श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै, बृहत्त पार्टी प्रवेश कार्यक्रम
समाचारदाता
नेपालगन्ज, भदौ ७ । श्रम संस्कृति पार्टीले भदौ १३ गते नेपालगन्जमा अगुवा श्रमदातासँग हातेमालो तथा बृहत्त पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङ राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आइतवार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीको बाँके शाखाले जनाएको छ।
पार्टीका बाँके अध्यक्ष श्रीमान् थापा मगरले कार्यक्रम नेपालगन्जस्थित होटल ग्याजेस्टिकमा बिहान ११ः३० बजे हुने जनाउँदै कार्यक्रममा बाँकेका अगुवा श्रमदाता, पार्टीका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका बाँके अध्यक्ष थापा मगर, लुम्बिनी प्रदेश उपाध्यक्ष ओमकार थापा, प्रदेश सह–कोषाध्यक्ष रामचरण चौधरी, प्रदेश सदस्य ज्योति परियार र दिनेश गुरुङ, जिल्ला संगठन विभाग प्रमुख तथा कार्यक्रम संयोजक राजन राना मगर, वरिष्ठ नेता मोहम्मद इम्तिया...









