मुख्य समाचार

मधुवनमा मानवबेचविखन रोक्न स्थानीय समिति सक्रिय

मधुवनमा मानवबेचविखन रोक्न स्थानीय समिति सक्रिय

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता मधुवन, बर्दिया असोज २८ । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको समन्वय र समुदायस्तरको सक्रियतालाई प्रभावकारी बनाउने उद्देश्यले मधुवन नगरपालिकामा गठित स्थानीय मानब बेचबिखन नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाको सहकार्यमा आयोजित सो बैठकले मानव बेचबिखनविरुद्ध सञ्चालन भइरहेका गतिविधिको प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनालाई थप नतिजामुखी बनाउने विषयमा छलफल गरेको हो । मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, समितिका सदस्य सचिव इन्द्रा चुनारा, स्थानीय मानब बेचबिखन नियन्त्रण समितिका सदस्यहरू इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सैलेन्द्र खड्का, माइती नेपाल, साना हात तथा बाँके युनेस्को क्लबका परिय...
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया कार्यक्रम

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता राजापुर, बर्दिया असोज १६ । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि विभिन्न सरोकारवालाबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका, राधाकृष्ण थारू जनसेवा केन्द्र, बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना, साथै सोनाहा विकास समाज र गुड नेबर्स इन्टरनेशनलको संयुक्त साझेदारीमा सो अन्तरक्रिया आयोजना गरिएको हो । राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, बडघर, विकास साझेदार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अध...
गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि उपलब्ध गराइने एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा थप प्रभावकारी, पहुँचयोग्य र जवाफदेही बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ । बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत स्थानीय तहमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरण गर्ने उद्देश्यले सरोकारवाला सहभागिता कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय सरकार, स्वास्थ्य, प्रहरी, बाल संरक्षण तथा अन्य सम्बन्धित क्षेत्रका २० जना प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट प्रदान भइरहेका सेवामा देखिएका कमी, सरोकारवाला निकायबीचको समन्वय, पीडित तथा प्रभावित व्यक्तिलाई सेवा प्रदान गर्ने प्रक्रियासहित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।...
बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असोज १२ । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन स्थानीय बाल अधिकार समितिका सदस्यहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारी तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सो तालिमको आयोजना गरिएको हो । समितिका सदस्यहरूको क्षमता मूल्याङ्कनबाट पहिचान भएका कमी तथा स्वीकृत क्षमता अभिवृद्धि योजनाका आधारमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिमको मुख्य उद्देश्य स्थानीय बाल अधिकार समितिका सदस्यहरूको बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै सम्बन्धित सरोकारवालाबीच समन्वयलाई सुदृढ बनाउनु रहेको थियो । त्यस्तै, स्थानीय तहमा बाल अधिकार तथा संरक्...
युवा उद्यमको अवस्था बुझ्न मधुवन र ठाकुरबाबामा संयुक्त स्थलगत अनुगमन

युवा उद्यमको अवस्था बुझ्न मधुवन र ठाकुरबाबामा संयुक्त स्थलगत अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी र मधुवन तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत पालिकास्तरीय संयुक्त स्थलगत अनुगमन गरिएको छ । असोज ४ र ५ गते गरिएको अनुगमनमा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमको प्रगति, सहयोग सामग्रीको उपयोग, व्यवसायको अवस्था तथा उद्यमीले भोगिरहेका चुनौतीबारे जानकारी लिइएको थियो । सो क्रममा मधुवन नगरपालिकामा वडा नं. १ र २ का पाँचवटा युवा उद्यमको अनुगमन गरिएको थियो । टोलीले उर्मिला थारुको ठेला व्यवसाय, पविता थारुको किराना पसल, स्वस्तिका थारुको बाख्रापालन तथा पुनम थारु र रिना थारुको बंगुरपालन व्यवसायको अवलोकन गरेको थियो । अनुगमनका क्रममा उद्यमीहरूसँग व्यवसायको वर्तमान अवस्था, परियोजनाबाट प्राप्त सहयोग तथा सामग्रीको उपयोग, व्यवसाय सञ्चालनका अनुभव, हालस...
राजापुरमा मानव बेचबिखन र लागुऔषध दुव्र्यसन रोकथामसम्बन्धी तालिम सम्पन्न

राजापुरमा मानव बेचबिखन र लागुऔषध दुव्र्यसन रोकथामसम्बन्धी तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता राजापुर, बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी अधिकारकर्मी तथा सीमावर्ती क्षेत्रमा कार्यरत सरोकारवालाका लागि आयोजित दुईदिने क्षमता अभिवृद्धि तालिम बर्दियाको राजापुरमा सम्पन्न भएको छ । बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सुरक्षा परियोजनाअन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । सीमावर्ती क्षेत्रमा देखापर्ने मानव बेचबिखन, लागुऔषध दुव्र्यसन तथा सीमापार आवतजावतका क्रममा उत्पन्न हुने जोखिमलगायतका संरक्षणसम्बन्धी समस्यालाई सम्बोधन गर्न स्थानीय सरोकारवालाको ज्ञान, सीप, समन्वय र सामूहिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमको उदघाटन सत्रको अध्यक्षता राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले गर्नुभएको थियो । कार्यक...
बर्दियामा विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग अन्तरक्रिया

बर्दियामा विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग अन्तरक्रिया

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा विद्यालय व्यवस्थापन समिति तथा प्रमुख विद्यालय सरोकारवालाहरूसँग विभिन्न बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । उक्त परियोजना राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन भइरहेको छ । सोही क्रममा बढैयाताल गाउँपालिकामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको संयुक्त बैठक सम्पन्न भयो । बैठकमा विद्यालयको समग्र सुधार, बाल संरक्षण, सुरक्षित तथा समावेशी विद्यालय वातावरण निर्माण र विद्यालय व्यवस्थापन समितिको प्रभावकारी भूमिका तथा नेतृत्व सुदृढीकरणका विषयमा छलफल गरिएको थियो । त्यसैगरी, गुलरिया नगरपालिकामा सुरक्षित भविष्य परियोजनाको कार्यक्षेत्रभित...
मधुवनमा समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणकालागि तीन दिने प्रशिक्षण

मधुवनमा समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणकालागि तीन दिने प्रशिक्षण

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा “समुदायमा आधारित बाल संरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण” विषयक तिनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्वारा सञ्चालित प्रशिक्षणमा स्थानीय सरकार, पालिका स्तरीय बाल अधिकार समिति, वडा बाल अधिकार समिति, नेपाल प्रहरी, बाल क्लब, एलुम्नी क्लब, धार्मिक तथा सामुदायिक अगुवा, युवा समूह, आमा समूह, बडघर सञ्जाल र धार्मिक सञ्जाल लगायत विभिन्न समुदायमा आधारित संरचनाका ठाकुरबाबा, मधुबन र बारबर्दिया नगरपालिका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो । प्रशिक्षणमा बाल अधिकार तथा संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान, बालविवाह, हिंसा, दुव्र्यवहार, शोषण, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, अभिलेखीकरण, रिपोर्टिङ, रेफरल तथा फलोअपलगायत विषयमा छलफल गरिएको थियो । गम्भीर बाल स...
लैङ्गिकमैत्री र समावेशी विद्यालय वातावरण प्रवद्र्धनकालागि राजापुरका शिक्षक अभिभावकलाई तालिम

लैङ्गिकमैत्री र समावेशी विद्यालय वातावरण प्रवद्र्धनकालागि राजापुरका शिक्षक अभिभावकलाई तालिम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, प्रधानाध्यापक तथा फोकल शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरण तथा समावेशी कक्षा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बर्दियाको राजापुरमा सञ्चालित उक्त तालिममा राजापुर नगरपालिकाका पाँच वटा बिद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक–शिक्षक संघका प्रतिनिधि, प्रधानाध्यापक तथा फोकल शिक्षकहरू गरेर २० जनाको सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य विद्यालयका सरोकारवालाहरूको लैङ्गिक समानता, समावेशिता तथा बाल संरक्षणसम्बन्धी ज्ञान, सीप र समझदारी अभिवृद्धि गर्नुका साथै विद्यालयभित्र हुने लैङ्गिक विभेद तथा असमानतालाई न्यूनीकरण गर्दै सबै बा...
बारबर्दिया नगरपालिकामा बाल अधिकार समिति बैठक सम्पन्न

बारबर्दिया नगरपालिकामा बाल अधिकार समिति बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता बर्दिया, भदौ २५ । बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक बैठक उपप्रमुख तथा बाल अधिकार समिति संयोजक श्त्नकुमारी पाण्डेको अध्यक्षतामा तथा नगर प्रमुख छविलाल थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। नगरपालिकाका नगर बाल अधिकार समिति तथा सातवटा वडाका वडा बाल अधिकार समितिका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकमा स्थानीय तहमा बाल अधिकारको अवस्था, बाल संरक्षणका विद्यमान संयन्त्रहरूको समीक्षा गर्दै बालबालिकाको संरक्षण प्रणालीलाई थप प्रभावकारी, समन्वयात्मक र उत्तरदायी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको थियो। उक्त कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजना बाट प्राविधिक तथा आर्थिक सहयोग प्राप्त भएको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायत वडा नं....