मधुवनमा मानवबेचविखन रोक्न स्थानीय समिति सक्रिय
समाचारदाता
मधुवन, बर्दिया असोज २८ । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको समन्वय र समुदायस्तरको सक्रियतालाई प्रभावकारी बनाउने उद्देश्यले मधुवन नगरपालिकामा गठित स्थानीय मानब बेचबिखन नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाको सहकार्यमा आयोजित सो बैठकले मानव बेचबिखनविरुद्ध सञ्चालन भइरहेका गतिविधिको प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनालाई थप नतिजामुखी बनाउने विषयमा छलफल गरेको हो ।
मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, समितिका सदस्य सचिव इन्द्रा चुनारा, स्थानीय मानब बेचबिखन नियन्त्रण समितिका सदस्यहरू इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सैलेन्द्र खड्का, माइती नेपाल, साना हात तथा बाँके युनेस्को क्लबका परिय...









