all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170The post जीवनका मौन तर गहिरो यात्रा : महिनावारीदेखि रजोनिवृत्तिसम्म first appeared on नेपालगञ्ज पाटी.
]]>मिना पराजुली, अधिवक्ता
जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँछौँ। महिनावारी, गर्भ, प्रसूति र रजोनिवृत्ति, यी सबै अनुभवलाई समाजले अझै पनि महिलाको निजी वा लुकाउनुपर्ने जिम्मेवारी जस्तै बनाइदिएको महसुस हुन्छ। तर जीवनको एउटा मोडमा आइपुग्दा मैले बुझेँ, जति आवश्यक महिनावारीबारे खुला कुरा गर्नु छ, उति नै आवश्यक रजोनिवृत्तिका कुरा पनि छन्। लाज, डर र गलत धारणाका कारण धेरै महिलाहरू यो चरणलाई मौनतामै बिताउँछन्। आज म यही मौनता तोड्न चाहन्छु,आफ्ना अनुभव, अनुभूति र ती स–साना तर गहिरा संवेदनशील क्षणहरू साझा गर्दै, ताकि रजोनिवृत्ति डरको विषय नभई बुझाइ, समर्थन र सहानुभूतिको विषय बन्न सकोस्।
रजोनिवृत्ति महिलाको जीवनमा एउटा स्वाभाविक जैविक प्रक्रिया हो, जुन विश्वव्यापी रूपमा प्राय ४५–५५ वर्षको उमेरमा देखा पर्छ। नेपालमा रजोनिवृत्तिको औसत उमेर ४८.०२ वर्ष रहेको पाइन्छ।
म कहिल्यै बिर्सिनँ पहिलो पटक महिनावारी भएको दिन, अनि त्यसलाई लुकाउन खोज्दै बाथरुममा चुपचाप बसेको मेरो मनको हलचल। एकातिर डर, अर्कोतिर लाज। आमाले भन्नुहुन्थ्यो “अब तिमी ठूली भयौ, महिनावारी हुनुपर्छ, छोरी मान्छे।” त्यही क्षणसँगै, मेरो जीवनमा एउटा नयाँ अध्याय खुलेको थियो अन्जान, अलमलिएको, तर केहि आशाको उज्यालो लिएर। यौवनका ती दिनहरू महिनावारीसँगै तालमेल मिलाउँदै बिते कहिले पेट दुख्ने, कहिले थकानले शरीर ढलेको जस्तो लाग्ने, कहिले आफूलाई नै असहज महसुस गर्ने। तर समयसँगै मैले बुझेँ महिनावारी केवल जैविक प्रक्रिया मात्र होइन, यो मेरो शरीरको शक्ति, जीवनको निरन्तरता, र आत्मविश्वासको चक्र पनि रहेछ । हरेक पीडा, हरेक भावनाले मलाई स्त्री भएको अनुभूति दिन्छ र जीवनलाई अझ गहिरो अर्थ दिन थाल्छ।
हाम्रो समाजमा महिनावारीको कुरा आधा बोलीने, आधा लुकाइने हुन्छ र रजोनिवृत्तिको कुरा त झनै लाजिलो, अनावश्यक वा बुढ्यौलीको संकेत जस्तो मानिन्छ। महिलाको जीवनचक्रलाई लाजसँग जोड्ने परम्परा यतिसम्म फैलिएको छ कि महिनावारीमा हामी आधा कुरा मात्रै बोल्छौँ, र रजोनिवृत्तिमा त झन् पूर्ण मौनता अपनाउँछौँ। तर किन? कसका लागि? जीवनको सबैभन्दा प्राकृतिक प्रक्रिया भएर पनि स्त्रीले किन यसबारे चुप लाग्नुपर्छ?
चिकित्सा विज्ञानले भन्छ, रजोनिवृत्ति भनेको १२ महिनासम्म महिनावारी रोकिएपछि सुरु हुने जीवनको स्वाभाविक चरण हो। यो कुनै रोग होइन। तर शरीरमा हुने हर्मोनल उतार–चढाव, अचानक रिस वा भावनात्मक संवेदनशीलता, थकान, निद्रा नपर्नु, र तातो–चिसोको अनुभवले जीवनलाई कहिलेकाहीँ चुनौतीपूर्ण बनाउन सक्छ। यिनै परिवर्तनका बीचमा म पनि एक दिन आइपुगेँ न कुनै तयारी न कुनै जानकारी र आफ्नै साथीहरूसँग पनि खुल्न नसकेर एक्लै बुझेको यात्रामा।
समाजशास्त्रीहरूले भन्छन्, महिलाको जीवनचक्रमा महिनावारी र रजोनिवृत्तिले केवल व्यक्तिगत अनुभव मात्र होइन, पारिवारिक र सामाजिक सम्बन्धमा पनि गहिरो प्रभाव पार्ने अवस्था हो। महिनावारी युवावस्थाको सन्देश हो भने, रजोनिवृत्ति जीवनअनुभूतिको परिपक्वता हो। रजोनिवृत्तिमा शरीर हर्मोनको नयाँ तालमा समायोजन खोज्छ, दिमाग अत्यधिक संवेदनशील बन्छ, सुरक्षित महसुस गर्न चाहना बढ्छ र घर–परिवार र साथीभाइको व्यवहारबाट छिटो प्रभावित हुन्छ। भित्रभित्रै खालीपन वा असन्तुलन झल्किन सक्छ र कहिले आफैँलाई आफैँ चिन्न कठिन हुन्छ। यी परिवर्तनहरूले महिला मात्र होइन, उनीसँग जोडिएका परिवार र कार्यस्थललाई पनि असर पार्न सक्छ। तर एक–अर्काको समझदारी, साथ र सहानुभूति मिलेमा यो यात्रा सहज, सुरक्षित र प्राकृतिक बनाउन सकिन्छ।
रजोनिवृत्ति सुरु भएको अनुभव मैले एक दिन अचानक महसुस गरेँ। राति निद्रा कम पर्नु, कहिलेकाहीँ एक्कासि शरीर तातो हुनु, बिहानै उठ्दा असह्य थकान, र साना–साना कुरामा मन खिन्न हुनु । यी सबै परिवर्तनहरूले मलाई आफ्नै भित्री संसारसँग जुधाइरहेका थिए। कहिले रिस एकाएक बढेजस्तो लाग्थ्यो, कहिले मन चसक्क दुख्थ्यो, र कहिलेकाहीँ बिना शब्द आँखा रसाइरहन्थ्यो। सुरुमा मैले आफैँसँग प्रश्न गरेँ, “के म कमजोर हुँदैछु?” तर समय र अनुभवले मलाई सिकायो, यो कमजोरी होइन, परिवर्तन हो, जीवनको स्वाभाविक अर्को चरण हो। चुनौतीहरू बाहिरबाट आएका जस्तो देखिए पनि भित्रैबाट मैले महसुस गरेँ, म सक्षम छु र यी परिवर्तनहरूले मलाई अझ सचेत, धैर्यवान् र बलियो बनाएका छन्।
अध्ययनहरूले देखाएका छन् कि रजोनिवृत्तिका समयमा हुने हर्मोनको उतार–चढावका कारण तातो–चिसो महसुस हुनु, थकान, निद्रासम्बन्धी समस्या तथा भावनात्मक अस्थिरता जस्ता लक्षण देखा पर्न सक्छन्। WHO (2021) का अनुसार, यस्ता अवस्थालाई डरको विषय बनाउनुको सट्टा सही जानकारी, समयमै मानसिक समर्थन र स्वस्थ जीवनशैली अपनाउन सके यी लक्षणहरूलाई सहज र प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ।
यस अनुभवले मलाई बुझायो कि रजोनिवृत्ति केवल निजी शारीरिक बदलाब मात्र होइन, यो दाम्पत्य जीवन, परिवार र कार्यस्थलसँग प्रत्यक्ष रूपमा जोडिएको साझा मानसिक अवस्था पनि हो। जब परिवारले परिवर्तनलाई समझदारीपूर्वक स्वीकार्छ, संवेदनशीलतासाथ सुन्छ र अनावश्यक प्रश्न वा आलोचना नगरी साथ दिन्छ, तब घरको वातावरण शान्त र सहज हुन्छ। यस्तो माहोलमा आत्मीयता, आस्था र समझदारी फैलिन्छ। कार्यस्थलमा पनि सहकर्मीहरूले सानो सहयोग गरे, आदर र संवेदनशीलता देखाए, रजोनिवृत्तिको यात्रा धेरै सहज बन्छ। यसले महिलाको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छ र उनीलाई हौसला दिन्छ।
महिलाको जीवनचक्र जैविक, मानसिक र सामाजिक रूपमा विविध चरणहरूले भरिएको हुन्छ । बाल्यकालको निर्दोषता, यौवनको उत्साह, महिनावारीको सुरु, मातृत्व र परिवारको जिम्मेवारी, र उमेरसँगै आउने स्वास्थ्यका उतार–चढाव। यही निरन्तर चक्रभित्र रजोनिवृत्ति एउटा महत्वपूर्ण मोड हो, जहाँ शरीर, मन र स्वास्थ्यले नयाँ तालमेल खोज्छन्। हरेक चुनौती र परिवर्तनले महिलालाई थप बलियो बनाउँछ र जीवनको सम्पूर्ण यात्रा बुझ्न सहयोग पुर्याउँछ। यदि परिवार र साथीहरूले थोरै संवेदनशीलता र समझदारी देखाए, महिलाले यी अवस्थालाई सहजै सामना गर्न सक्छिन्, र समाजमा पारस्परिक सम्मानको संस्कार बलियो हुन्छ। परिवर्तनको यो मार्ग, साथ र समझदारीले अझ सहज बन्छ। रजोनिवृत्ति डर मान्नुपर्ने अवस्था होइन, न त महिलाले एक्लै बोकेर हिँड्नुपर्ने भारी हो। यो जीवनको स्वाभाविक मोड हो। बाल्यदेखि यौवन, यौवनदेखि परिपक्वता र परिपक्वताबाट नयाँ अध्यायको सुरुवातको यात्रा।
कार्यस्थलका पुरुष सहकर्मीहरूलाई पनि म भन्छु रजोनिवृत्तिका बेला महिलाको व्यवहार कहिलेकाहीँ फरक देखिन सक्छ, तर त्यो असामान्य होइन। शरीर र मन दुवैमा भइरहेको स्वाभाविक परिवर्तनको प्रक्रिया हो। यस्तो अवस्थामा समझदारी, धैर्य र सम्मान नै सबैभन्दा ठूलो साथ हुन्छ। सहकर्मीहरूको संवेदनशीलता, साना सहयोग र आदरपूर्ण व्यवहारले यो यात्रालाई सहज बनाउँछ। यस्तो वातावरणले महिलाको आत्मविश्वास मात्र बढाउँदैन, उनीहरूलाई आफ्नो भूमिकामा अझ दृढ र सक्षम भएर अघि बढ्ने ऊर्जा पनि दिन्छ।
अन्ततः यो लेख मेरो व्यक्तिगत यात्रा र अनुभवमा मात्र सीमित छैन, यो हाम्रा घर–घर र समाज–समाजमा मौन रूपमा बाँचिरहेका सयौँ महिलाका साझा अनुभूतिहरूको प्रतिबिम्ब हो। मेनोपोज र रजोनिवृत्तिलाई कमजोरी, डर वा जीवनको अन्त्यका रूपमा होइन, आत्म–स्वीकृति, चेतना र नयाँ सुरुवातको रूपमा हेर्ने दृष्टिकोण विकास गर्न जरुरी छ। मेनोपोजपछि देखिने शारीरिक परिवर्तन वा भावनात्मक उतार–चढावलाई ‘अप्ठ्यारो दिन’को संकेत सम्झिनुको सट्टा, आफूलाई अझ सक्रिय, सचेत र सशक्त बनाउने अवसरको रूपमा लिन सकियो भने, जीवनको यो चरण पनि आत्मबल, सम्मान र सम्भावनाले भरिएको प्रेरणादायी यात्रा बन्न सक्छ।
(अधिवक्ता पराजुली, सामाजिक विषयमा सक्रिय र अनुभवसम्पन्न लेखिका हुन्। उनका लेखहरू व्यक्तिगत अनुभव र समाजको यथार्थतालाई नजिकबाट चित्रण गर्ने शैलीमा प्रस्तुत हुन्छन्। )
The post जीवनका मौन तर गहिरो यात्रा : महिनावारीदेखि रजोनिवृत्तिसम्म first appeared on नेपालगञ्ज पाटी.
]]>The post सामाजिक सञ्जाल बन्दको प्रभाव, पत्रकारिता र मिडियाको चुनौती र अवसर first appeared on नेपालगञ्ज पाटी.
]]>रमेश कुमार बोहोरा
सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ ।
हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्वयनमा सीमित छैन यसले नेपाली मिडिया, पत्रकार र पाठक–दर्शक समुदायमा गहिरो असर पुर्याएको छ ।
नेपालमा करिब ९० प्रतिशत इन्टरनेट प्रयोगकर्ताले समाचार र जानकारी सामाजिक सञ्जालबाटै उपभोग गर्छन् । यस सन्दर्भमा सामाजिक सञ्जाल बन्द हुनु भनेको समाचार पहुँच तुरुन्त घट्नु मात्र होइन, विज्ञापन आम्दानीमा कमी, बहस र संवादको अवसरको अभाव, र स्वतन्त्र पत्रकारितामा प्रत्यक्ष प्रभाव पर्नु हो ।
मिडिया हाउसहरूले आफ्नो समाचार प्रचार प्रसारमा सामाजिक सञ्जालमा अत्यधिक निर्भरता देखाएका छन् । समाचार प्रकाशित भएलगत्तै फेसबुकमा सेयर हुन्छ, युट्युबमा भिडियो अपलोड हुन्छ, टिकटकमा छोटकरी क्लिप बनाइन्छ, र ट्विटरमार्फत बहस सुरु हुन्छ । यस्तो श्रृंखला बन्द हुँदा समाचारको पहुँच तुरुन्त घट्छ । डिजिटल विज्ञापनमा यसको प्रभाव विशाल छ । आजका अधिकांश मिडिया हाउसहरूले फेसबुक, युट्युब, इन्स्टाग्राममार्फत लाखौं भ्यु ल्याएर विज्ञापनदातालाई आकर्षित गर्छन् । सामाजिक सञ्जाल बन्द भएमा मिडियाको वित्तीय अवस्था कमजोर हुने र पत्रकारको रोजगारी गुम्ने जोखिम बढ्नेछ ।
सामाजिक सञ्जालले समाचार मात्र होइन, बहस र प्रतिकृया दिने संस्कृति पनि विकास गरेको छ । पाठकहरूले समाचार प्रकाशित भएलगत्तै प्रतिक्रिया दिन्छन् प्रश्न सोध्छन् वा बहस सुरु गर्छन् । यसले पत्रकारलाई समाचार सुधार गर्न, थप अनुसन्धान गर्न वा नयाँ रिपोर्टिङ गर्न प्रेरित गरेको छ । सामाजिक सञ्जाल बन्द हुँदा यस्तो प्रत्यक्ष अन्तर्क्रिया हराउनेछ जसले पत्रकारिताको पारदर्शिता र लोकतान्त्रिक संवादमा असर पार्नेछ ।
स्वतन्त्र पत्रकार र ब्लगरहरूको आवाज पनि सामाजिक सञ्जालमा निर्भर छ । ठूला मिडिया हाउसमा काम नगर्ने वा आफ्नै संरचना नभएका पत्रकारहरूले फेसबुक पेज, युट्युब च्यानल वा ट्विटरमार्फत स्वतन्त्र पत्रकारिता गर्दै आएका छन् । सामाजिक सञ्जाल बन्द हुँदा उनीहरूको आवाज पूर्ण रूपमा रोकिनेछ । केही सकारात्मक पक्ष पनि देखिन्छ । सामाजिक सञ्जाल बन्द हुँदा परम्परागत मिडिया समाचारपत्र, रेडियो, टेलिभिजन—फेरि प्राथमिक सूचना स्रोत बन्न सक्छ। तर यो अस्थायी मात्र हुनेछ किनभने डिजिटल माध्यमबाट सूचना उपभोग गर्ने बानी समाजमा स्थायी भइसकेको छ ।

पत्रकारिताको गुणस्तरमा नयाँ मोड आउन सक्छ । अहिले मिडियाले ट्रेन्डिंग हेरेर समाचार बनाउने प्रवृत्ति बढाएको छ । सामाजिक सञ्जालमा बढी चर्चा पाएको विषयलाई मुख्य समाचार बनाइन्छ । सामाजिक सञ्जाल बन्द हुँदा मिडियाले आफ्नै अनुसन्धान, फिल्ड रिपोर्टिङ र सम्पादकीय प्राथमिकतामा ध्यान दिनुपर्ने हुन्छ । यसले पत्रकारितालाई गहिरो र अनुसन्धानमुखी बनाउन सक्छ जुन दीर्घकालीन रूपमा गुणस्तरीय पत्रकारिताको पक्षमा योगदान दिन्छ ।
तर खतरा यतिमै सकिँदैन । राजनीतिक शक्ति वा सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्नु सहज बहाना बन्न सक्छ । आन्दोलन, विरोध प्रदर्शन वा संवेदनशील समाचारको बेला सामाजिक सञ्जाल बन्द गर्ने अभ्यास धेरै देशमा देखिएको छ । नेपालमा पनि सरकार कहिले टिकटक, कहिले फेसबुक र युट्युबमार्फत फैलिने भ्रामक समाचार रोक्ने बहाना बनाउँदै आएको तथ्य सार्वजनिक भइसकेको छ । यसले स्वतन्त्र प्रेस र लोकतान्त्रिक अभ्यासमा खतरा उत्पन्न गर्छ । सामाजिक सञ्जाल बन्दले मिडियालाई वैकल्पिक माध्यम निर्माण गर्न बाध्य पार्छ। मिडिया हाउसहरूले आफ्नै वेबसाइट, मोबाइल एप, इमेल न्यूजलेटर वा सदस्यता प्रणाली सुदृढ गर्नुपर्ने हुन्छ । यस्तो परिस्थिति दीर्घकालीन आत्मनिर्भरता विकासको अवसर दिन सक्छ ।
सामाजिक सञ्जाल र मिडियाको सम्बन्ध द्वैध छ । अवसर, पहुँच र लोकतान्त्रिक अभ्यासको विशाल जग यससँग जोडिएको छ, तर निर्भरता, भ्रामक समाचार र राजनीतिक नियन्त्रणको खतरा पनि त्यत्तिकै छ । सामाजिक सञ्जाल बन्द हुँदा पहुँच र आम्दानी घट्छ, तर केही हदसम्म पत्रकारिताको मौलिकता र अनुसन्धान फर्किन सक्छ । दीर्घकालीन हिसाबले मिडियाले आफ्नो प्लेटफर्म, पाठक समुदाय र स्थायी मोडल निर्माण गर्न सके मात्र यस्तो चुनौतीमा स्थिर रहन सक्छ । नभए सामाजिक सञ्जाल बन्द हुँदा पत्रकारिता अधुरो हुने खतरा रहन्छ ।
अन्तर्राष्ट्रिय सन्दर्भमा चीन, इरान, म्यानमार जस्ता मुलुकमा सामाजिक सञ्जाल नियन्त्रण वा बन्द गर्ने अभ्यास लामो समयदेखि देखिन्छ । यस्ता उदाहरणहरूले देखाउँछन् कि सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नु केवल सूचना व्यवस्थापन मात्र नभई राजनीतिक शक्ति कायम राख्ने औजार बन्न सक्छ । लोकतान्त्रिक मुलुकमा यसले स्वतन्त्रता र नागरिक अधिकारमा प्रश्न उठाउँछ । सामाजिक सञ्जाल बन्द हुँदा मिडिया हाउसहरूले तत्काल आफ्नै डिजिटल प्लेटफर्ममा विश्वास गर्न सिक्नुपर्नेछ । पत्रकारिता मात्र नभई विज्ञापन, सदस्यता र पाठक संलग्नता व्यवस्थापन पनि चुनौतीपूर्ण हुनेछ। डिजिटल मिडिया विश्लेषक डा। हिमाल आचार्य भन्छन् “नेपालमा सामाजिक सञ्जाल बन्द हुनु एकदमै असामयिक र दीर्घकालीन दृष्टिकोणमा हानिकारक छ। यसले सूचना पहुँच घटाउँछ, तर सन्तुलित नियमन र स्वतन्त्रता कायम राखेर मात्र समाधान सम्भव छ ।”
सामाजिक सञ्जाल बन्द हुँदा पाठक र दर्शकले सूचना खोज्ने नयाँ उपाय अपनाउनेछन्। भिपिएन, प्रोक्सी वा अन्य डिजिटल माध्यम प्रयोग गरेर समाचार खोज्ने चलन बढ्न सक्छ। यसले मिडियालाई वैकल्पिक वितरण माध्यममा ध्यान दिन प्रेरित गर्छ ।
पत्रकारहरूको दृष्टिकोण पनि रोचक छ । पत्रकार योगेन्द्र चौलागाईं भन्छन् “सामाजिक सञ्जाल बिना हाम्रो काम धेरै बढ्छ । हामीले आफ्नै च्यानल, वेबसाइट र सदस्यता प्रणाली सुदृढ गर्नुपर्नेछ । तर यसले अनुसन्धानमुखी पत्रकारितालाई थप बल प्रदान गर्ने मौका पनि दिन्छ ।” यसले नेपालको मिडिया परिदृश्यमा संरचनात्मक परिवर्तन ल्याउने सम्भावना देखाउँछ । डिजिटल विज्ञापनमा निर्भरता घटेर सदस्यता प्रणाली, डोनेशन र स्पोन्सरशिपमा आधारित आय प्रणाली विकास हुने सम्भावना बढ्छ । सामाजिक सञ्जाल बन्द हुनु केवल पहुँच र आम्दानीमा असर पुर्याउने विषय होइन । यसले पत्रकारिताको स्वरूप, स्वतन्त्रता, अनुसन्धानको गहिराइ र पाठकसँगको सम्बन्धमा दीर्घकालीन असर पार्छ । मिडियाले आफ्नै डिजिटल आधार बलियो बनाउँदा मात्र यस चुनौतीलाई अवसरमा बदल्न सक्नेछ ।
नेपालमा सामाजिक सञ्जाल बन्दको परिणामले देखाउँछ कि पत्रकारिता र डिजिटल प्लेटफर्मको सम्बन्ध अत्यन्त संवेदनशील र द्वैध छ । जहाँ अवसर, पहुँच, संवाद र लोकतान्त्रिक अभ्यास जोडिएको छ । त्यहाँ जोखिम, निर्भरता र राजनीतिक नियन्त्रणको खतरा पनि छ । दीर्घकालीन हिसाबले मिडियाले आफ्नो स्वतन्त्रता, पाठक समुदाय र स्थायी आय मोडल सुदृढ गर्न सिक्न आवश्यक छ । नभए सामाजिक सञ्जालको बन्दले पत्रकारिता अधुरो, अस्थिर र निर्भर बन्ने खतरा रहन्छ ।
सामाजिक सञ्जाल बन्दले नेपाली मिडिया र पत्रकारिताको संरचनात्मक कमजोरीलाई पनि उजागर गरेको छ । धेरै मिडिया हाउसले फेसबुक, युट्युब, इन्स्टाग्राममा मात्र निर्भर भएर आफ्नो समाचारको पहुँच सुनिश्चित गरेका छन् । आफ्नै वेबसाइट, मोबाइल एप, न्यूजलेटर वा सदस्यता प्रणालीमा लगानी नगरी डिजिटल प्लेटफर्ममा आधारित मोडल तयार गरिएको छ । यस्तो निर्भरता अस्थायी र जोखिमपूर्ण रहेको छ । सामाजिक सञ्जाल बन्द हुँदा पाठक र दर्शकहरूले नयाँ सूचना खोज्न समय र स्रोत खर्च गर्नेछन् । यसको परिणामस्वरूप मिडियालाई नयाँ वितरण प्रणाली विकास गर्न बाध्य पारिनेछ । दीर्घकालीन रूपमा यो परिस्थिति पत्रकारितालाई थप अनुसन्धानमुखी, गहिरो र स्वतन्त्र बनाउने अवसर पनि प्रदान गर्न सक्छ ।
सामाजिक सञ्जाल बन्द हुँदा राजनीतिक दबाब, भ्रामक समाचार नियन्त्रण र सूचना व्यवस्थापनको बहाना प्रयोग हुने सम्भावना बढ्छ । यस्ता निर्णयले स्वतन्त्र प्रेस र लोकतान्त्रिक अभ्यासमा प्रत्यक्ष असर पार्छ । यसको सकारात्मक पक्ष भनेको मिडियालाई आफ्नो आधार बलियो बनाउन, डिजिटल प्लेटफर्ममा विश्वास बढाउन, सदस्यता र पाठक संलग्नता प्रणाली विकास गर्न प्रेरित गर्नु हो ।
मिडिया र सामाजिक सञ्जालको सम्बन्ध द्वैध छ । अवसर र चुनौती, पहुँच र नियन्त्रण, स्वतन्त्रता र निर्भरता सामाजिक सञ्जाल बन्द हुँदा स्पष्ट देखिन्छ । पहुँच र आम्दानी घट्छ, तर दीर्घकालीन रूपमा पत्रकारिताको मौलिकता, अनुसन्धान र स्वतन्त्रता बलियो बनाउन सकिन्छ । मिडियाले आफ्नो प्लेटफर्म, पाठक समुदाय र आय मोडल सुदृढ गर्न सके मात्र यस्तो चुनौतीलाई अवसरमा बदल्न सक्नेछ । नभए सामाजिक सञ्जाल बन्द हुँदा पत्रकारिता अधुरो, अस्थिर र निर्भर बन्ने खतरा रहन्छ ।
( लेखक बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ )
The post सामाजिक सञ्जाल बन्दको प्रभाव, पत्रकारिता र मिडियाको चुनौती र अवसर first appeared on नेपालगञ्ज पाटी.
]]>The post असार महिनाको अविरल वर्षा र सुर्खेतदेखि डोल्पासम्मको जोखिमपूर्ण यात्रा first appeared on नेपालगञ्ज पाटी.
