समाचारदाता
नेपालगञ्ज, पुस २९ । बाल विवाह न्युनिकरणकालागि बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा साँस्कृतिक तथा मघिमिलान कार्यक्रम गरिएको छ । साँस्कृतिक कार्यक्रममार्फत बाल विवाह न्युुनिकरण गर्ने उदेश्यले बारबर्दिया नगरपालिका वडा नं १० को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब नेपालगंज, बि ग्रुप नेपालगन्जको सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर १० का प्रत्येक गाँउका संस्कृतिक टोलीले परम्परागत साँस्कृतिक नाचगाँन माफत बालविवाह न्युनिकरणका सन्देश तथा त्यसले पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । वडा भित्र रहेका महिला समुह, युवा क्लब किशोरी कल्ब, तथा सांस्कृतिक समुह र बर्दियाका थारु कलाकार तथा समुदायहरुले आफ्नो प्रस्तुती मार्फत सो सचेतना प्रदान गर्नु भएको थियो ।
बाल संरक्षण कार्यक्रम अन्तरगत ‘थारू समुदायको महान पर्व माघीको अवसरपा...
समाचारदाता
नेपालगञ्ज, पुस २८ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर नगरका विभिन्न विद्यालय र मदरसामा अध्ययनरत अनाथ, अति विपन्न र गरिब परिवारका १२० जना बालबालिकालाई स्कुल व्यागसहितको शैक्षिक सामाग्री, तयारी पोशाक, जुत्ता र मोजा वितरण गरेको हो ।
क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो शैक्षिक सामाग्री वितरण समारोहको प्रमुख अतिथि नेपालगञ्ज उपमहानगर शिक्षा महाशाखा प्रमुख गोरख बहादुर थापा रहनु भएको थियो ।
प्रमुख अतिथि थापा लगायत उपमहानगरको महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाह, कतार च्यारिटीका डेपुटी डायरेक्टर ईर्शाद शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, ईस्लाम...
समाचारदाता
नेपालगञ्ज, पुस २४ । युथ टुडे न्युज डट कमका सम्पादक, प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव एंव नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खान लगायत १३ जना पत्रकारहरु प्रस्कृत एवं सम्मानित भएका छन् । पत्रकार खान भने ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरुस्कारबाट पुरस्कृत हुनुभएको हो । पत्रकार खान नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा पत्रकार खानलाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
पत्रकारितका माध्यमबाट शिक्षा र सामाजिक विषयमा योगदान गरेको भन्दै उक्त सम्मान सम्पादक खानलाई प्रदान गरिएको हो । खान विगत १९ वर्ष देखि पत्रकारीता गर्दै आउनुभएको छ ।
उहाँ...
समाचारदाता
नेपालगञ्ज, पुस १ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाका बालअधिकार समितिलाई स्थानीयस्तरमा बालअधिकार संरक्षण र कार्य प्रवाह सम्बन्धि तालिम प्रदान गरेको छ ।
बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको सो तीन दिने तालिम क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, चाँडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको हो ।
बाल अधिकार समितिलाई दिईएको सो तालिम बिशेषगरि बाल अधिकार, बाल संरक्षण र लैंगिक हिंसा सम्बन्धि क्षमता अभिबृद्धि गर्नका लागि प्रदान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनपछि पुनर्गठन गरिएका बालअधिकार समितिका पदाधिकारीलाई सो तालिम दिनु आवश्यक रहेकोले दिईएको बताउनुभयो ।
तालिममा बाल विवाह र लैंगिक हिंसाका घट्ना व्यवस्थापन कसरी गर्ने भन्ने बरेमा विशेष फोकस गरिएको र सोही कुरा सिकाईएक...
सिराज खान
बर्दिया, मंसिर २४ । बर्दिया मधुवन नगरपालिका २ की सन्जु चौधरी ( नाम परिवर्तन ) को १४ वर्षकै उमेरमा हुन लागेको विवाह किशोरी सञ्जालमा आवद्ध किशोरीहरुले प्रहरी बोलाएरै रोक्न लगाए । उनिहरुले आफ्नै गाउँमा एक बालिकाको विवाह हुन थालेको सुचना पाएपछि प्रहरीको सहयोग लिएर सो विवाह रोक्न लगाएका हुन् ।
१४ वर्षिया चौधरीको विवाह रोकिएपछि अहिले उनि खुशी छन् । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिएकी छन् । ‘पढेर केही बन्ने सपना बोकेकी थिए, तर घरकाले नै सानै उमेरमा विवाह गर्न खोजेकोमा विरोध गर्दा पनि केही लागेन । गाउँका अन्य किशोरीले थाहा पाएर मलाई जोगाए’– चौधरीले भनिन् ।
लुम्बिनी प्रदेशमै धेरै बालविवाह हुने जिल्ला मध्ये एक बर्दियामा सचेतना बढेपछि बालविवाह रोकिन थालेका छन् । सरकारी र गैर सरकारी विभिन्न निकायको सहकार्यमा सबै पालिकामा किशोर किशोरी सञ्जाल, संयुक्त सञ्जाल, प्रहरी र न्यायीक समिति सक्रिय ...
