१६ बैशाख २०८२, मंगलवार

पुर्वमन्त्री राईको उपस्थितिमा जसपा बाँकेको तिन महीने संगठन विस्तार अभियान सुरु

पुर्वमन्त्री राईको उपस्थितिमा जसपा बाँकेको तिन महीने संगठन विस्तार अभियान सुरु

समाचारदाता
नेपालगन्ज, असोज ६ । जनता समाजवादी पार्टी नेपालको तिन महीने संगठन विस्तार अभियान शनिबारदेखि सुरु भएको छ । सोही क्रममा शनिबार बाँके जिल्लामा पनि जसपा जिल्लाकार्य समितिद्वारा आयोजित संगठन बिस्तार अभियानको शुरुवात अभिमुखिकरण कार्यक्रमबाट गरिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रिय नेता तथा पूर्ब मंत्री मोहम्मद इस्तियाक राईले बाँकेलाई समृद्ध र विकसित बनाउन संघीय लोकतन्त्र र समावेशितालाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसका लागि जसपा निर्णायक भुमिकामा हुन आवश्यक रहेको बताउनुभयो ।


पुर्वमन्त्री राईले निर्णायक भूमिकामा पुग्न अत्यधिक बहुमत चाहिने र बहुमत चुनावबाटै सम्भव भएकाले अहिलेदेखि नै आउँदो निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले देशमा अधिकार सम्पन्न संघीयता हुन नसकेको दुखेसो गर्दै संघियतालाई कमजोर बनाउने षडयन्त्र भइरहेकोले सेचत रहनुपर्नेमा पनि जोड दिनुभयो ।
पुर्वमन्त्री राईले जिल्लाका सबै पालिकाका वडाहरुमा तिन महीने संगठन विस्तार अभियानमा जुटन नेता कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाँले भन्नुभयो,सबै अधिकार केन्द्रित गरेर संघीयता बलियो हुन सक्दैन, राज्यको संवैधानिक, न्याययिक, प्रशासनिक र राजनीतिक नियुक्ति लगायतका कुनै पनि निकायमा समावेशिता छैन, यसले संविधानको पुर्ण पालना समेत नभएको पुष्टि गर्छ ।
सो अवसरमा लुम्बिनी प्रदेससभाका सदस्य अम्बिका काफ्ले, नेपालगंज उपमहानगरका उपमेयर कमरुद्दीन राई, जसपाका मुस्लिम नेता अतहर हुसैन फारुकी लगायत जिल्लाका अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *