
माओवादी केन्द्र नेपालगञ्जले भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने
समाचारदाता
नेपालगन्ज, माघ २२ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले ठुलो पुरस्कार राषिको पुरुष भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर २७औं जनयुद्ध दिवस भव्यतापुर्वक मनाउने जनाएको छ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटिले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कमिटिका अध्यक्ष रतन शाहीले सो जानकारी गराउनु भएको हो ।
अध्यक्ष शाहीले पत्रकारहरुलाई दिनु भएको जानकारी अनुसार २७औं जनयुद्ध दिवसको अवसरमा माघ २९ गते साँझ ६ बजे नेपालगञ्ज पार्टी कार्यालय र सहिद सेतु वि चोकमा दिप प्रज्वलन गर्ने तथा फागुन १ र २ गते ठुलो पुरस्कार राषिको खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिने छ ।
फागुन १ र २ गते आयोजना गरिने खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहित अन्य गरेर करिब १२ वटा टोलीको सहभागिता रहने अध्यक्ष शाहीले बताउनु भएको छ। उक्त ...