२५ चैत्र २०८२, बुधबार

डा धितालको अध्यक्षतामा ज्ञान–नेपालको सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

डा धितालको अध्यक्षतामा ज्ञान–नेपालको सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

गोस्पल एसेम्बली नेटवर्क नेपालको ६औँ अधिवेशन सम्पन्न
समाचारदाता
नेपालगन्ज, २५ चैत। सामाजिक सेवा, समुदाय सशक्तीकरण तथा मानवीय उत्तरदायित्वका क्षेत्रमा सक्रिय गोस्पल एसेम्बली नेटवर्क नेपाल ज्ञान–नेपालको ६औँ अधिवेशन सम्पन्न भएको छ। मंगलबार अधिवेशनले संस्थाका प्रतिवेदन सर्वसम्मत रुपमा पारित गर्दै डा डक्ट प्रसाद धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनको उद्घाटन सत्र गैरसरकारी महासंघका केन्द्रीय सचिव नमस्कार शाहको प्रमुख आतिथ्यतामा नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा सम्पन्न भएको थियो। त्यसपछिको बन्द सत्र संस्थाको आफ्नै कार्यालयमा बसेको थियो।


अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नमस्कार शाहले सामाजिक संस्थाहरुले समाजमा आशा, सहारा र चेतनाको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाले भन्नू भयो,झज्ञान नेपाल नेपालगन्जमा स्थापना भएपनि हिमाली पहाडी जिल्लामासमेत गर्न सफल भएको कुरा प्रचारमा ल्याउन पर्‍यो ।ञ यसरी उहाँले गोस्पल एसेम्बली नेटवर्क नेपाल ज्ञान–नेपालले सामाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्तरदायी, सशक्त र परिणाममुखी कार्यसम्पादनको अपेक्षा व्यक्त गर्नुभयो।
उद्घाटन सत्रमा संस्थाको विगतको कार्यसम्पादन, सेवा विस्तार, सामाजिक योगदान तथा आगामी योजनाबारे चर्चा गरिएको थियो। सो अवसरमा उपाध्यक्ष डा डक्ट प्रसाद धितालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाले स्थापना कालदेखि विभिन्न क्षेत्रमा गरेका सामाजिक तथा मानवीय कार्यहरुको समीक्षा गर्दै विपन्न, सीमान्तकृत र सेवाबाट वञ्चित समुदायसम्म संस्थाले पुर्‍याएको योगदानबारे प्रकाश पार्नुभएको थियो।


त्यसैगरी, सचिव मोहनलाल चौधरीले सचिवीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रशासनिक, संगठनात्मक तथा कार्यक्रमगत गतिविधिबारे जानकारी गराउनुभएको थियो। प्रतिवेदनमा संस्थाले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, विपद् राहत, संरक्षण तथा समुदाय सशक्तीकरणका क्षेत्रमा गरेका कार्यहरुको समग्र अवस्था समेटिएको थियो।
उद्घाटन सत्रपछि बसेको बन्द सत्रमा संस्थाका विभिन्न प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो। सदस्यहरुबीच भएका सुझाव, समीक्षा र भावी कार्यदिशाबारे छलफलपछि संस्थाका सबै प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो। बन्द सत्रले संस्थाको आगामी कार्ययोजना, संस्थागत सुदृढीकरण तथा संगठन विस्तारका विषयमा समेत आवश्यक धारणा निर्माण गरेको बताइएको छ।


अधिवेशनको अर्को महत्वपूर्ण पक्षका रूपमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको थियो। यसका लागि अधिवक्ता सुर्यप्रकाश घर्तिको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिले आवश्यक सबै प्रक्रिया पूरा गरेपछि डा डक्ट प्रसाद धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको घोषणा गरेको थियो।
नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन हुनु संस्थाभित्रको आपसी विश्वास, एकता, सहकार्य र संस्थाप्रतिको साझा प्रतिबद्धताको सकारात्मक संकेतका रुपमा हेरिएको छ। अधिवेशनमा सहभागी सदस्य तथा शुभेच्छुकहरुले नयाँ कार्यसमितिले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी, व्यवस्थित र जनमुखी ढंगले अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।


समग्रमा, गोस्पल एसेम्बली नेटवर्क नेपाल ज्ञान–नेपालको ६औँ अधिवेशन विगतका कार्यहरुको समीक्षा, संस्थागत प्रतिवेदनको अनुमोदन, भावी दिशा तय तथा नयाँ नेतृत्व चयनसहित सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले संस्थाको सामाजिक सेवा यात्रालाई नयाँ ऊर्जा, नयाँ नेतृत्व र नयाँ प्रतिबद्धता सहित अगाडि बढाउने आधार तयार गरेको सहभागीहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *