयोग गर्दा साबधानी अपनाउने कुरामा समेत जोड दिनुभयो ।

त्यसैगरि संस्थाका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले समुदायमा मानब बेचबिखन रोकथाम तथा नियन्त्रण गर्न, बाल बिवाह बिरुद्ध संदेश प्रवाह गर्न युवा दुतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकिले शुभकामना सहित सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका बिभुराज आचार्य, हसरत अली कसगर, ऋचा ज्ञवाली र दुर्गा क्षेत्रीले सहजीकरण गर्नुभएको थियो भने समग्र व्यवस्थापन तथा समन्वय ईश्वर बिक र सबित्रा भाट एवं प्रमिसा थारुले गर्नुभएको थियो । तालिम पश्चात सहभागीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मलाई बाल संरक्षण, मानव बेचबिखन विरुद्ध सचेतना, सुरक्षित आप्रवासन, लैंगिक समानता तथा सकारात्मक सामाजिक परिवर्तनकालागि जिम्मेवार रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
The post बर्दियामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>The post बालबालिकाको शैक्षिक गुणस्तर सुधारकालागि बर्दियामा ‘एक घर, एक रिडिङ कर्नर’ अभियान first appeared on नेपालगञ्ज पाटी.
]]>समाचारदाता
नेपालगन्ज, ५ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत बर्दिया जिल्लाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
बालबालिकाको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत अभिभावकहरूलाई बाल संरक्षण, समग्र विकास तथा घरमा सिकाइमैत्री वातावरण निर्माण गर्न प्रेरित गरिएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा पढ्ने बानीको विकास गर्नु, शैक्षिक उपलब्धि सुधार गर्नु, घर, विद्यालय तथा समुदायमा सकारात्मक सिकाइ वातावरण निर्माण गर्नु, अभिभावकलाई नियमित रूपमा बालबालिकाको अध्ययन अनुगमन गर्न प्रोत्साहित गर्नु तथा शिक्षकसँग समन्वय गरी बालबालिकाको सिकाइ अवस्थाबारे जानकारी राख्न सहयोग पु¥याउनु रहेको छ ।

त्यसैगरी बालबालिकामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन तथा अतिरिक्त क्रियाकलापमा बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्न अभिभावकहरूलाई सचेत बनाइएको छ । कार्यक्रमको सकारात्मक प्रभावस्वरूप धेरै परिवारले आफ्नै घरमा “रिडिङ कर्नर” स्थापना गरी बालमैत्री अध्ययन वातावरण निर्माण गर्न थालेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
अभियानलाई प्रत्येक घरसम्म विस्तार गर्न किशोरी क्लब, युवा क्लब, वडा कार्यालय, विद्यालय, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहले सक्रिय सहकार्य गरिरहेका छन् । किशोरीहरू घरदैलो अभियानमार्फत “अभिभावकका लागि सात सन्देश” प्रवाह गर्दै “एक घर, एक रिडिङ कर्नर” अभियानलाई समुदायस्तरमा विस्तार गरिरहेका छन् ।

सोही क्रममा बढैयाताल गाउँपालिका वडा नम्बर ७ को कार्यालय र बाँके युनेस्को क्लबको समन्वयमा “एक घर, एक रिडिङ कर्नर निर्माण” घरदैलो अभियान निरन्तर सञ्चालन भइरहेको छ । घरलाई बालबालिकाको पहिलो विद्यालयको रूपमा स्वीकार गर्दै प्रत्येक घरमा पढाइमैत्री वातावरण निर्माण गर्ने, गाउँलाई “रिडिङ कर्नर मैत्री समुदाय” घोषणा गर्ने तथा अभिभावकलाई बालबालिकाको शिक्षा, साक्षरता र समग्र विकासमा सक्रिय बनाउन अभियान केन्द्रित रहेको छ ।
अभियान सफल बनाउन किशोरी क्लबका २५ जना किशोरीहरूले निरन्तर सक्रिय सहभागिता, समर्पण तथा सहयोग गर्दै आएको क्लबले जनाएको छ ।