]]>अधिवक्ता मीना पराजुली
असारको रिमझीम वर्षासँगै सुरु भएको डोल्पाको यात्रा केवल भूगोल परिवर्तनको विषय थिएन । त्यो त आत्मा खोजको एक यात्रा जस्तै थियो । प्रकृतिसँग, चुनौतीसँग, र आफैंसँगको गहिरो संवाद । जुन २३ देखि २९ सम्मको ती सात दिन जीवनका लागि अविस्मरणीय मोड बनिरहेका थिएँ, जहाँ प्रत्येक घण्टा एउटा पाठ थियो, र प्रत्येक पाइला आत्मनिरीक्षणको निम्ति अवसर ।
असार महिनाको अविरल वर्षा, पहाडको गर्जन, बढ्दो खोलाको गर्जन, हिलोले ढाकिएका अनिश्चित बाटाहरू र भेरी कोरिडोरका अनगिन्ती अवरोधहरूबीच जुन २३ देखि २९ सम्मको त्यो यात्रा केवल डोल्पासम्मको गन्तव्य थिएन, त्यो त आत्मबल, धैर्य र जीवनबोधसँगको अन्तरंग यात्रा थियो । डोल्पा एक भौगोलिकस्थल मात्र होइन, एउटा अनुभव हो । त्यहाँ पुग्न नक्सा मात्र पर्याप्त हुँदैन, मन र आत्मा पनि तयार हुनुपर्छ ।

डोल्पा एक भौगोलिकस्थल मात्र होइन, एउटा अनुभव हो । त्यहाँ पुग्न नक्सा मात्र पर्याप्त हुँदैन, मन र आत्मा पनि तयार हुनुपर्छ । सुर्खेतदेखि जाजरकोट, सल्यान, पश्चिम रुकुम हुँदै डोल्पासम्मको यात्रा त्यो पनि असार महिनाको मध्यभागमा भनेको आफैलाई समय, हिलो, पहिरो, खोलाको वहाव र अनिश्चिततासँग समर्पित गर्नु थियो । बाटामा गाडीका पाङ्ग्रा हिलोमा गाडिन्थे, पहिरोले बाटो बन्द हुन्थ्यो, एक घण्टाको दूरी पार गर्न सात घण्टा लाग्थ्यो । शारीरिक थकान मात्रै होइन, मानसिक धैर्यको पनि कडा परीक्षा चलिरहेको हुन्थ्यो । डोल्पाबाट सुर्खेत फर्किने क्रममा चार वटा गाडी फेर्नुप¥यो । कहिले बाटो भासिएको थियो, कहिले खोलाले बाटो बगाएको । कतै झोलुंगे पुल त कतै खोला पैदलै तर्नुपथ्र्यो ।

प्रकृतिको कठोरता एकातिर थियो, र मानवताको उज्यालो अर्कोतिर । राहदानी जस्तै कठिन बनेको बाटामा स्थानीयहरूबाट पाएको आत्मीयता, मुस्कान र सहायताको भावनाले मनलाई छोयो । कहिले चिया पिउन पाइँदैनथ्यो, कहिले दिनभर भोकै यात्रा गर्नु पथ्र्यो । तर ती मौन पहाडहरू, खोला किनारमा उभिएका सेता घरहरू र तिनका बासिन्दाहरूले यात्रालाई आत्मीयता र संवेदनशीलताको स्पर्श दिएँ । थकान, भोक, अप्ठ्यारोले गर्दा आँखाबाट आँसु झर्ने क्षणहरू पनि आए । तर ती आँसु कमजोरीका थिएनन् । ती अनुभूतिको परिणति थिए । कहिलेकाहीँ हामी गन्तव्यलाई मात्र लक्ष्य ठान्छौं, तर डोल्पाको असारे बाटोले सिकायो । यात्रा स्वयं एक गुरु हो । जसले हामीभित्रको धैर्य, साहस र संवेदनशीलता उजागर गर्छ । त्यस यात्राले जीवनको नयाँ परिभाषा दियो ।

सिकाइ भयो योजना जे भए पनि जीवन सधैं त्यहीअनुसार हुँदैन । बाटाहरू बदलिन्छन्, रोकावटहरू आउँछन्, तर हरेक मोडले केही न केही सिकाउँछ । हिलोले पाइला अड्क्याउँछ, तर त्यही संघर्षले आत्मा बलियो बन्छ । खोला डर लाग्दो हुन सक्छ, तर पारि पुग्दा पाएको सन्तुष्टि अविस्मरणीय हुन्छ । त्यस यात्राको क्रममा परेको मेरो जन्मदिनलाई विशेष र अविस्मरणीय बनाइदिने प्रिय सहकर्मीहरू सन्तोष पुलामी, टीकाराम आचार्य, मनीषा रुपाखेती, चिरञ्जीवी पौडेल, दिपराज रोकाया, प्रेम सिंह, निशा राणा र विष्णु चन्द्र बोहोरा तपाईंहरूको साथ, स्नेह र आत्मीयताले त्यो क्षण जीवनभरका लागि अमूल्य स्मृतिमा परिणत भयो ।

हातमा जुत्ता समाएर चिसो पानीमा पाइला टेक्नुको त्यो क्षणले डर र साहसबीचको द्वन्द्वलाई छर्लङ्ग रूपमा अनुभूत गरायो । तर त्यही डरभित्र जन्मिएको आत्मविश्वास त्यो आत्मबोध आजसम्म पनि मनभित्र जिउँदो छ । त्यस्तै, यात्राको दौरान निरन्तर हेरचाह, सहयोग र टेलिफोनमार्फत अवस्थाबारे जानकारी लिँदै मनोबल बढाइदिनु हुने डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सर पनि विशेष स्मरण गर्न चाहन्छु । उहाँको संवेदनशीलता, सक्रियता र सह्रदयताले हाम्रो यात्रा थप सुरक्षित भएको अनुभूति भयो ।

जब म अन्ततः सुर्खेत फर्किएँ, मनले महसुस ग¥यो यो यात्रा डोल्पासम्मको मात्र थिएन । यो त आत्मासम्मको यात्रा थियो । मैले आफ्ना सीमाहरूको परीक्षण गरें, आफूभित्रको संवेदना भेटें, र मानवीय सम्बन्धको सार बुझें । जब जीवन सजिलो बाटो खोज्छ, वा गुनासो गर्छ, म डोल्पाको असारे बाटो सम्झनेछु जसले जीवनलाई फेरि एकपल्ट बुझ्न मद्दत गर्छ । जहाँ हरेक पाइलाले जीवनको नयाँ दृष्टिकोण सिकायो ।
डोल्पाको असारे सम्झना त्यो मेरो मानसपटलमा सदैव गहिरो गरी बसेको अनुभूति हो । जुन समय, परिस्थितिका जुनसुकै मोडमा पनि मलाई बलियो बनाइदिन्छ । यो केवल संस्मरण मात्र होइन, आत्माको उज्यालो स्पर्श हो ।

( लेखक अधिवक्ता पराजुली सामाजिक न्याय, मानव अधिकार र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता हुन र उनी हाल प्लान ईन्टरनेशनल पश्चिम क्षेत्रीय प्रबन्धकको रूपमा कार्यरत छन् । ग्रामीण आवाजलाई सशक्त शब्दमा अभिव्यक्त गर्दै, महिलाको नेतृत्व, सामाजिक परिवर्तन र समावेशी विकासका सवालमा लामो समयदेखि क्रियाशील छन । )
The post असार महिनाको अविरल वर्षा र सुर्खेतदेखि डोल्पासम्मको जोखिमपूर्ण यात्रा first appeared on नेपालगञ्ज पाटी.
]]>The post नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ? first appeared on नेपालगञ्ज पाटी.
]]>जी आर भुषाल
नेपालको पैसा कता गयो भन्ने प्रश्न अहिले धेरै उठ्न थालेको छ, यसमा धेरै बहस भैरहेको छ, कसैले सिरानी मुनि राखेको छ भन्छन त कसैले भ्रस्टाचार भो पैसा लुक्यो भन्ने खालका कुराहरु गर्ने गर्दछन । बैंकमा तरलता अभाव भएको विषय अहिले आर्थिक मात्र नभई अन्य क्षेत्रको पनि चासोको विषय बनेको छ । अहिले नेपाली बजारले निकै तरलता अभाव खेपीरहेको छ र थुप्रै ब्यक्तिहरुको मुखमा यस्तो अभाव कसरी भयो ? भन्ने सवाल पटक पटक उठेको देखिन्छ सुनिन्छ ।
नेपालमा अबैधानिक तरिकाले कमाएको पैसा समेत सजिलै बैंक च्यानल तथा विभिन्न ठाउमा ठेगान लगाउन मिल्ने र यहाँ सम्पत्ती शुद्धिकरण पनि खासै प्रभावकारी नभएको हुँदा ठूलो परिमाणमा लुकेको पैसा छ जस्तो मलाइ लाग्दैन । त्यसैले बजारमा आउने तरलताका विषयमा मैले बुझेको कुरा यहाँ सर्वसाधारणलाई स्पस्ट पार्न कोशिस गरेको छु ः
नेपालमा खास पैसाको दुई प्रकारको मुद्रामा बचत,आम्दानी र भुक्तानी प्रणाली छ ।
१ आन्तरिक नेपाली रुपैयाँ ।
२ बैदेशिक भारु अथवा डलरहरु आदि ।
हामीसंग भएको नेपाली मुद्राले बिदेशी सामान हाम्रो देशका ब्यपारिले किन्दा भारु अथवा डलरमा खरिद हुन्छ जस्लाइ ब्यपारिको खातामा रहेको नेरुसंग सटही गरेर रास्ट्र बैंक मार्फत सम्बन्धित देशमा सम्झौता अनुसारको वैदेशिक मुद्रामा भुक्तानी गर्ने गर्दछ । यसरी भुक्तानी भएर नेपालमा आयात भएका सामाग्रीहरु हामी नेपाली मुद्रामा खरिद गरि रहेका हुन्छौ ।
सरकारले आफै बिदेशबाट विभिन्न तरिकाले बस्तु तथा सेवा खरिद, विभिन्न ऋणदाताहरुलाइ ब्याज तथा सावाँ र विभिन्न देशलाइ अनुदान दिने जस्ता कृयाकलापमा वैदेशिक मुद्रा प्रयोग हुन्छ, जस्लाइ साट्नका लागि सरकारले नेपाल रास्ट्र बैंक मार्फत बैदेशिक मुद्रामा गर्छ र भुक्तानी हुन्छ ।
यहाँनेर हामीले साथै ब्यापारि तथा सरकारले बुझ्न जरुरी के छ भने हाम्रो देशमा वैदेशिक मुद्रा आउने भनेको हाम्रो देशबाट हुने बस्तु निर्यातको बिल भुक्तानी हुँदा आउने बैदेशिक मुद्रा, बिदेशवाट आउने रेमिटेन्स हो, विभिन्न वैदेशिक ऋण तथा अनुदान हो ।
रेमिटेन्सको हकमा चै बिदेशवाट पठाएको पैसा डलरमा आउने र रास्ट्र बैंकमा त्यसपछी उक्त रकम नेपाली रुपैयाँमा सटही गरेर सबन्धित पैसा प्राप्त गर्ने ब्यक्तिले नेपाली रुपैयाँमा प्राप्त गर्छ ।
यसलाइ छोटकरिमा बुझ्नका लागि अझ सजिलो बनाउने कोसिस गर्दै छु ः
क. नेपाल सरकारले वा नेपालका उद्योगि ब्यापारिहरुले निर्यात गर्ने बस्तु तथा सेवा, बिदेशबाट आउने रेमिटेन्स, बैदेशिक अनुदान, बैदेशिक ऋण तथा ब्याज आम्दानी, नेपाल भित्र हुने विभिन्न अनलाइन पेमेन्ट (बिदेशवाट हुने मात्र) आदि भुक्तानी हुँदा नेपालमा रहेका उक्त कारोवार रकम रास्ट्र बैंकसम्म बिदेशी मुद्रामा आउँछ र रास्ट्र बैंक मार्फत सरकारको तथा सम्बन्धित निर्यातकर्ता र रेमिटेन्सको हकमा पठाइएको ब्यक्तिको खातामा भने नेपाली रुपैयाँ आउने गर्छ र नेपालमा नेपाली मुद्राको तरलता वृद्धि हुन्छ।
ख. नेपालमा आयात हुने बस्तु तथा सेवा आदिको बिल भुक्तानी, वैदेशिक ऋणको सावा ब्याज भुक्तानी, विभिन्न वैदेशिक अनलाइन मार्फत हुने खरिद सम्बन्धी कारोवारहरु आदि सबैमा हाम्रो अथवा सरकारको खातामा भएको नेपाली मुद्रा रास्ट्र बैंकमार्फत बैदेशिक मुद्रामा सटही भएर भुक्तानी हुन्छ जसले नेपाल भित्र रहेको हाम्रो नेपाली मुद्रा कम हुने गर्दछ यसले नेपाली मुद्राको तरलता अभाव गराउछ ।
फर्मुलामा हेर्दा
क–ख = धनात्मक (+) मा छ भने तरलता वृद्धि वा ऋणात्मक (–) मा छ भने तरलता कमी ।
यहिनेर बुझ्ने कुरा यदि ऋणात्मक हुँदै गयो भने हाम्रोमा वैदेशिक घाटा बढ्यो र तरलता अभाव हुन शुरु हुदैछ भन्ने बुझ्नु पर्दछ ।
आन्तरिक तरलतामा भने नेपाल सरकारले हामीवाट उठाएको कर विभिन्न भुक्तानी मार्फत पुनः बजारमा आयो र सो रकम बैंक च्यानलमा रह्यो भने भनेपनि नेपाली मुद्राको तरलता वृद्धि हुने गर्दछ ।
बैदेशिक बजारमा हाल तेल तथा अन्य बस्तुको व्यापक मुल्य वृद्धि भएको हुनाले हामी संग बचतमा रहेको करिव ( १०+ अर्व डलर) घट्दो क्रममा छ । उहीँ बस्तु उहीँ परिमाणमा महँगोमा खरिद गर्नु पर्दा हाम्रो बैदेशी ब्यापार घाटा अत्यधिक बढ्न जाने गर्दछ । हामीसंग भएको वैदेशिक मुद्रा संचिति कम हुँदै जादा हाम्रो नेपाली मुद्राको क्रयशक्ति कम हुँदै जाने हुदा धेरै पैसा तिरेर बस्तुहरु खरिद गर्नु पर्ने हुन्छ र बैदेशिक मुद्रा अत्यधिक कम भो भने हामिमाझ भएको मुद्राले सामान किन्न नसक्ने पनि हुन सक्छ ।
सचेत बनौं देश ठूलो आर्थिक संकटमा जाने विभिन्न सूचकांकहरुले देखाएका छन् । ढिला नगरी आन्तरिक उत्पादन वृद्धि तथा आन्तरिक बस्तुको खपत वृद्धि नगरी अर्थतन्त्रल सबल नहुने अवस्थामा पुगेका छौं । ( लेखक नेपालगञ्जका व्यवसायी हुन् )
The post नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ? first appeared on नेपालगञ्ज पाटी.
]]>The post नेपाली काँग्रेसमा देउवाको विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न first appeared on नेपालगञ्ज पाटी.
]]>विष्णु सेवेदी
काँग्रेसको १३ औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धाको जुन खालको चित्र र चुनौती थियो, यस पटक त्यस्तो प्रतिस्पर्धाको सम्भावना कमजोर देखिएको छ । महाधिवेशनको औपचारिक उद्घाटन हुन दुई दिन मात्रै बाँकी रहदा पनि संस्थापन इतर समूह निकै अलमलमा देखिन्छ । त्यो समूहभित्र आन्तरिक कलह एवं विभाजन चर्किएको छ र साझा उम्मेदवार चयन गर्ने प्रयास असम्भव जस्तै देखिएको छ । विकल्प खोज्नेहरू झन् छिन्नभिन्न अवस्थामा देखिन्छन् । त्यहाँ गौँडागौँडामा गुटबन्दी छ ।
रामचन्द्र पौडेल, डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा रामशरण महत सबैले आफूलाई सभापतिको आकाङ्क्षीका रूपमा प्रस्तुत र दाबी गर्नुभएको छ । तर कसैले पनि अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको अवस्था भने छैन । यो अवस्थाले पनि संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने सम्भावना निकै कमजोर देखिन्छ ।
पौडेललाई अघि बढाउन अरू नेताहरू तयार छैनन् भने अरूलाई स्वीकार्ने मुडमा पौडेल देखिनुभएको छैन । हालै पौडेललाई सत्ता गठबन्धनमा सहभागी पाँच दलीय संयन्त्रको संयोजक बनाउने निर्णयपछि खासगरी संस्थापन इतर समूहमा एक प्रकारको भुइँचालो नै गएको छ । पौडेलले देउवासँग घाँटी जोडेको भन्दै पौडेलका सहयात्रीका रूपमा रहेका प्रकाशमान सिंह, डा।शशाङ्क कोइराला र डा।शेखर कोइरालाहरू नै पौडेलप्रति सशङ्कित देखिनुभएको छ । यो अवस्थामा पौडेल शेरबहादुर देउवाको प्रतिस्पर्धी वा प्रतिद्वन्द्वी भन्दा पनि एउटा राजानीतिक सहयात्री वा सहयोगीकै भूमिकामा प्रस्तुत भएको आरोप संस्थापन इतरका नेता कार्यकर्ताले लगाउन थालेका छन् ।
पछिल्ला दिनमा प्रकाशमानले पनि पौडेलको खुलेआम विरोध गर्नुभएको छ । प्रकाशमानले आफू निकटका सहयोगीहरूसँग डा शेखरलाई मानेर अघि बढ्न नसकिने र रामचन्द्रको भरोसा नभएकोले बरु देउवासँग डिल गरेर अघि बढ्नु उपयुक्त हुने बताउन थाल्नुभएको छ । सभापतिका अर्का आकाङ्क्षी डा शशाङ्क कोइराला पनि देउवासँग पहिलेदेखि नै नरम देखिनु हुन्छ । आफू सभापति नहुने अवस्थामा शशाङ्कले पनि देउवासँगै रणनीतिक साझेदारी गरेमा अचम्म नमान्दा हुन्छ ।
सुजाता कोइरालाले रामचन्द्र र डा। शशाङ्कभन्दा बरु देउवा ठिक भनिसकेको अवस्था छ । उता विमलेन्द्र निधिले हतारहतारमा तामझामका साथ सभापतिको उम्मेदवारी घोषणा गरे पनि अहिलेसम्म महाधिवेशका लागि आफ्नो समूहसमेत बनाउन सक्नुभएको छैन । नेता निधि यतिबेला न त उहाँ पुरानै टिममा फर्किन मिल्ने न त संस्थापन इतरसमूहसँग सहकार्य गरेर अघि बढ्ने अवस्थामा पुग्नुभएको छ । हतारको नेतृत्वको महत्त्वकाङ्क्षाले अप्ठ्यारोमा परेको अनुभव निधि स्वयंलाई हुन थालेको छ ।
सभापतिका अर्का आकाङ्क्षी कृष्णप्रसाद सिटौला मौन हुनुहुन्छ । पौडेल समूहभित्रको झगडालाई ‘क्यास’ गर्दै संस्थापनसँग डिल गरेर बढी भागबन्डा लिने दाउमा सिटौला हुनुहुन्छ । त्यसैले संस्थापन इतर पक्षमा कसैले पनि कसैलाई मान्ने वा विश्वास गर्ने अवस्था देखिएन । यो अवस्थालाई संस्थापन पक्षले रणनीतिक रूपमा उपयोग गर्दै मुभ गर्ने हो भने संस्थापन पक्षको पोजिसन सुरक्षित र बलियो देखिन्छ ।
पौडेल समूह सुरुदेखि नै कुनै कार्यक्रम, योजना तथा अभियानभन्दा पनि भागबन्डाको राजनीतिमा बढी अल्झिएको कार्यकर्ताको आरोप छ । महाधिवेशनमा चुनाव हारेपछि पनि निर्वाचित नेतृत्वलाई सहज रूपमा काम गर्न नदिने र संस्थापन पक्षसँग सधैँ बार्गेनिङ गर्दै सङ्गठन निर्माण र कार्यकर्ता परिचालनको स्वाभाविक गतिलाई बिथोलेको आरोप पौडेल समूहमाथि छ । गुटबन्दीको संस्कृतिलाई मलजल गर्ने काम यही समूहबाट बढी भएको छ । कांँग्रेसको आन्तरिक जीवनमा समेत यसले नकारात्मक असर परेको छ ।
संस्थापन इतर पक्षका वरिष्ठ नेताहरूबीच नै नेतृत्वका लागि हानथाप भएपछि त्यहाँ रहेका युवा नेताहरू पनि निरास देखिन्छन् । सभापतिको उम्मेदवार टुङ्गो नलाग्दा उपसभापति, महामन्त्री तथा अन्य पदाधिकारीका लागि आकाङ्क्षी युवा नेताहरू अन्योलमा परेका छन् । अब प्यानल वा गुटको टिकट पर्खिनुभन्दा बरु आफ्नै तयारी र योजनाअनुसार अगाडि बढाउने मुडमा देखिन्छन् । कतिपय नेताले समूहभन्दा पनि आफ्नो व्यक्तिगत तर्फबाट समेत उम्मेदवारी घोषणासमेत गरेका छन् । ( गोरखापत्र दैनिकबाट साभार )
The post नेपाली काँग्रेसमा देउवाको विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न first appeared on नेपालगञ्ज पाटी.
]]>The post एमाले महाधिवेसन – ओलीको निर्विकल्प बन्ने सपना पुरा भएन first appeared on नेपालगञ्ज पाटी.
]]>डा. प्रदीप भट्टराई

मुलुककै ठूलो ‘कम्युनिष्ट पार्टी’ नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवन डेटलाइनमा जारी छ । महाधिवेशनको निर्धारित समय घर्किसकेको छ, यद्यपि उद्घाटनलगायतका औपचारिक कर्मकाण्ड बाहेक यसको मूल काम नेतृत्व चयन हुन सकेको छैन।
वडातहबाटै केपी ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन गरिएको सर्वसम्मति अभियानमा भीम रावलले चुनौति दिएपछि हलो अड्किएको छ। र, त्यो हटाउने क्रममा अनेकखाले प्रपञ्च मिलाउन समय खर्चिदा महाधिवेशन निर्धारित समयमा सकिएको छैन।
यो समसामयिक टिप्पणी तयार गरिरहेको बेला पार्टी अध्यक्ष ओलीले आफ्नो नाम अध्यक्ष पदमा राखेर १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय समितिको नामावली प्रस्तुत गरेका छन्। उनले प्रस्तुत गरेको नामावलीमा अध्यक्षमा दाबी गरिरहेका भीम रावल र उपाध्यक्षमा दाबी गरिरहेका घनश्याम भूषालको नाम छैन । यसैगरी सचिवमा दावी गरिरहेका टंक कार्कीको मात्र नाम नभएको हैन कि यसअघि सचिव रहेका १० भाइमध्येका एक भीम आचार्यको नाम पनि छैन।
यस अतिरिक्त पदाधिकारीमा दाबी गरिरहेका अरू पनि थुप्रै दाबेदारहरूको नाम छैन। केन्द्रीय सदस्यमा दाबी गरिरहेकामध्ये प्रस्तावित सूचीमा नाम नपर्नेको संख्या त सयौ छ। यस्तो अवस्थामा पदाधिकारीमा मात्र हैन, केन्द्रीय सदस्यमा पनि चुनाव हुने सम्भावना बढेर गएको छ। सूचीमा नपरेका र फरक मत राख्नेहरूले सबै पदमा एक किसिमको संस्थागत विद्रोहका रूपमा उम्मेद्वारी दिन सक्नेछन्। त्यस्तो उम्मेद्वारी जित्नका लागि नभएर सांकेतिक विद्रोहका रूपमा हुन सक्नेछ । त्यसले फरक मतलाई संस्थागत रूप दिन भने यथेष्ट योगदान दिनेछ ।
अब चुनाव भए पनि ओलीले प्रस्तावित सूचीको पक्षमा एक किसिमको फर्मान नै जारी गरेकाले यो सूचीभन्दा बाहिरकाले चुनाव जित्न गाह्रो छ। अझ ओलीका आलोचकका लागि त लगभग असम्भव नै छ भन्दा पनि हुन्छ ।
ओली क्याम्पकै कसैले उम्मेद्वारी दिए भने सहमतिका नाममा सूचीमा परेका पूर्व माओवादीमध्ये कसैले चुनाव हार्न सक्छन्। जस्तो कि सचिवमा महेश बस्नेत वा गोकुल बाँस्कोटाले उम्मेद्वारी दिए भने टोपबहादुर रायमाझी र लेखराज भट्टलाई चुनाव जित्न सहज हुँदैन। तर, ओलीभक्तका रूपमा कहलिएका बस्नेत र बाँस्कोटाले ओलीको फर्मान उल्लंघन गर्ने साहस गर्लान् भन्ने आधार भेटिदैन।
अब यसै पनि एमालेमा चान्केचुन्के व्यक्तिगत उम्मेद्वारी र जितरहार गौण विषय भैसकेको छ। समग्र निर्वाचनलाई नै सर्वसम्मतिका नाममा जे जसरी प्रस्तुत गरियो, त्यसले एमालेको आन्तरिक लोकतन्त्रको तन्नम तस्विर प्रस्तुत गरेको छ । समग्रमा एमाले जताजता ओली विद्या त्यतै त्यतै स्वाहा भएको छ । यसबाट पार्टीको अल्पमत संरक्षित हैन, बढारिएको छ। समग्रमा एमालेमा आलोचनात्मक चेतलाई ठाउँ छैन भन्ने सन्देश दिइएको छ ।
राष्ट्रिय महाधिवेशनको नाममा अब ओली प्रचण्ड बहुमतका साथ चुनिएर आउनेछन्। उनको केन्द्रीय कार्यसमितिमा जबज हैन, स्टालिनवादी केन्द्रीयता लादिने छ। पार्टीमा फरक विचार राखेर बस्न सकिने अवस्था हुने छैन । योग्यताभन्दा पनि ओलीकृपा नेता कार्यकर्ताले पाउने अवसरको आधार हुने छ। यस्तो अवस्थामा एमालेमा संस्थापनभन्दा फरक मत राख्नेहरू आगामी चुनावसम्म पनि टिक्न गाह्रो हुन्छ । जो त्यतिबेलासम्म टिक्छन्, उनीहरू पनि टिकट नपाएपछि बाहिरिन्छन् ।
राष्ट्रिय राजनीतिमा भने ओली कब्जामा गएको एमाले क्रमशस् एक्लिने छ। महाधिवेशनलाई प्रतिष्ठायुद्धको विम्ब बनाएर इमोशनल ब्लाकमेलिङ गरेर चितवनमा उतारिएका मान्छेलाई देखाएर आर्जन गरिएको शक्ति यथार्थको आकारमा फर्कने छ । केन्द्रीय नेतृत्वमा आश गरेका र उनीहरूका कार्यकर्तामा आउने निराशाले पनि ठूलो फरक पार्नेछ ।
राष्ट्रिय महाधिवेशनको नाममा आयोजित यो जम्बोरीबाट आफैँ अध्यक्ष मण्डलको अध्यक्ष भएर आफैँलाई अध्यक्ष पदमा निर्वाचन गराउन प्रस्ताव गरेका ओली सामु केही प्रश्नहरू फालिम लाग्नेछन् । यक्ष प्रश्न त, यो उनको जित हो कि हार हो ? भन्ने नै हो । रूपमा उनी प्रचण्ड बहुमतले जिते पनि सारमा उनी हारेर नै काठमाडौं फर्कने छन् । उनले आफूलाई जसरी निर्विल्प सोचेका थिए, संसारमा त्यस्तो निर्विकल्प न थियो न हुने नै छ भन्ने पाठ उनले सिक्नुपर्ने हुन्छ ।
दोस्रो, ओली आफू पदका लागि के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने एन्टी थेसिसको परीक्षण भएको हुनेछ, त्यसले उनका फ्यानहरूमा थप क्रेज बढे पनि समग्रमा उनको व्यक्तित्वमा ठूलो ह्रास आएको हुने छ ।
तेस्रो, १० बुँदे सहमति गरेर जो विधि र विधानको कुरा गर्थे, तिनीहरूले ओलीभित्र रहेको वदलाको भावना नबुझेको ठहरिने छ । हो, ओलीको प्रशस्ति गाउँदै टाङमुनि छिरेकाले केही पद पाएका छन्, त्यसैका आधारमा मात्र न १० बुँदेको औचित्य पुष्टि हुन्छ, न ओली लोकतान्त्रिक भएकै ठहर्छ ।
यो महाधिवेशनपछि ‘भीमबहादुर’ र ‘घनश्यामहरू’ के गर्छन् ? यो अर्को अहम् प्रश्न हुनेछ । एमालेमा अब यी दुई नाम मात्र हैन, विधिका लागि लड्ने र आलोचनात्मक चेत भएका बचेखुचेका नेता कार्यकर्ताका विम्ब पनि भएका छन् । अब यिनीहरूले एमालेमा बसेर के गर्छन् भन्ने कुराले पनि केही अर्थ राख्छ । अब बचेखुचेका यिनीहरू एमाले भित्रै रहेर ओलीको दलाई खेप्छन् कि आफूजस्तै सबै मिलेर संगठित विद्रोह गर्छन् भन्ने पनि हो ।
ओलीका पछाडि एउटा स्टालिनवादी पंक्ति छ जसले अब फरक चेत भएका नेता कार्यकर्तालाई एमालेको नेतृत्वमा पुर्याउन दिँदैन। त्यसैले अब उनीहरू एमालेमा रहेर ओलीका लागि खोरिया फाड्नुभन्दा पनि माधव नेपालको एकीकृत समाजवादीमा गएर ओलीविरोधी जनमत तयार गर्नेतिर लाग्दा नै फाइदामा हुन्छन्। यसै पनि ‘भेडा भेडातिर, बाख्रा बाख्रातिर’ भन्ने त भनाइ नै छ ।
एमाले महाधिवेशनका गतिविधिहरूको विकासक्रम तीव्र रफ्तारमा रहेको यतिबेला योभन्दा बढी कुरा गर्नु समय सान्दर्भिक नहोला । अहिलेसम्मका लागि एउटै प्रश्न केन्द्रमा छ, त्यो के भने यो ओलीको हार हो वा जित ?