समाचारदाता
नेपालगन्ज, मंसिर २४ । बाँके युनेस्को क्लबले मर्यादित कार्यका लागि नेपाल सरकारको श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि सेवा प्रदायक संस्थाहरुलाई बर्दियामा अभिमुखिकरण कार्यक्रम गरेको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरिएको सो अभिमुखिकरण कार्यक्रम प्लान नेपालको सहयोगमा सञ्चालित पर्ल परियोजना अन्तर्गत सम्पन्न गरिएको क्लबले जनाएको छ ।
अधिवक्ता राम कुमार चौधरीले सहजीकरण गर्नु भएको सो अभिमुखिकरणमा श्रम ऐन २०७४ का विविध प्रावधान र कार्यान्वयनका अवस्थाका बारेमा व्यापक छलफल भएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
कार्यक्रममा छलफल गर्दै सहभागिहरुले ऐनमा उल्लेख भएका कतिपय कुराहरु हाल कार्यान्वयनमा रहेको र कतिपय कुराहरु कार्यान्वयनमा नरहेकोले कार्यान्वयनका लागि पहल गर्नु पर्ने निष्कर्श निकालेका थिए ।
कार्यक्रममा उठेका विभिन्न जिज्ञासा र प्रश्नहरुको जवाफ सहजकर्ता ...
सिराज खान
बर्दिया, मंसिर २४ । ‘मैले लहलहमै लागेर बालविवाह गर्न लागेको थिए, तर मलाई मेरा केही साथी र गाउँका अन्य महिलाले त्यस्तो गर्न दिनु भएन । रोक्नु भयो । मन पराएको केटासंग विवाह गर्न नपाउँदा शुरुमा त धेरै रिस उठेको थियो । उनिहरुलाई तथानाम गाली गरे । अहिले आएर बल्ल थाहा पाए, त्यो त गैर कानुनी पो रहेछ । उमेर पुगेपछि मात्रै विवाह गर्नु पर्ने रहेछ । अहिले म आफै उमेर नपुगेको विवाह न गर्न अरु साथिहरुलाई सम्झाउँदै हिडेको छु ।’– यो भनाई हो बर्दिया गुलरिया नगरपाकिा ६ निवासी १४ वर्षिया बालिका निरु चौधरी ( नाम परिवर्तन ) को ।
‘मेरो विवाह घर परिवारकै सहमतिमा २१ वर्षिय केटासंग हुन लागेको थियो । सबै तयारी भैसकेको थियो । विवाहको मिति भन्दा दुई दिन अघि घरमा नजिकका दिदिहरु आएर उमेर नपुगेकोले विवाह नगर्न परिवारलाई दवाव दिए । परिवारले नमानेपछि प्रहरीलाई घरमा ल्याएर उनिहरुले सो विवाह रोकिदिए ।’– यो भनाई ...
नेपालगन्जपाटी समाचार
नेपालगन्ज, मंसिर १६ । शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आफनो १६ औं बार्षिक उत्सव निकै भव्यताका साथ मनाएको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण रोकिएको कार्यक्रमलाई शोफियाले यस बर्षदेखी फेरी निरन्तरता दिने क्रममा बार्षिकोत्सव मनाएको हो ।
स्कुलका संस्थापक प्रिन्सीपल के बी बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले विद्यालयको कार्य हेरेर आफुलाई खुसी लागेको भनी शुभकामना दिर्दै सोफियाले गरेको प्रगति हेर्दा निकै राम्रो लागेको बताउनुभयो ।
नेपालगंज उपमहानगरपालिकाका एजुकेशन डिपार्टमेन्ट अफिसर भीम बहादुर बुढाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई सिर्जना गर्नमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने थलोका रुपमा शोफिया स्कुल विकास हुन सकोस भन्ने शुभकामन...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, मंसिर १५ । बालबालिका र युवाको संरक्षणनिति बारे छलफल गर्न र जानकारी गराउन बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्याशाला सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल र बाल संरक्षण परियोजना अन्तर्गत बालबालिका तथा युवाको संरक्षण नीति सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न गरिएको हो ।
बाँके युनेस्को क्लबको व्यवस्थापन समितिलाई दिइएको सो दुईदिने तालिममा क्लबको बोर्डका पदाधिकारी र सदस्य तथा बालसंरक्षण कार्यक्रम एवं पर्ल परियोजना अन्तर्गतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा विभिन्न संरक्षण सम्बन्धी बिषय जस्तै सुरक्षा नीति, बालबालिकाको दृष्टिकोण, बाल दुव्र्यवहारको समस्या, व्यक्तिगत मूल्य र मनोवृत्ति लगायतका बारेमा गहन छलफल भएको र जानकारी गराईएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ११ । बाँके युनेस्को क्लबले नेपालगञ्जमा आइतवार मानवबेचविखन रोकथामका लागि विभिन्न सरोकारवाला निकायको उपस्थितिमा समन्वय तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहकार्यमा क्बलले सञ्चालन गरेको रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीका अनुसार सो समन्वय तथा छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, महिला बालबालिका शाखाका छैटौं तहका अधिकृत आशा शाही, सुरक्षा निकायका प्रतिनिधि र नागरिक समाजका संस्थाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले मानवबेचविखन रोकथामका लागि छुट्टै बजेट विनियोजन आवश्यक रहेकोमा जोड दिनुभयो ।
महिला बालबा...