क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेका अनुसार परियोजना अन्तर्गत मधुवन नगरपालिका वडा नम्बर १ र २, गुलरिया नगरपालिका वडा नम्बर ११ र १२ तथा बढैयाताल गाउँपालिका वडा नम्बर ७, ८ र ९ लाई “एक घर, एक रिडिङ कर्नर मैत्री गाउँ” घोषणा गर्ने लक्ष्य राखिएको छ ।
उहाँका अनुसार बालबालिकाको शैक्षिक विकास, सिकाइ उपलब्धि तथा अभिभावकको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्न अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ ।

“हरेक घरबाट सिकाइ संस्कृतिको विकास गरौं, हरेक बालबालिकाको उज्ज्वल भविष्य निर्माण गरौं” भन्ने सन्देशका साथ अभियान सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।
The post बालबालिकाको शैक्षिक गुणस्तर सुधारकालागि बर्दियामा ‘एक घर, एक रिडिङ कर्नर’ अभियान first appeared on नेपालगञ्ज पाटी.
]]>The post नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम first appeared on नेपालगञ्ज पाटी.
]]>समाचारदाता
नेपालगन्ज, ३० वैशाख । बाँके युनेस्को क्लबले बर्दियास्थित नेपाल भारत सीमा क्षेत्रमा कार्यरत सरोकारवालाहरूकालागि दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण, पीडित संरक्षण, सुरक्षित आप्रवासन प्रवद्र्धन तथा बाल संरक्षण अभ्यासलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, न्यायिक क्षेत्र, गैरसरकारी संस्था तथा सामुदायिक संरचनाबीच समन्वय र प्रतिकार्य प्रणाली सुदृढ गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको क्लबले जनाएको छ ।

मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, एलसीसीएचटी सदस्यहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिसहित २८ जनाको सक्रिय सहभागिता रहेको थियो ।
तालिमको समापन सत्रमा नगर प्रमुख भाटले मानव बेचबिखनका बढ्दो चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समन्वयसहितको पहल, जनचेतनामूलक अभियान तथा स्थानीय संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनमार्फत मानव बेचबिखन नियन्त्रणमा नगरपालिका दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख अनिता चौधरीले मानव बेचबिखन गम्भीर सामाजिक समस्या भएकाले यसको नियन्त्रणकालागि सबै क्षेत्रको साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको जनाउनुभयो । उहाँले महिला, किशोरी तथा जोखिममा रहेका समुदायलाई चेतना, शिक्षा र जीविकोपार्जनका अवसरमार्फत सशक्त बनाउनुपर्नेमा जोड दिँदै नगरपालिकाका नीति तथा कार्यक्रममा संरक्षणसम्बन्धी विषयलाई प्राथमिकता दिने बताउनुभयो ।
त्यसैगरी वडा अध्यक्ष दिलिप गुरुङले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै प्रारम्भिक जोखिम पहिचान तथा रोकथामका लागि वडा तहको समन्वय सुदृढ गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालय, युवा समूह, स्थानीय प्रतिनिधि तथा समुदायबीच सहकार्य बढाएर सुरक्षित समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त तालिममा केशव कोइरालाले सहजीकरण गर्नुभएको थियो भने महिला तथा बालबालिका शाखाकी शोभा शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले सुरक्षा परियोजनाको उद्देश्य तथा समग्र परियोजनाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा फिल्ड सुपरभाइजर सबित्रा भाटले व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।

बाँके युनेस्को क्लबका अनुसार तालिमबाट वडा तथा समुदायस्तरमा मानव बेचबिखन विरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने, स्थानीय सरकार, प्रहरी, सीमा सरोकारवाला र गैरसरकारी संस्थाबीच समन्वय सुदृढ गर्ने, एलसीसीएचटी संयन्त्रलाई पुनःसक्रिय र नियमित परिचालन गर्ने, विद्यालय तथा युवाकेन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बेचबिखन घटनाका लागि द्रुत प्रतिकार्य तथा रिपोर्टिङ प्रणाली विकास गर्ने र पीडितमैत्री संरक्षण, सहयोग तथा सन्दर्भ प्रणाली सुनिश्चित गर्ने लगायतका कर्ययोजानाहरु तयार पािरएको छ ।
The post नेपाल भारत सीमा क्षेत्रका सरोकारवालालाई दुईदिने क्रस–बोर्डर मेकानिज्म तालिम first appeared on नेपालगञ्ज पाटी.
]]>The post लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>समाचारदाता
नेपालगन्ज, २८ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा दुई दिने “लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली तथा कक्षा व्यवस्थापन” सम्बन्धी शिक्षक तालिम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो ।
परियोजनाअन्तर्गत सञ्चालित विद्यालयहरूका २१ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमको उद्देश्य विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैंगिक उत्तरदायी सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूको ज्ञान, दृष्टिकोण र व्यवहारिक सीप अभिवृद्धि गर्नु रहेको थियो ।

तालिम उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक तथा उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले हरेक बालबालिकाले समान सिकाइ अवसर प्राप्त गर्न लैंगिक मैत्री तथा समावेशी विद्यालय वातावरण अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
सो तालिममा कृष्ण प्रसाद पाण्डेय, बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीके तथा आरकेजेएसका परियोजना संयोजक मनोज पौडेलले सहजीकरण गर्नुभएको थियो ।

बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरका अनुसार तालिम लैंगिक तथा सामाजिक समावेशीकरण, लैंगिक रूपान्तरणकारी दृष्टिकोण, समावेशी शिक्षण विधि, सकारात्मक कक्षा व्यवस्थापन, बाल सहभागिता, समानता तथा सहयोगी विद्यालय वातावरण निर्माणजस्ता विषयहरुमा केन्द्रित रहेको थियो ।

उहाँले समूह कार्य, खेल, भूमिका निर्वाह, अन्तरक्रिया, छलफल तथा भिडियो प्रस्तुतीकरणजस्ता सहभागितामूलक विधिबाट सञ्चालन गरिएको उक्त तालिममा शिक्षकहरूले वर्तमान अभ्यासहरूको समीक्षा गर्दै कक्षाकोठामा लैंगिक विभेद न्यूनीकरण तथा समावेशीकरण प्रवद्र्धनका नवीन उपायहरूबारे अभ्यास गरेको बताउनुभयो ।

तालिमको प्रमुख उपलब्धिका रूपमा सहभागी शिक्षकहरूले आफ्ना विद्यालयमा लैंगिक मैत्री तथा समावेशी सिकाइ वातावरण निर्माण गर्न विद्यालयस्तरीय कार्ययोजना समेत तयार गरेका छन् । तालिम अवधिभर प्रमिशा थारूले सक्रिय सहभागिता र सहयोग पु¥याउनुभएको थियो ।
तालिममा सहभागि शिक्षकहरुका अनुसार यस्ता कार्यक्रमले गुणस्तरीय शिक्षामार्फत हरेक बालबालिकालाई सुरक्षित, सम्मानित र समान अवसरयुक्त वातावरण प्रदान गर्दै समावेशी विद्यालय निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

The post लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>The post डा धितालको अध्यक्षतामा ज्ञान–नेपालको सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन first appeared on नेपालगञ्ज पाटी.
]]>गोस्पल एसेम्बली नेटवर्क नेपालको ६औँ अधिवेशन सम्पन्न
समाचारदाता
नेपालगन्ज, २५ चैत। सामाजिक सेवा, समुदाय सशक्तीकरण तथा मानवीय उत्तरदायित्वका क्षेत्रमा सक्रिय गोस्पल एसेम्बली नेटवर्क नेपाल ज्ञान–नेपालको ६औँ अधिवेशन सम्पन्न भएको छ। मंगलबार अधिवेशनले संस्थाका प्रतिवेदन सर्वसम्मत रुपमा पारित गर्दै डा डक्ट प्रसाद धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनको उद्घाटन सत्र गैरसरकारी महासंघका केन्द्रीय सचिव नमस्कार शाहको प्रमुख आतिथ्यतामा नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा सम्पन्न भएको थियो। त्यसपछिको बन्द सत्र संस्थाको आफ्नै कार्यालयमा बसेको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नमस्कार शाहले सामाजिक संस्थाहरुले समाजमा आशा, सहारा र चेतनाको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाले भन्नू भयो,झज्ञान नेपाल नेपालगन्जमा स्थापना भएपनि हिमाली पहाडी जिल्लामासमेत गर्न सफल भएको कुरा प्रचारमा ल्याउन पर्यो ।ञ यसरी उहाँले गोस्पल एसेम्बली नेटवर्क नेपाल ज्ञान–नेपालले सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्तरदायी, सशक्त र परिणाममुखी कार्यसम्पादनको अपेक्षा व्यक्त गर्नुभयो।
उद्घाटन सत्रमा संस्थाको विगतको कार्यसम्पादन, सेवा विस्तार, सामाजिक योगदान तथा आगामी योजनाबारे चर्चा गरिएको थियो। सो अवसरमा उपाध्यक्ष डा डक्ट प्रसाद धितालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाले स्थापना कालदेखि विभिन्न क्षेत्रमा गरेका सामाजिक तथा मानवीय कार्यहरुको समीक्षा गर्दै विपन्न, सीमान्तकृत र सेवाबाट वञ्चित समुदायसम्म संस्थाले पुर्याएको योगदानबारे प्रकाश पार्नुभएको थियो।

त्यसैगरी, सचिव मोहनलाल चौधरीले सचिवीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रशासनिक, संगठनात्मक तथा कार्यक्रमगत गतिविधिबारे जानकारी गराउनुभएको थियो। प्रतिवेदनमा संस्थाले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, विपद् राहत, संरक्षण तथा समुदाय सशक्तीकरणका क्षेत्रमा गरेका कार्यहरुको समग्र अवस्था समेटिएको थियो।
उद्घाटन सत्रपछि बसेको बन्द सत्रमा संस्थाका विभिन्न प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो। सदस्यहरुबीच भएका सुझाव, समीक्षा र भावी कार्यदिशाबारे छलफलपछि संस्थाका सबै प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो। बन्द सत्रले संस्थाको आगामी कार्ययोजना, संस्थागत सुदृढीकरण तथा संगठन विस्तारका विषयमा समेत आवश्यक धारणा निर्माण गरेको बताइएको छ।

अधिवेशनको अर्को महत्वपूर्ण पक्षका रूपमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको थियो। यसका लागि अधिवक्ता सुर्यप्रकाश घर्तिको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिले आवश्यक सबै प्रक्रिया पूरा गरेपछि डा डक्ट प्रसाद धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको घोषणा गरेको थियो।
नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन हुनु संस्थाभित्रको आपसी विश्वास, एकता, सहकार्य र संस्थाप्रतिको साझा प्रतिबद्धताको सकारात्मक संकेतका रुपमा हेरिएको छ। अधिवेशनमा सहभागी सदस्य तथा शुभेच्छुकहरुले नयाँ कार्यसमितिले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी, व्यवस्थित र जनमुखी ढंगले अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

समग्रमा, गोस्पल एसेम्बली नेटवर्क नेपाल ज्ञान–नेपालको ६औँ अधिवेशन विगतका कार्यहरुको समीक्षा, संस्थागत प्रतिवेदनको अनुमोदन, भावी दिशा तय तथा नयाँ नेतृत्व चयनसहित सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले संस्थाको सामाजिक सेवा यात्रालाई नयाँ ऊर्जा, नयाँ नेतृत्व र नयाँ प्रतिबद्धता सहित अगाडि बढाउने आधार तयार गरेको सहभागीहरुको भनाइ छ।
The post डा धितालको अध्यक्षतामा ज्ञान–नेपालको सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन first appeared on नेपालगञ्ज पाटी.
]]>The post युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी क्षेत्र साझेदारी कार्यशाला सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>समाचारदाता
मधुवन (बर्दिया), चैत १३ । बाँके यूनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–१ र २ मा सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत “युवा उद्यमशीलताकालागि सार्वजनिक तथा निजी क्षेत्रको साझेदारी” विषयमा एकदिने कार्यशाला सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको ठाकुरबाबा र मधुवन नगरपालिकामा संचालन गरिएको रूपान्तरण र नवप्रवर्तनकालागि युवा सशक्तिकरण परियोजना अन्र्तगत सो कार्यशाला आयोजना गरिएको हो ।
सो परियोजनाको मुख्य उद्देश्य युवाहरू, विशेषगरी युवतीहरूको सशक्तीकरण गर्दै युवामुखी आर्थिक गतिविधिमार्फत आम्दानी वृद्धि गर्नु रहेको क्लबले जनाएको छ ।

उक्त कार्यशाला मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगर उपप्रमुख अनीता चौधरी, वरिष्ठ प्रशासकीय अधिकृत पार्वती पण्डित, वडा नं. १ का वडा अध्यक्ष आशाराम चौधरी, पशु सेवा शाखा प्रमुख गणेश बहादुर बोहोरा, कृषि शाखा प्रमुख एक बहादुर ओली, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा तथा उद्यम विकास सहजकर्ता जानकी नेपालीलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
वडा नं. १ र २ का सहकारी संस्थाका प्रतिनिधिहरूको समेत कार्यशालामा उपस्थिति रहेको जनाइएको छ ।
कार्यशालामा बाँके यूनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दीकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने, प्राविधिक सल्लाहकार साजिद अली सिद्दीकी, परियोजना संयोजक राज कुमार खड्का, परियोजना अधिकृत राधे कृष्ण थारु तथा फिल्ड अफिसर सुनिता चौधरीको पनि सक्रिय सहभागिता रहेको थियो ।

त्यसैगरी प्लान इन्टरनेशनल नेपालबाट टेक्निकल एडभाइजर प्रतिमा कुँवर, रमेश घिमिरे तथा सुजन पियाले स्रोत व्यक्तिका रूपमा सहभागिता जनाउनुभएको थियो ।
कार्यशालाका क्रममा परियोजना विशेषज्ञ सुजन पियाले व्यवसायिक वातावरणमा देखिएका चुनौतीहरू र तिनका सम्भावित समाधानबारे जानकारी दिँदै सरोकारवालाहरूको भूमिका तथा जिम्मेवारीबारे विस्तृत प्रस्तुति दिनुभयो ।
परियोजना संयोजकले परियोजनाको उद्देश्य तथा हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने परियोजना अधिकृतले सहभागीहरूबाट आएका महत्वपूर्ण सुझावहरू संकलन गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै मधुवन नगरपालिकाका नगर प्रमुख भाटले युवाहरूको आर्थिक सशक्तीकरणका लागि सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
अन्त्यमा उपकार्यकारी निर्देशक लामिछानेले धन्यवाद मन्तव्य दिँदै सहभागी सबैलाई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा आभार व्यक्त गर्नुभएको थियो ।
The post युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी क्षेत्र साझेदारी कार्यशाला सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>The post बालिका शसक्त परियोजनाको त्रैमासिक कर्मचारी बैठक गुलरियामा सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>समाचारदाता
नेपालगन्ज, चैत १३ । बाँके यूनेस्को क्लब र राधा कृष्ण थारु जनसेवा केन्द्रले बर्दियाको गुलरियामो सबै कर्मचारीको सहभागिता रहेको एकदिन त्रैमासिक बैठक सम्पन्न गरेका छन् ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो बैठकमा २३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैठकको मुख्य उद्देश्य परियोजनाको प्रगति समीक्षा गर्नु, फिल्ड स्तरमा देखिएका चुनौतीहरूबारे छलफल गर्नु तथा समग्र परियोजना व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनु रहेको जनाईएको छ ।

बैठकमा फिल्ड कर्मचारीहरूलाई परियोजना कार्यान्वयनका क्रममा प्राप्त अनुभव, चुनौती तथा सिकाइहरू साझा गर्ने अवसर प्रदान गरिएको थियो । छलफलका मुख्य बुँदाहरू एम एन्ड इ अफिसर धिरज चौधरी र प्रोग्राम अफिसर बिजय शर्माले दस्तावेजीकरण गरेका थिए, जसले भविष्यका लागि सन्दर्भ सामग्रीका रूपमा काम गर्ने जनाइएको छ ।
बैठकमा विभिन्न विषयगत प्रस्तुतीकरणहरू पनि गरिएको थियो । प्रोजेक्ट अफिसर सञ्जय चौधरीले संरक्षण सम्बन्धी गतिविधि तथा फिल्ड स्तरका वास्तविक अवस्थाबारे प्रस्तुति दिनुभएको थियो । त्यसैगरी प्रोग्राम अफिसर सीमा ओलीले शिक्षा सम्बन्धी गतिविधिहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

एम एन्ड इ अफिसर धिरज चौधरीले डाटा प्रविष्टिमा देखिएका त्रुटि तथा सुधारका उपायबारे जानकारी दिनुभएको थियो भने बिजय शर्माले त्रैमासिक उपलब्धि, सिकाइ तथा कार्यान्वयनका चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो ।
सो बैठक राधा कृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञ पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम बिशेषज्ञ झलक बिश्वकर्मा, शिक्षा बिशेषज्ञ शान्ति थापा र हसरत अलीको विशेष सहभागिता रहेको थियो । उहाँहरूको सहभागिताले प्राविधिक सुझाव तथा रणनीतिक मार्गदर्शन प्रदान गरेको जनाइएको छ ।

कार्यक्रमको सहजीकरण राधा कृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल र बाँके यूनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले गर्नुभएको थियो ।
यसैबीच राधा कृष्ण थारु जनसेवा केन्द्रका फाइनान्स तथा लजिस्टिक अफिसर मनोज मजगैयाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै परियोजनाको खर्च तथा आर्थिक अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
बैठकमा जनवरीदेखि मार्च २०२६ सम्मको त्रैमासिक प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो । प्लान इन्टरनेशनल नेपालका प्रतिनिधिहरूले पनि महत्वपूर्ण सुझावहरू दिनु भएको थियो ।

बैठकको समापन गर्दै अध्यक्ष यज्ञ पोखरेलले सबै कर्मचारीहरूको सहकार्यले परियोजना सफल कार्यान्वयनतर्फ अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभयो ।
यो बैठकले समीक्षा, सिकाइ तथा समन्वयको प्रभावकारी प्लेटफर्मको रूपमा काम गरेको र परियोजनाको प्रभावकारी कार्यान्वयनलाई थप सुदृढ बनाएको सहभागिहरुले जनाएका थिए ।
The post बालिका शसक्त परियोजनाको त्रैमासिक कर्मचारी बैठक गुलरियामा सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>The post लुम्बिनीमा बाल अधिकारकालागि प्रदेशस्तरीय नागरिक सञ्जाल गठन first appeared on नेपालगञ्ज पाटी.
]]>समाचारदाता
नेपालगन्ज, चैत १० । लुम्बिनी प्रदेशमा बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धनलाई थप सुदृढ बनाउने उद्देश्यले प्रदेशस्तरीय संघसंस्थाहरूको नागरिक सञ्जाल गठन गरिएको छ ।
पिस नेपालको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा भालुवाङमा सम्पन्न २ दिने बाल अधिकारका लागि नागरिक संस्थाहरूको भूमिका सम्बन्धी कार्यशालाबाट उक्त सञ्जाल गठन गरिएको हो ।
शालिकराम पाण्डेको संयोजकत्वमा गठन गरिएको १५ सदस्यीय कार्यसमितिको सदस्य सचिवमा मणि प्रसाद गैरे चयन भएका छन् भने सदस्यहरूमा दामोदर गौतम, गीता अर्याल, देवका खनाल, इन्द्रमणि पौडेल, जगत राना, रमेश सिटौला, चिरञ्जीवी ज्ञवाली, गोविन्द प्रसाद लामिछाने, राजेन्द्र प्रसाद राज भण्डारी, राजु आचार्य, विश्वप्रकाश भट्टराई, तुल्सी चौधरी र बालक्लवका प्रतिनिधी समेत रहेका छन् ।

संजालका संयोजक पाण्डेले नीति तथा कानुन निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए । उनले भने, “नीति बन्नु मात्र उपलब्धि होइन, त्यसको व्यवहारिक कार्यान्वयनले मात्रै बालबालिकाको जीवनमा वास्तविक परिवर्तन ल्याउँछ ।”
त्यस्तै, कार्यक्रममा सहभागी रमेश सिटौलाले बालबालिकाको उचित हेरचाह, संरक्षण र विकास सुनिश्चित गर्न सके मात्र राष्ट्रले सक्षम र जिम्मेवार नागरिक प्राप्त गर्ने उल्लेख गरे । उनले बाल अधिकारलाई व्यवहारमै लागू गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मणि गैरेले अझै पनि धेरै बालबालिका हिंसा, शोषण तथा आधारभूत अधिकारबाट वञ्चित भइरहेको उल्लेख गर्दै बाल अधिकार संरक्षणका लागि सबै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।
त्यस्तै, सेभ द चिल्ड्रेनका प्रोग्राम म्यानेजर दिल बहादुर ऐरले बालबालिका क्षेत्रमा सुधार ल्याउन विभिन्न निकायसँग सहकार्य र साझेदारीमार्फत काम भइरहेको जानकारी गराए ।