यो टिप्णीको विट मार्ने बेलासम्म यति भन्न सकिन्छ, ओली अध्यक्ष थिए, अध्यक्ष नै भए यस अर्थमा उनको पदीय निरन्तरता भयो, चुनावमा रावललाई जित्छन्, यस अर्थमा उनको जित पनि भन्न सकिएला । तर, एक राजनेताका रूपमा भने उनी हारेका छन् । कसरी ? त्यसको उत्तर महाधिवेशन सकिएपछिको समयले क्रमशस् दिदै जानेछ । ( अनलाइन खबरबाट साभार)
The post एमाले महाधिवेसन – ओलीको निर्विकल्प बन्ने सपना पुरा भएन first appeared on नेपालगञ्ज पाटी.
]]>The post विचार र सिद्धान्तको स्खलनपछि धार्मिक मुद्दाको सहारा first appeared on नेपालगञ्ज पाटी.
]]>किरण पोखरेल

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि राम जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एउटा कार्यक्रममा उनले भने– ‘‘फैजावादलाई अयोध्या भनियो, त्यो होइन, रामजन्मभूमि नेपालमा पर्छ ।’’ गत साल तीनै तत्कालीन नेकपाका अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीले रामजन्मभूमिबारे यस्तै अभिव्यक्ति दिएर चर्को विवादमा परेका थिए । उनले त्यसबेला कोरोना सङ्क्रमणको ठूलो जोखिम रहेका बेला बालुवाटारमा ठूलो उत्सव आयोजना गर्दै राम र सीताको मूर्ति (यालीसहित ठोरी पठाउँंदा ठूलो आलोचना भएको थियो ।
पशुपतिनाथ हिन्दुहरूका आराध्य देव मानिन्छन् । नेपाल मात्र होइन, भारतलगायत विश्वका हरेक हिन्दुका लागि पशुपतिनाथप्रतिको आस्था उच्चकोटिको छ । त्यस्तै भगवान् राम र सीता तथा रामको जन्मभूमि अयोध्या पनि विश्वका सबै हिन्दुको आस्थाको केन्द्र हो । यस्ता आस्था केन्द्रबारे कुनै धर्मभिरु वा गैरकम्युनिस्टले कुनै विषय उठाएका भए वा त्यसमा चासो दिएको भए स्वाभाविक मानिन्थ्यो होला । तर धर्मलाई अफिम मान्ने कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीलाई नै पशुपतिमा सुनको जलहरी चढाउने अथवा ठोरीमा राम र सीताको मूर्ति पठाउने हुटहुटी किन प(यो ? धर्मप्रति नकारात्मक दीक्षा लिएका ओलीजस्ता कम्युनिस्ट नेताहरूमा पछिल्ला दुई वर्षमा नै धार्मिक विषयप्रतिको यो रुझान किन बढ्यो ? यतिबेला उब्जिएको गम्भीर प्रश्न हो यो ।
बहुदलीय व्यवस्था स्थापनापछि र खासगरी माओवादी द्वन्द्व उत्कर्षमा पुगेपछि मुलुकको कार्यकारी प्रमुख नहुँंदासम्म ओलीका अभिव्यक्ति प्रजातन्त्रमा विश्वास गर्ने एउटा उदार नेताकै जस्ता थिए । जिम्मेवारी सम्हालेपछि भने उनका क्रियाकलापमा निकै ठूलो फेरबदल देखियो र उनी निरङ्कुश शासकझैँ प्रकट हुनथाले । सर्वहारा वर्गको अधिनायकत्व स्थापनाका लागि पार्टी राजनीतिमा लागे पनि जनताको बहुदलीय जनवादलाई मार्ग निर्देशन मानेर संसदीय बहुदलीय प्रजातन्त्र स्वीकार गरेका कारण उनले समाजवादी चिन्तनलाई अघि बढाउनु स्वाभाविक मानिन्थ्यो । तर उनको नेतृत्वको सरकारले कम्युनिस्टकै शब्दमा ‘पँुजीवादी दलालहरू’को स्वार्थसिद्ध गर्न आफ्नो समय खर्चियो । ओलीको निर्णय, क्रियाकलाप एउटा परिस्कृत कम्युनिस्ट पार्टीको नेताको जस्तो हुन छाडिसकेको कतिपय कम्युनिस्ट नेताहरूले नै बताउँंदै आएका छन् । हुन पनि मुलुकलाई गणतन्त्रमा लैजाने उद्घोषसहित नेपाली काँग्रेसजस्तो ‘संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र’को पक्षपाती पार्टीलगायत सबै दल त्यसतर्फ आन्दोलनरत रहँंदा ओलीले ‘‘गणतन्त्र ल्याउने कुरा बयल गाडा चढेर अमेरिका पुग्नुजस्तै हो’’ भन्दै थिए । सङ्घीयताबारे पनि उनको त्यति धेरै रुझान थिएन । शायद त्यही भएर होला, नेकपा नेतृत्वको शक्तिशाली सरकारको पालामा सङ्घीयतालाई सुदृढ तुल्याउनुको साटो यसलाई कमजोर बनाउने गरी काम भए ।
यसो भन्नु यो पङ्क्तिकारको आरोप होइन, उनकै पार्टीबाट मुख्यमन्त्री बनेकाहरूको निष्कर्ष थियो । उनको एकलौटी वर्चस्व रहेको एमालेमा उनका अति निकट नेताबाटै यसको औचित्यमाथि छलफल गर्नुपर्ने प्रस्ताव आएपछि यसप्रतिको ओलीको दृष्टिकोणलाई थप पुष्टि गरेको छ ।
उनकै दलका नेताहरूको विश्लेषणअनुसार लोकतन्त्र स्वीकार गरेको एउटा कम्युनिस्ट पार्टीको परिस्कृत नीति, सिद्धान्तलाई विस्तारै छोड्दै गरे पनि ओली नेकपा एमालेको अध्यक्ष बन्न सफल भए । नयाँं संविधान जारीपछिको पहिलो चुनाव नजिक थियो । राजनीतिमा चतुर खेलाडी मानिने ओलीले त्यही समयमा आफूले सबैभन्दा उग्र विरोध गर्दै आएको वैचारिक रूपमा निकै फरक रहेको नेकपा माओवादीसँंग पहिले गठबन्धन र पछि पार्टी एकीकरण नै गरे । त्यसलाई कम्युनिस्ट आन्दोलन बलियो बनाउने अभियानको नाम दिइए पनि यो उनको सत्ता प्राप्तिको उद्देश्यका लागि गरिएको चलाखी मात्रै थियो भन्ने पछि क्रमशः पुष्टि हुँंदै गयो । दक्षिणपन्थ प्रभावित गतिविधिमा संलग्न ओलीले कम्युनिस्ट क्रान्तिकारिताको चुनावी एजेन्डा अघि सार्दा जनताले पत्याउने अवस्था थिएन । ‘रियल डेमोक्र्याट’ उनी हुँंदै होइनन् । त्यसैले उदार लोकतन्त्रको उनको एजेन्डा बिकाउ हुने कुनै सम्भावना थिएन । राजनीतिमा लाग्दा गणतन्त्र स्थापनाकै विचारधारा बोके पनि पछिल्लो समय ओलीको गणतन्त्र स्थापनामा खासै भूमिका थिएन । बरु उनी अरूको खिसीट्युरी गर्नमै व्यस्त थिए । यो अवस्थामा सिद्धान्तनिष्ठ कम्युनिस्टको चर्को नारा पनि बिकाउ नहुने ओलीलाई राम्ररी थाहा भएको हुनुपर्छ । त्यही भएर उनले ‘राष्ट्रवाद’लाई चुनावी एजेन्डा बनाए । त्यहीबेला नेपाल–भारत सिमानामा मधेसवादी दलले गरेको विरोध प्रदर्शनको बहाना बनाएर छिमेकी भारतले नाकाबन्दी गरेको थियो । यही मौकाको सदुपयोग गर्दै ओलीले चर्को राष्ट्रवादको नारा अघि सार्दा नेपाली जनतालाई भ्रममा पार्न उनी सफल भए र चुनावमा उनले नेतृत्व गरेको गठबन्धनले झन्डै दुईतिहाइको बहुमत पायो । स्वभावैले लचिलो र लोकतन्त्रमा विश्वास राख्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसद्मा गणितीय हिसाबले अत्यन्त कमजोर उपस्थिति देखियो ।
नेपालको इतिहासमा विकास र समृद्धिका लागि यति ठूलो अवसर पाएको शक्तिशाली सरकार कहिल्यै थिएन । २०१५ सालमा नेपाली काँग्रेसको दुईतिहाइ बहुमत भए पनि राजा महेन्द्रको अनेकौँ षड्यन्त्रबीच त्यसबेला सरकार सञ्चालनको जोखिम थियो । नभन्दै १८ महिना पनि शासन नगर्दै महेन्द्रले प्रजातन्त्रकै अपहरण गरे । तर गणतन्त्र नेपालमा ओली नेतृत्वको सरकारका लागि कुनै बाधा, व्यवधान थिएन । अवसरै अवसर थियो तर चर्को बहुमतको अहङ्कारले ओलीलाई यसरी गाँंज्यो कि उनले यो अवसरको सदुपयोग गरेर मुलुकमा परिवर्तन ल्याउनभन्दा स्वेच्छाचारी र निरङ्कुश शासक बन्ने चाहनालाई बढावा दिए । उनले शासन केन्द्रीकृत गर्न थाले । शक्ति आफैँमा सीमित राख्ने उनको अन्तस्करणको ध्येय व्यवहारमा प्रतिविम्बित हुन थाल्यो । संविधान र कानुनभन्दा आफूमाथि छु भन्ने भ्रम देखियो । संविधानको भावनालाई बेवास्ता गर्दै उनी कानुन ल्याउन र संविधान विपरीतका काम गर्नथाले । आफ्नो ‘देवत्वकरण’ गराउने उनको अभियान अहिले पनि रोकिएको छैन । आफूनिकट र आसेपासेहरूलाई मात्र राज्य संरचनाका विभिन्न निकायमा जे, जसरी पनि भर्ती गर्न उनको ध्यान केन्द्रित हुनथाल्यो । संसद् र प्रतिपक्षी दललाई उनले पूरै बेवास्ता मात्र गरेनन्, आफ्नै पार्टीभित्र पनि एउटा गुट र समूहलाई काखी च्यापेर फरक समूहका आफूभन्दा शीर्ष नेताहरूको समेत मानमर्दन गरेको तीनै नेताहरूले अहिलेसम्म गुनासो गरिरहेका छन् । पार्टीको बहुमतको निर्णय पनि उनले अवज्ञा गरे । उनका विकासका नारा ‘हावादारी गफ’मा परिणत भए । ओलीको यो प्रवृत्तिविरुद्ध आमजनतामा मात्र होइन, पार्टीभित्र पनि चर्को विरोध भयो ।
यो अवस्थाले पार्टीभित्रैबाट उनले प्रधानमन्त्री पद त्याग गर्नुपर्ने आवाज उठ्यो । सत्तामाथि आएको यो सङ्कट टार्न उनले फेरि राष्ट्रवादलाई हतियार बनाउन खोजे । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँं नक्सा जारी गरेका कारण भारतले आफूलाई हटाउन खोजेको भन्ने उनको गैरजिम्मेवार अभिव्यक्ति यही सङ्कट टार्ने राष्ट्रवादको नयाँं चाल थियो । राष्ट्रवादसँंगै धार्मिक मुद्दालाई पनि त्यसैमा मिसाउने उनको अर्को चलाखी थियो । उनको बर्हिगमनको मुद्दालाई ओझेलमा पारेर विषयान्तर गर्न ओलीले बेप्रसङ्गमा राम जन्मभूमिको विवाद सिर्जना गरेका हुन् भन्ने बुझ्न कठिन छैन । त्यहीबेला नेपालको नयाँं नक्सा जारी गर्न उनको मात्र प्रयास नभएर संसदीय समिति, पार्टी र अन्य दबाब पनि कारण थियो भन्ने विषय विस्तारै बाहिर आयो । उनको यो नारा पत्याउने आधारहरू कमजोर हुँंदै गर्दा यहीबीचमा ओलीले मुलुकको कार्यकारी प्रमुख भएर विदेशी मुलुकको गुप्तचर संस्थाको प्रमुखसँंग रातारात बालुवाटारमा भलाकुसारी गरे । यो उनको कूटनीतिमा आएको विचलन थियो । ओलीमा राष्ट्रिय भावना कमजोर छ तर उनी चलाखीपूर्ण ढङ्गले राष्ट्रवादको नारा उचाल्छन् भन्ने पुष्टि हुन अब बाँंकी केही रहेन । दुई–दुई पटकसम्म संसद् विघटन गर्ने ओलीको दुस्साहसलाई कतिपयले यसैसँंग जोडेर पनि हेर्ने गरेका छन् ।
आफूसँंग भएका सबै एजेन्डा काम नलाग्ने भएपछि ओली धार्मिक एजेन्डालाई बोकेर अब सत्तामा पुग्ने हतियार बनाउन खोजिरहेका छन् । राष्ट्रवादको भ्रम सिर्जना गरेर सत्ता टिकाउने रणनीति लिएका ओलीको आफ्नै कारणले अन्ततः सङ्घीय सरकार मात्र होइन, प्रदेशमा रहेका चार वटै सरकारबाट बर्हिगमन हुने अवस्था आयो । प्रधानमन्त्री पदप्रतिको लिप्सामा उनले संविधान नै मिचेर गरेको प्रतिनिधि सभा विघटनको विवादले अन्ततः एकीकरण भएको नेकपा तीन वर्ष पनि नपुग्दै विभाजित भयो नै, नेकपा एमालेलाई पनि उनले सग्लो राख्न सकेनन् । यसमा तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललगायतको पनि केही भूमिका होला तर पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्री हुनुको नाताले यसको ज्यादा दोष ओलीलाई नै जान्छ ।
यो अवस्थामा पुग्दा पनि ओलीको हुङ्कारमा कुनै कमी आएको छैन । सबैतिरबाट दक्षिणपन्थी भएको आरोप खेपरहेका ओलीले सत्तामा पुग्नका लागि बहुसङ्ख्यक हिन्दु भएको नेपालमा धार्मिक एजेन्डा भ्रम सिर्जना गर्ने एउटा अचुक औजार हुनसक्छ भन्ने निष्कर्ष निकालेका हुन सक्छन् । त्यही भएर उनी कहिले राम जन्मभूमि अयोध्या नभएर चितवनको ठोरी हो भन्छन्, कहिले पशुपतिमा जलहरीका लागि मरिहत्ते गर्छन् र कहिले नेपाल अब धर्म क्षेत्र हुने घोषणा गर्दै हिँड्छन् । यो उनको हिन्दु धर्मप्रतिको अगाध आस्थाले प्रकट भएको अभिव्यक्ति होइन । यो त चुनावमा मत बटुल्ने एक खालको डरलाग्दो चालवाजी मात्रै हो । विचार, नीति र सिद्धान्तबाट स्खलित भएको व्यक्ति वा पार्टी अन्ततः राजनीतिमा धार्मिक वा जातीय एजेन्डाको सहारा लिन पुग्छ भनिन्छ । कतै ओलीको अवस्था त्यही भएको त होइन ?
नेकपा एमाले लोकतन्त्रका लागि पटक–पटक सङ्घर्ष गरेको पार्टी हो । यसले बुलेटमा विश्वास गर्ने कम्युनिस्ट पार्टी ब्यालेटमा आएर पनि कसरी स्थापित हुन्छ र पटक–पटक सत्तामा पुग्छ भन्ने सन्देश विश्वभर प्रवाहित गरेको छ । सिङ्गो एमाले ओलीझैँ विचार, सिद्धान्तबाट स्खलित भएको होइन भने एमालेका अन्य नेता, कार्यकर्ताले अब ओलीलाई यस्ता अनावश्यक र विवादास्पद धार्मिक एजेन्डा उठाउनबाट रोक्नुपर्छ । राजनीतिमा धार्मिक र जातीय मुद्दाको उठानले कहिल्यै पनि देश र जनताको भलो भएको इतिहास छैन । ( गोरखापत्र दैनिकबाट)
The post विचार र सिद्धान्तको स्खलनपछि धार्मिक मुद्दाको सहारा first appeared on नेपालगञ्ज पाटी.
]]>The post नेपालगन्ज, टाँगा र रंगिलाकी उर्मिला first appeared on नेपालगञ्ज पाटी.
]]>राजेन्द्र नाथ
टोली नेता दीपक थियो । अहिले उसलाई नेपाली समाजले पत्रकार दीपक खरेल भनेर चिन्छ । ‘अपराध बीट’ मा काम गर्ने पत्रकार भनेर अझ कतिपय ऊसँग थर्किन्छन होला । दीपकहरु अपराध बीट भन्दा नाक खुम्च्याउँछन, हामी बीट बिहीनहरुसँग । उनीहरुको सल्लाह हुन्छ, ‘सुरक्षा बीट’ भनौ न साथी । दीपकले धेरै ठाउँ चाहार्यो । जीवन संर्घषका लागि होइन्, इमानको पत्रकारिता गर्न । पछिल्लो पटक ‘नागरिक दैनिक’, ‘नेपाल खबर’ हुँदै ‘पर्दाफास’ मा पुगेको छ । पर्दाफास अनलाइन उसले आफै सुरु गर्यो । अरुमा ‘जागिर’ खान्थ्यो । ‘सत्यसँग साक्षात्कार’ उसको नारा छ ।
०००
म उसको ‘बायोग्राफी’ लेखिरहेको छैन । ऊ बिना यो स्मरण अधुरो हुने भएकाले थोरै प्रसंग उल्लेख मात्र गरेको हु । तिहारमा म उसलाई सम्झिन्छु , त्यो भन्दा बढी नेपालगन्जलाई । त्रिभुवन चोकबाट थोरै पूर्ब हिन्दा रानितलाव आउँछ । अहिले सफासुग्घर होला । त्यो बेला निकै गन्हाउथ्यो । तर, त्यो बेलाको गन्ध पनि अहिले सुगन्ध जस्तो लाग्छ । किनभने त्यो सँग जोडिएका छन्, अनेक–अनेक सम्झना । स्मृति–बिस्मृतीहरु आउँछन, जान्छन । ती निकै प्रितिकर छन्, अपार हार्दिक छन् । र, तिनले कहिलेकाही काली, कर्णालीको जस्तो छाल हानिदिन्छन् जिन्दगीमा ।
०००
रानितलावको छेउँमै थियो, महेन्द्र नमुना माध्यमिक विद्यालय । त्यो २०५१ साल तिरको कुरा होला । हामी सायद ९ कक्षामा पढ्थ्यौं । तिहार आउँदै थियो । हल्का चिसोले हान्न थालिसकेको थियो । दीपकले तिहारको बिदा हुनुभन्दा अघिल्लो दिन साउतिको श्वरमा सल्लाह होइन, आदेश झै गर्यो, –‘ए राजेन भोलि देखि भैलो खेलौ बे ।’ उसले भनेपछि मान्नै पर् यो । तुरुन्तै टोलीको पनि घोषणा भयो । दीपक, म, रोशन, अभिराजलगायत एक दर्जन जति साथीहरुले सहमतिमा टाउँको हल्लायौं ।
०००
अलिक व्यवस्थित तरिकाले भैलो खेल्ने कुरा थियो, त्यसका लागि हामीलाई टाँगा चाहिन्थ्यो । सबैतिर पुग्न र सँगै जान त्यो जति राम्रो यातायातको साधन त्यो बेला अर्को थिएन । अझ नेपालगन्ज त टाँगाको सहर जस्तै थियो । नगर बस सेवा धेरै टाढाको कुरा भयो । कि रिक्सा, कि टाँगा । रिक्सामा थोरै मानिस अट्ने । टाँगामा सबैजना बस्न मिल्ने र त्यसमा माइकसहितको ‘साउन्ड सिस्टम’ हुने भएपछि त्यही रोजियो । टाँगा व्यवस्थापनको जिम्मा सायद रोशनले लिएको थियो ।
०००
पत्रकारिताका दौरान धेरै सहर, बस्तीहरु चहारियो । महेन्द्रनगर, बैतडीदेखि नेपालगन्ज र काठमाडौंसम्मै पुगियो । तर पनि निकै मौलिक सहर लाग्छ, नेपालगन्ज । बिबिधतायुक्त पनि । मधेसी, पहाडी, हिन्दू, मुस्लिम सबैको सरोबरी उपस्थिति छ । बिहानै बिपी चोकको मस्जिदबाट आवाज सुनिन्छ, ‘अल्ला हो अकबर।।।।’ बागेश्वरी मन्दिरमा घण्ट बजिरहेको हुन्छ, कान मै ठोकिन्छ, ‘हे राम हे कृष्ण।।।’ को त्यो श्वर । त्यो श्वर गुन्जिदा निद्रामा हुने त्यो उमेर र रहरको अहिले के कुरा गर्नु ?
अघि नै भनियो म नेपालगन्ज जस्तो बिबिधतायुक्त अर्को सहर भेट्दिन नेपालमा । बाहिर सडकमा निस्कदा अर्को धर्म, सम्प्रदाय र भाषाको मानिस भेटिन्छ । आफ्नै भाषा र लवजमा सोधिरहेको हुन्छ, ‘अरे दाजु, कहाँसम्म जानुहुन्छ के ? ’ अहिले पनि त्यता जाँदा कहिलेकाही निर्धक्क भनिदिन्छु, ‘अरे जता मन लाग्छ त्यतै लानुस के ।’ त्रिभुवन चोक, बिपी चोक, धम्बोझि चोक, कहिलेकाही रुपैडियासम्म पनि यसै जान मन लाग्छ, मनलाग्दी ।
०००
टाँगाको व्यवस्था भयो । हिनियो, सहर चहारियो । घर–घर पुगियो । भैलो खेलियो । अझ भट्याइयो, ‘यो घरैमा।।।।’ साना भुरा देखेर होला घरबेटी दाजु–दिदीहरुले झार्दैनन् त पैसो । लक्ष्मीको प्रबेश होस भनेर कति भनियो, यता हामीलाई पैसो आउँदैन रु कसैले धेरैमा दिए, ५र१० रुपैया दिन्छन । तीन दिन यसरी नै बिते । साँझसाँझ जम्मा हुने, भैलो खेल्ने । अनि घर फर्किने क्रम चलिरह्यो । घरबेटीलाई खुसी पार्न केही साथीहरु त्यो बेलाको हिन्दी चलचित्र ‘रंगिला’ को चर्चित गीत, ‘याही रे याही रे जोर मचाके नाचरे।।।, मिलके धुम मचारे।।।’ भन्दै मच्चिन्थे । अझ कतिपयलाई त रंगिला कै उर्मिला उपमा दिइन्थ्यो, आफूलाई अमिर खानसँग लुलना गर्दै ।
०००
तिहार सकियो, अघिल्लो दिन सबै जम्मा भए । महेन्द्र स्कूलकै छेउँमै थियो, बिज्ञान भवन । त्यहाँ एकजना साथीकै नातेदार कार्यरत थिए । ती तिहार बिदामा घर गएको मौका छोपेर हामी उनको निवासमा सुटुक्क छिर्यौं । चाबी, तालाको ‘जुगाड’ भइसकेको थियो ।
भैलो खेल्नुभन्दा अगाडीको योजना थियो, टन्न पैसा कमाउने र वनभोज जाने । पैसो गनियो । टाँगा, साउन्ड सिस्टमको हिसाब–किताब गरियो । जम्मा बच्यो, अढाई सय । अपेक्षा गरेभन्दा निकै कम थियो । अब के गर्ने रु सबैजना त्यो रात त्यही बाँस बस्ने र रमाइलो गफगाफ गर्ने योजना बन्यो । तर, घरमा खबर कसैले गरेका थिएनन् साथीहरुले भनेपछि मान्नैपर्यो भन्ने भाव धेरैमा देखियो ।
०००
त्यो रात धेरैलाई स्मरणीय होला, किनभने भोलिपल्ट अधिकांसले घरमा धुलाई भेटे । अहिलेको जस्तो माहोल थिएन, न फोन न सम्पर्क । एकातिर घर–परिवार चिन्तित । अर्कोतर्फ निष्फिक्री हामी । एउटाले भन्थ्यो, ‘अबे त्यल्लेत तलाई लाइन दिन्छ बे।।।।’ ‘प्रपोज हान, ‘बागेश्वरीमा लगेर बिहे गराउने जिम्मा मेरो ।’
अर्को रैथाने गुप्ता साथी भन्थ्यो, ‘नानपारा, बहराइच तिर मेरा इष्टमित्र टन्न छन् बे, दुई–चार हप्ता पालिहान्छन, त्यसपछि कौन चिन्ता छ ।’ तर अर्को दिन घर पुग्दाको चित्र–चरित्र बर्णन गर्न धेरैले सकेनन् । ‘गाली मात्रै होइन्, लाठी पनि खाएपछि धेरै दिनसम्म साथीहरुले न त रंगिलाकी उर्मिला सम्झिए, न लाइन मार्ने महेन्द्र माबिकी सहपाठी ।’ ( सीमारेखा अनलाइन डटकमबाट साभार)
The post नेपालगन्ज, टाँगा र रंगिलाकी उर्मिला first appeared on नेपालगञ्ज पाटी.