कार्यक्रममा पिस नेपालका कार्यक्रम व्यवस्थापक योगेन्द्र बुडा र बाल अधिकार संयोजक विजय कुमार अधिकारीले सहजीकरण गरेका थिए ।
नवगठित सञ्जालले प्रदेशभर बालबालिकाको पहिचान, अधिकार संरक्षण तथा प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने जनाईएको छ । साथै, पिस नेपालले “बाल अधिकारका लागि नागरिक संस्थाहरूको सुदृढीकरण कार्यक्रम” सञ्चालन गरिरहेको जानकारी दिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यशालामा विशेषगरी बाल अधिकारसँग सम्बन्धित नीति, कानुन तथा तिनको प्रभावकारी कार्यान्वयनका विषयमा गहन छलफल भएको जनाईएको छ ।

The post लुम्बिनीमा बाल अधिकारकालागि प्रदेशस्तरीय नागरिक सञ्जाल गठन first appeared on नेपालगञ्ज पाटी.
]]>The post ‘जीवनका लागि पोषण’ परियोजनाको जिल्ला स्तरीय परियोजना प्रारम्भ कार्यशाला सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>समाचारदाता
नेपालगन्ज, चैत ९ । बाँके यूनेस्को क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा नेपालगन्ज उपमहानगरपालिकामा ‘जीवनका लागि पोषण परियोजना’ अन्तर्गत जिल्ला स्तरीय परियोजना प्रारम्भ (क्तबचत–ग्उ) कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यशालाको उद्देश्य जिल्लास्तरका सरोकारवालाहरूलाई परियोजनाको उद्देश्य, रणनीति तथा कार्यान्वयन प्रक्रियाबारे अभिमुखीकरण गराउनु रहेको थियो । कार्यक्रमको औपचारिक उदघाटन स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले गर्नुभएको थियो ।
कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेंद्र कुमार चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको सुरुवातमा हेलन केलर इन्टरनेशनलका फिल्ड अफिसर लिल बहादुर नेपालीले स्वागत मन्तव्य दिँदै लुम्बिनी प्रदेश र बाँके जिल्लामा कुपोषणको अवस्था, परियोजनाको ढाँचा तथा कार्यान्वयन रणनीतिबारे जानकारी दिनुभएको थियो । अन्तरक्रियात्मक छलफलका क्रममा सहभागीहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखले विद्यालयमा पोषण सुधार गर्न प्रधानाध्यापकहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

हेलन केलर इन्टरनेशनलका प्रदेश प्रबन्धक शशि देव शाहले सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै यो परियोजनाले तीव्र कुपोषण व्यवस्थापनमा सहयोग गर्ने तथा सरकारद्वारा सञ्चालन गरिँदै आएको सामूहिक जाँच र उपचार कार्यक्रमलाई पूरक रूपमा सहयोग गर्ने बताउनुभयो ।
समापन सत्रमा बाँके यूनेस्को क्लबका सह–अध्यक्ष निरज गौतमले कुपोषण न्यूनीकरण कार्यक्रमलाई प्राथमिकतामा राख्दै सामूहिक प्रतिबद्धता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोबीले कुपोषणको प्रभाव पुस्तौंदेखि देखिने भएकाले वडा स्तरबाटै कार्यक्रमलाई प्रभावकारी रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले लुम्बिनी प्रदेश तथा बाँके जिल्लामा कुपोषणको अवस्था अझै चिन्ताजनक रहेको बताउँदै यसलाई सुधार गर्न सबै क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यसैगरी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेंद्र कुमार चौधरीले आमा र बालबालिकामा देखिएको कुपोषण न्यूनीकरणका लागि व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले पछाडि परेका समुदायलाई प्राथमिकतामा राख्दै कार्यक्रमलाई प्रभावकारी बनाउन सशक्त समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यशालामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय, वडा प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकारलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा ५६ जना सहभागीहरूको उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रममा हेलन केलर इन्टरनेशनलका प्रदेश प्रबन्धक शशि देव शाह र रमेश प्रसाद अधिकारी तथा बाँके यूनेस्को क्लबका सह–अध्यक्ष निरज गौतम, उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक रवि कुमार तुलाधरको पनि सहभागिता रहेको थियो ।

The post ‘जीवनका लागि पोषण’ परियोजनाको जिल्ला स्तरीय परियोजना प्रारम्भ कार्यशाला सम्पन्न first appeared on नेपालगञ्ज पाटी.
]]>The post बर्दियाका शिक्षकलाई विद्यार्थी–केन्द्रित शिक्षण विधिबारे ज्ञान तथा व्यवहारिक सीप प्रदान first appeared on नेपालगञ्ज पाटी.
]]>समाचारदाता
नेपालगन्ज, चैत ८ । बाँके यूनेस्को क्लबले राधाकृष्ण जनसेवा केन्द्रसँगको सहकार्य तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बालिका शसक्त परियोजना अन्तर्गत मधुवन नगरपालिका–१, पत्थरभोजीमा स्टीम शिक्षासम्बन्धी तीन दिने प्रशिक्षक तालिम सम्पन्न गरेको छ ।
क्लबका अनुसार सो तालिमको उद्देश्य शिक्षकहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत रूपमा प्रयोग गर्ने विद्यार्थी–केन्द्रित शिक्षण विधिबारे ज्ञान तथा व्यवहारिक सीप प्रदान गर्नु रहेको थियो । तालिममा सिर्जनात्मकता, समालोचनात्मक सोच तथा समस्या समाधान क्षमताको विकासमा जोड दिँदै परियोजनामा आधारित सिकाइ विधिलाई प्राथमिकता दिइएको थियो ।

उक्त तालिममा गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका साथै बढैयाताल र गेरुवा गाउँपालिकाका ३७ जना प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
पूर्वनिर्धारित मापदण्डका आधारमा छनोट गरिएका सहभागीहरूले तालिम अवधिभर अन्तरक्रियात्मक सिकाइ, छलफल तथा अनुभव आदानप्रदानमा सक्रिय सहभागिता जनाएका थिए ।
चयन भएका सहभागीहरूलाई आगामी दिनमा एकीकृत पाठ्यक्रम र शिक्षण विधिसम्बन्धी थप तालिम, स्टीम शिक्षासँग सम्बन्धित अध्ययन भ्रमण तथा विद्यालय र समुदायस्तरमा शिक्षक तालिम र शैक्षिक संवाद सञ्चालन गर्ने अवसर प्रदान गरिने बाँके युनेस्को क्लबले जनाएको छ ।

कार्यक्रममा मधुवन नगरपालिकाका शिक्षा प्रमुख नारायण प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा लता ज्ञवालीले स्टीम शिक्षाको महत्व र यसको समाजमा पर्ने सकारात्मक प्रभावबारे प्रकाश पार्नुभयो भने यज्ञराज पोखरेलले स्टीम विषयहरूको एकीकृत प्रयोगले सिकाइलाई अझ प्रभावकारी बनाउने बताउनुभयो ।
तालमिको शुरुमा कार्यक्रमका उद्देश्यबारे क्लबका उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लमिछानेले जानकारी दिनुभएको थियो भने सहजीकरण मनोेज पौडेलले गर्नुभएको थियो । तालिमलाई कृष्ण खत्रीवडाले सहजीकरण गर्नुभएको थियो भने विजय शर्माले तीनै दिन सहजीकरणमा सहयोग गर्नुभएको थियो ।

कार्यक्रमको व्यवस्थापन तथा सञ्चालनमा धिरज चौधरी, मनोेज मजगैयाँ र मिनु थारुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको जनाइएको छ । सो तालिमले नवप्रवर्तनशील र समावेशी शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
The post बर्दियाका शिक्षकलाई विद्यार्थी–केन्द्रित शिक्षण विधिबारे ज्ञान तथा व्यवहारिक सीप प्रदान first appeared on नेपालगञ्ज पाटी.
]]>