]]>The post नेपालगञ्जकी पानवाली first appeared on नेपालगञ्ज पाटी.
]]>रेशम विरही

म बेरोजगार थिएँ। र नेपालगन्जीया सडकमा फिरन्ताजस्तै थिएँ। मेरो खास दिलदर्दी साथी थिएनन्। थियो भने, अद्दा झोल थियो, पौवाभरिको मातले डेरातिर घिसार्थ्यो। घामको झुल्का जब मेरो झ्यालबाट छिर्थ्यो, तब म एक्लै फिसिक्क हास्थेँ। साँझको कर्मले झस्काउँथ्यो। रातका फोनहरुको ‘कल लिस्ट’ नियाल्थेँ। र आफ्नो अराजक मनोविज्ञानप्रति क्षोभ र गर्वको मझधारमा टोलाइरहन्थेँ। अनि नियमित बिहानीचर्या त छँदै थियो, केही बकम्फुसे लोकल अखबारी लेखन।
कुनै गैरसरकारी संस्थाको कार्यपत्र लेखन पनि कहिलेकाहीँ मेरो भाग्यमा चिट्ठा पर्थे। क्षेत्रीय संचार श्रोत केन्द्र नामको सेतो हात्तीले बेलाबखत दुई घण्टा चिच्याउन लगाएर कनिका छथ्र्यो। यसैमा चित्त बुझाउनुको अर्को विकल्प थिएन। मेरो दैनिकी चिप्लेकीराझैँ डेराबाट धम्बोझी र त्यहाँबाट घिस्रँदै बीपी चोक भएर क्षेत्रीय संचार श्रोत केन्द्रतिर लम्कन्थ्यो। कुनै निश्चित काम नभएको, तर देख्दा अत्यन्त व्यस्त लाग्ने मेरो नक्कली बेफुसर्दीपनले आफ्नै अन्तश्करणलाई हसाउँथ्यो। कहिलेकाहीँ कविता लेख्ने, निबन्ध कोरल्ने र राजनीतिक लेख कोर्ने कामलाई म महाभारत युद्ध नै हाँकेको आत्मरतिमा रमाउथेँ।
एकपटक नेपालगन्जका केही सम्पन्नशालीहरुले दैनिक पत्रिका प्रकाशनको तयारी गरेछन्। त्यसमा दुइतीन जना पत्रकारहरु पनि रहेछन्। एकजना मेरा शुभचिन्तकले मलाई सम्पादक बनाउने प्रस्ताव लिएर आए। बाहिर गज्किए पनि भित्रभित्र मेरो बेरोजगारी हासिरहेको थियो। तर, अन्तमा लगानीकर्ता र पहलकर्ताको नाताले टीमभित्रैका एकजना पत्रकारले आफैँ सम्पादक हुने अड्डी लिएछन्। मेरो सम्भावित रोजगारी गुम्यो।
केही दिनपछि उनै मित्र केही समयको लागि मात्र सल्लाहकार सम्पादकको हैसियतमा रहने गरी काम गर्ने प्रस्ताव लिएर आए। केही नहुनुभन्दा त्यही प्रस्ताव स्वीकार्नु उचित ठानेँ। अनि सल्लाहकार सम्पादकमा भर्ती भएँ।
त्यसपछि बढो सजधज र सम्पूर्ण प्रविधिसहित भरोसा लाग्दा पत्रकारहरुको टिम जमेर पत्रिका प्रकाशनमा तल्लिन भयो। बेलाबखत लगानीकर्तामध्ये कोहीकोही पत्रिका कार्यालयमा आउँथे, हेर्थे र जान्थे। तर, पत्रिका प्रकाशनको शैली र व्यपस्थापन हेर्दा मलाइ लाग्थ्यो ‘यो नमच्चिने पिङको सय झड्का भनेजस्तै हो। धेरै टिक्नेवाला छैन।’
टिमका पत्रकारहरुको अहंकार, अमर्यादा र लगानीकर्ताहरुको सतही विश्वास तथा भ्रम आदिले पत्रिकाको अल्पायुको संकेत गरिरहेको थियो। यसलाई ठीक ठाउँमा ल्याउने र सम्पादन व्यवस्थापन चुस्त पार्ने प्रयत्न पनि नभएको होइन। तर, विश्वासका कारण कानूनीरुपमा कमजोर जगमा भएका केही लगानीकर्ता यो प्रयत्नमा विफल भए। छोटै समयमा पत्रिका बन्द भयो। मेरो देखाउने दारा फुक्लियो।
यो कथाकै बीचमा एक साँझ म पत्रिकाको आफ्नो निमुखो कार्यालयमा थिएँ। सानोतिनो लगानी गरेका कवि र पुस्तक व्यवसायी ज्ञानु श्रेष्ठ टुप्लुक्क प्रकट भए। हँसिला, फरासिला र घत पर्दा टोल नै थर्कने गरी हास्ने उनको आगमन मेरा लागि फाइदाको विषय थियो। उनी पनि मजस्तै धुमपानका शौखिन थिए। यदाकदा रसपानमा पनि दिल खोलेर सरिक हुने उनको रहरको सहयात्री म पनि हुन्थेँ।
त्यस दिन उनी यही मनसाय बोकेर मेरो कार्यकक्षमा छिरेका रहेछन्। भलाकुसारी सक्नासाथ भनिहाले ‘जाउँ दाइ बाहिरतिर यसो धुवाँ उडाउँ।’ म आफ्नो झोलीतुम्बा भिरेर उनीसँगै बाहिर निस्किएँ।
नजिकैको सिर्जना तासघरमा एक अद्दा बुत्याएर निस्कियौँ पान पसलतिर। पान पसलमा एउटी अधबैँसे सर्लक्क कोरेको चिल्लो कपाल, आँखाभरि लत्पतिएको गाजलले चिरिच्याट्ट परेर बसेकी थिइन्। कालोकालो हिस्सी परेको हँसिलो अनुहारले उनलाई दुःखी भन्न सकिन्नथ्यो।
‘भावीजी१ दो पान बनाओ,’ – ज्ञानुले रसिक पाराले भने।
‘कैसा पान बनाऊँ बाबु, खटिया तोड पान बनाऊँरु’ ९उनले झन् मिठो हाँसो हाँस्दै भनिन्।
ज्ञानुको हाँसो बेस्सरी उर्लियो। नजिकका मानिसहरुले हामीलाइ टाट्ठिएर हेरे।
ज्ञानुले ‘जबरजस्त’ हाँसो थाम्दै भने– ‘हा भावीजी, हमारे दादा के लिए बनादो।’
‘अच्छा बाबु’ –उनी पान बनाउन थालिन्।
उनको हाँसो यति रहरलाग्दो थियो कि, त्यो हाँसोभित्र उत्ताउलोपन होइन उन्मुक्त खुसी झल्कन्थ्यो। पानवालीको शब्दार्थमा के त्यस्तो अभिव्यन्जना थियो, मैले बुझिनँ। तर, उनको हासो अवश्य नै अर्थपूर्ण छ भन्ने मलाइ लाग्यो। म नबुझेरै पनि त्यसै लहलहैमा हासीदिएँ। पानवालीको आँखा अचम्मसँग नाचिरहेका थिए। कहिले सडकतिर, कहिले मेरा आँखातिर र कहिले ज्ञानुको आँखामा उनका आँखा बजारिन्थे। पानमा आँखै नपारी उनले दुई बिडा पान बनाइन्। हामी पानको बुजो मुखमा च्यापेर बाटो लाग्यौँ।
बाटोमा ज्ञानुले जब संवादको अर्थ खुलाए म सडकमा उभिएर एक्लै खित्का छोडेर हासेँ। मसँगै ज्ञानु पनि फेरि हासे। अनि, मलाई उनको बारेमा जानकारी लिने मनसाय जाग्यो। ज्ञानुले मलाइ स–विस्तार बताए।
उनी पाँच सन्तान कि आमा र एकल महिला हुन्। टाँगा चलाउँदा चलाउँदै उनको पतिको देहान्त भयो। घरजग्गा केही छैन। कतै एउटा कोठा लिएका छन्। छोरीहरु अगाडि होटेलमा भाडा माझ्ने काम गर्छन्। बाँकी यही पानको कमाइको भरमा सन्तान पालेकी छन्। सबभन्दा ठुलो छोरो दश वर्ष जतिको होला।
उनी बोलीचालीमा खूब मजाक गर्छिन्। उनलाई गरिबीको पीडा पनि छैन र श्रममा अत्यन्त विस्वास छ। कसैले हेपेको सहन्नन्। ठट्टा र रमाइलोमा खुसी हुन्छिन्। यो घुम्ती पनि उनको आफ्नो होइन, भाडामा नै हो। एउटा अचम्म हक्की, साहसी र स्वाभिमानी महिला हुन्, उनी।
ज्ञानुले यति भने पछि मेरो मनमा उनीप्रति झन् जिज्ञासा बढेर आयो। तुरुन्त फर्किएर केही संवाद गर्ने मन थियो। तर, पत्रिकामा सम्पादकीय लेखनको समय भएकोले भोलिपल्टलाई मनले वाचा गर्यो।
गरिबी एउटा दुसाध्य पीडा हो। तर, पीडा सहेर स्वाभिमान थाम्नसक्नु भनेको हिमालय पर्वत काँधमा बोक्नुजस्तै कठिन विषय हो। ज्ञानुको कुरा सुनेकै भरमा मेरो उनीप्रतिको दृष्टिकोणमा सम्मानजनक भावनाहरु आउन थाले। म सम्पादकीयको काम सकेर घरतिर जाँदा उनको पसलतिर चियाउँदै हिडेँ। दुई जना मानिस पसलअगाडि उभिएका थिए। उनी उस्तै हासो, उही परिधानमा आँखा नचाएर नै पान बनाइरहेकी देखेँ। यतिबेला भने उनको बगलमा दुइटा स–साना बच्चा टाँसिएर बसेका थिए। म एक प्रकारको अतृप्तभावमा हिँड्दै पर पुगेँ, घुम्ती ओझेलमा पर्यो।
रास्ट्रिय राजनीतिक घटनाक्रमले समय अत्यन्त पेचिलो थियो। नेपालगंजमा गहिरो प्रभाव परिरहेको त्यस समयमा हरेक कदममा होसियारी आवश्यक थियो। केही बोल्नु वा लेख्नुको तात्पर्य जोखिम मोल्नुजस्तै प्रतीत हुन्थ्यो। ‘जनमुक्ति’का नाममा चलेको आँधीमा मुक्तिको भाषा बोल्न डराउनु पर्ने समयमा मैले एकछिन घोरिएर सोचेँ–‘के ती पानवालीलाई यो मुक्ति बतासले उन्मुक्ति देलारु’
सीमान्त शहर नेपालगंज यसै पनि आर्थिक र सामाजिक सवालमा विषम भूगोल हो। मुलुककै धनाढ्यदेखि चरम गरिबीमा रहेका नागरिकहरु भएको त्यो ठाउँको सांस्कृतिक स्पर्धा पनि भयानक डर लाग्दो छ। थोरै मात्र सन्तुलन बिग्रियो भने थामिनसक्नु आगो बल्ने ठाउँको विषय वा नागरिकका बारेमा लेख्दा ठण्डा दिमागले सोच्ने गर्नु पर्छ। ती पानवालीको विषयमा लेख्ने सोच बनाउँदा म यस्तै उल्झनमा फसेँ। साँझ त्यत्तिकै बित्यो।
बिहान घामको झुल्कासँगै म बीपी चोकतिर निस्किएँ। उही पान पसलको ठीक सामुन्ने सडकपारिको चिया पसलमा बसेर चिया पिउँदै पसलतिर आँखा गाडेर हेरिरहें। बिहानै पनि पानका शौखिनहरुको आगमन बाक्लै थियो। मेरो मनमा अचानक एउटा लहड जन्मियो। सोचेँ ‘यिनीमाथि एउटा कविता लेख्नुपर्यो।’
साँझ घरमा गएर एउटा कविता पनि कोरेँ। तर, मलाई त्यतिले खास सन्तुष्टि दिएन। साँझ पत्रिकाको कार्यालयमा उनका बारेमा एउटा फिचर लेख्ने परामर्श भयो। तर, त्यसले पनि मूर्तरुप लिन सकेन, कारण उही सांस्कृतिक विषमता र राजनीतिक घटनाक्रम थियो।
मैले अन्त्यमा कविता मात्र लेखेर चित्त बुझाएँ– ‘मंगली गुप्ताको पान।’
कविता त लेखेँ, तर आफैँलाई मन परेन। खेस्रालाई सधैँ भिर्ने झोलामा कोचिदिएँ। त्यसपछि मैले निकै पटक त्यो पसलमा अत्यन्त रमाइलो मान्दै पान खाएँ। कविता झोलामा कोचिएकै थियो। मलाई यसको हेक्का पनि हराइसकेको रहेछ।
यो घटनाको केहीपछि म राजनीतिकर्मी मित्र होमनाथ सापकोटासँग केही दिनका लागि काठमाडौँतिर लागेँ। काठमाडौँ पुगेको भोलिपल्ट मैले त्यो झोलाका अनावश्यक कागजपत्र डस्टबिनमा फाल्ने क्रममा त्यो मन नपरेको कविता पनि फालिदिएँ।
केही समयपछि मेरा सहयात्री मित्रले त्यो कविता डस्टबिनमा देखेछन्। झुक्किएर फालेको सोचेछन्। मैले यथार्थ बताएँ, कविता अत्यन्त मन पराए। नफाल्ने सुझाव दिए। मैले त्यसलाई फेरि झोलामा हालेँ। केही दिनपछि कवितालाई सामान्य सम्पादन गरी स्थानीय कुनै पत्रिकामा छाप्न दिएँ। पछि धेरैतिरबाट सकारात्मक टिप्पणी आए।
एउटी मेहनतकस श्रमजीवी महिलाको रोमान्चक र श्रम, इमान्दारी तथा मिलनसार जीवनशैलीको उर्जाबाट सिर्जित ‘मंगली गुप्ताको पान’ कविताले मलाइ कालान्तरमा एक प्रकारको सन्तुष्टि दिएको छ। अहिले पनि कतिपय मित्रहरुले के छ ‘मंगली गुप्ताको पान दाइरु’ भनेर पनि सम्बोधन गर्छन्, नेपालगन्जतिर। ( नेपाल लाइभ डटकमबाट)
The post नेपालगञ्जकी पानवाली first appeared on नेपालगञ्ज पाटी.
]]>The post स्वायत्त संस्थाहरुको सम्मान कसरी जोगाउने अहिलेको प्रमुख प्रश्न हो first appeared on नेपालगञ्ज पाटी.
]]>मोहना अन्सारी, अधिवक्ता

दुई दिन म पनि सर्वोच्च अदालतमा गएर पालो आउँदैछ भनेर कुरेर बसेँ । आइतबारको दिन सर्वोच्च अदालतमा पेसीको लिस्ट प्रकाशित हुँदा त्यो नोटिस बोर्ड हेर्न मान्छेको भीड लागेको थियो । म साढे १० मा अदालत पुगेकी थिएँ । यतिधेरै मान्छे कहाँ–कहाँबाट आएका थिए । सायद ७७ जिल्लाका मान्छे आउनुहुन्छ सर्वोच्च अदालतको नोटिस बोर्ड हेर्न ।
यो न्यायको संरक्षण गर्ने निकाय हो । त्यो नोटिस बोर्ड हेरिसकेपछि साढे १२ पछि त मान्छे नै छैनन् । बस्दै बसेनन् । के सुन्ने हामीले भर्याङ उक्लिँदैछौँ, मान्छेले सोध्छन्, ‘तपाईंको मुद्दा कति नम्बरमा हो बेन्च नै नबसेपछि के हो, के हो भनेँ । सेवाग्राहीको त्यो किसिमको छटपटी न्यायालयमा देखियो ।
यो तपाईं–हामीलाई सामान्य लाग्ला । हामीले हेर्दाखेरि गाडी चढेर, भाडा तिरेर आए भन्ने लाग्ला । तर, उनीहरु सर्वोच्चसम्म आइपुग्दा कतिवटा तहहरू पार गरेर आए होला आम नागरिकको कुरा सोच्नुस् । ती आम नागरिक कति तह पार गरेर आए त जिल्ला तह, उच्चसम्म, त्यसपछि कानुन व्यवसायीसँग अपोइन्टमेन्ट लिन उनीहरूले कति तह पार गरे होला एक–एक गरेर भनिराख्नु मलाई उचित लाग्दैन ।
तर, अहिले प्रश्न उठिसकेको छ । कानुन व्यवसायी संस्था छ, जो लामो समयदेखि यही न्यायालयको संरक्षणका लागि लागिराख्नुभएको छ । कति तहसम्म जनतालाई झुक्याउने कति तहसम्म यस्तो हुँदैछ ।
हाम्रा संवैधानिक निकायमाथिका प्रश्नहरू अहिलेसम्म हाम्रा अगाडि उनुत्तरित छन् । मलाई थाहा छैन, धेरैजनाले भन्नुहुन्छ, म वकिलमा बसेर यति काम गरेँ, मैले यस्तो विभागमा बसेर यो काम गरेँ । मलाई त्यो पनि आउँदैन । हामी केका लागि उभिएका छौँ न्यायका लागि उभिएका छौँ । स्वतन्त्रताका लागि उभिएका छौँ । मानव अधिकार संरक्षणका लागि उभिएका छौँ । रक्षाका लागि उभिएका छौँ । तर, यी विषयमा चुनौती आइसकेपछि कसैले मलाई यसो समातेर तानिदेओस् भनेर सोचिरहेका हुन्छौँ, तपाईं हामी नै होला सायद ।
म यहाँ अर्को एउटा सन्दर्भ जोड्छु, मलाई एकदमै पीडा भएर त्यो पचाउन सकिरहेकी छैन । माइतीघर मण्डलाबाट रुबी खान पक्राउ पर्नुभयो । मैले उहाँको फोटो मागेकी थिएँ । म यो संस्थाबाट रिटायर भएको एक वर्ष हुँदैछ । तर, यो संस्थाले रुबी खानको एउटा पनि फोटो दिन सक्दैन । मलाई जवाफ पनि दिएन ।
ऊ आफूले भेटेको छ, पक्राउ परेर रिपोर्ट गरिसकेपछि, रिपोर्ट भनेको राजधानीबाट नेपालगञ्ज पुर्याइसकेपछि । आफूले भेटेको छ । भेटिसकेपछि त्यो संस्थाले प्रतिवेदन दिन सक्दिनँ भनेर मलाई जवाफ दिइसकेपछि नाजवाफ भएँ । कस्ता मान्छे हामीले त्यो संस्थामा पाएका छौँ के गर्न ती मान्छे त्यहाँ गएका होलान् म अहिले पनि जवाफ खोजिरहेकी छु । जवाफ पाइएको छैन । पाइएला कुनै दिन भन्ने छ ।
त्यसैले यी स्वतन्त्र, स्वायत्त संस्था साँच्चै नै जनताका कुराका लागि अभियानमा लाग्लान् संरक्षणमा उभिएलान् ती संस्थाहरू यदि नाजवाफ हुन्छन् भने हामीले त्यो जवाफ खोज्नेबेला आउँदैछ । न्यायपालिका पनि त्यही मध्येको एउटा हो । न्यायपालिकाको नेतृत्वले गरिमाको रक्षा गर्न सक्दैन भने बाटो खोल्ने उसको आफ्नो पनि दायित्व होला । आफूले पनि खोलिदिनुपर्छ । कसरी हुन्छ, त्यो नै न्यायपालिकाका लागि उपयुक्त हुन्छ जस्तो लाग्छ ।
हामीले निर्णय लिने बेला आइसकेको छ । हामीले कसरी यी संस्थाहरूको गरिमा र सम्मान जोगाउने भनेर आफ्नो लाइन स्पष्ट गरिदिने बेला आएको छ । किनभने, संस्था त हामी सबैलाई चाहिएको हो नि । संस्थाले सोचेअनुसार, अथवा दिएको कार्यादेशअनुसार काम गर्न सकेनन् भने के गर्ने ?
लामो समयदेखि हामी एउटा कुराको अभ्यास गर्दै आएका छौँ । त्यो लामो सङ्घर्षको अभ्यासमा हामीले स्वतन्त्रता, लोकतन्त्र कसरी हुन्छ संरक्षण गर्दै अगाडि बढ्नुपर्छ र संस्थाहरू स्वायत्त, पारदर्शी हुनुपर्छ भनेर पटक पटक यी कुरा उठ्दै आए । यी कुरा बोल्दाखेरि, काम गर्दाखेरि हाम्रा आचरणहरूमा जोडिँदै जान्छन् । इतिहासमा पनि यी कुरा दोहरिएका छन् ।
राज्यका मुख्य तीनवटा निकायहरू, मुख्य अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका छन् । ती मुख्य अङ्गहरूमा जब प्रश्नहरू तेर्सिँदै गए, त्यसमध्ये दुईवटा चाहिँ जनताको अधिकारलाई संरक्षण गर्ने, जनताको बोलीलाई बहसमा ल्याउने, जनताको हितमा काम गर्ने भनेर हामीले चिन्दै आयौँ । त्यसमध्येको मुख्य संसद् हो । संसदमाथि खतरा आयो । दुई–दुई पटक संसद् विघटन भयो । यो समस्या अहिले न्यायपालिकामा आइसक्यो ।
मलाई कहिलेकाहीँ के लाग्छ भने पानी जब टाउकोभन्दा माथि पुग्छ, त्यसपछि स्वास लिनका लागि बच्नुपर्छ, आफैँ बच्नुपर्छ भनेर सानैदेखि सुन्दै आएकी थिएँ । मलाई लाग्छ, पानी टाउकोबाट क्रस भएको हो कि ? डुब्ने– डुब्ने अवस्था आउँदैछ । डुब्ने–डुब्ने अवस्था आइसकेपछि त्यसको निराकरण, त्यसको उपाय, त्यहीँभित्रबाट सिर्जना गरिनुपर्छ । अहिले धेरै प्रश्न उठेका छन्, ती प्रश्नको जवाफ पनि खोज्दै अगाडि बढ्नुपर्छ ।
म पढ्दै, अध्ययन गर्दै यही पेसा ९कानून व्यवसाय० मा आइसकेपछि यो क्रममा अहिलेको अवस्थामा दुईवटा उदाहरण मेरा अगाडि आए । ती उदाहरणमा हामीले हेर्ने प्रत्येक अङ्गहरू, प्रत्येक निकायहरूमा भ्रष्टाचार अति नै भइसक्यो । त्यो भ्रष्टाचारले गर्दा मानव अधिकारमा चुनौती आयो । हरेक दिन हेरौँ न, हामी कहाँ छौँ भनेर हेर्दा धेरै सन्तोष गर्ने ठाउँहरू पनि छन् भनेर बेलाबेला हामी आत्मसन्तुष्टि पनि गर्ने गरेका छौँ । तर होइन, चुनौती बढिरहेको छ, बढ्दै गएको छ । चुनौती सम्पूर्ण क्षेत्रमा नै छन् ।
हिजो मैले पढेकी थिएँ, सुशीला कार्कीमाथि महाअभियोगका सम्बन्धमा एउटा रिट परेपछि त्यसमा एउटा उत्प्रेषण जारी भएको थियो । कसले त्यो निर्णय गर्यो भन्दा अहिले जसमाथि प्रश्न उठ्दैछ उहाँ चोलेन्द्र शमशेर जबरा० ले नै निर्णय गर्नुभयो । उहाँले कस्तो मज्जाले त्यो कुरालाई एक–एक गरी वर्णन गर्नुभएको छ । ओहो नेपालका न्यायाधीश यति राम्रा शब्द पनि लेख्न जान्नुहुँदो रहेछ भन्ने आफैंलाई कहिलेकाहीँ लाग्छ ।
उहाँले लेख्नुभएको थियो, मैले गर्दा न्यायालयमाथि चुनौती आउँछ भने मैले त्यो मार्गप्रशस्त गरिदिनुपर्छ । अथवा जो–जो नेतृत्वमा छ, उहाँको फैसला हो यो । उहाँले लेखेको, उहाँले जारी गरेको रिपोर्टमा, उहाँ आफैंले त्यो कुरा बोल्दाखेरि आफू पदमा हुँदा उहाँले आफूलाई कतिचोटि फर्केर हेर्नुभयो ? प्रश्नचाहिँ यहाँनेर छ ।
अहिलेको विवादलाई धेरै मान्छेले यो परमादेशबाट जन्मिएको भन्छन् । परमादेशबाट जन्मिएको होला, तर उसले आफ्नो काम गरेको छ । त्यहाँ कहाँनेर यसको सम्बन्ध भयो एउटा कुराको विवाद उठ्यो, त्यो कुराको अन्त्य भयो । त्यसपछि जन्मेको विवादको ‘रेस्पोन्स’ त उसले आफैँ लिनुपर्छ । ( रातोपाटीबाट)
The post स्वायत्त संस्थाहरुको सम्मान कसरी जोगाउने अहिलेको प्रमुख प्रश्न हो first appeared on नेपालगञ्ज पाटी.
]]>