विचार

मधुवन–१ मा बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणसम्बन्धी घरदैलो अभियान

मधुवन–१ मा बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणसम्बन्धी घरदैलो अभियान

ताजा-अपडेट, मुख्य समाचार, विचार
समाचारदाता बर्दिया, २४ भदौ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा “एक घर, एक अध्ययन कुनो” अभियानसम्बन्धी घरदैलो जनचेतनामूलक अभियान मधुवन नगरपालिका–१ स्थित पथ्थरबोझी गाउँमा सम्पन्न भएको छ। प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधाकृष्ण जनसेवा केन्द्रद्वारा संयुक्त रूपमा कार्यान्वयन भइरहेको सुरक्षित भविष्य परियोजना अन्तर्गत सञ्चालित उक्त अभियानमा स्थानीय सरकार, समुदाय, सरोकारवाला तथा सामुदायिक प्रहरीसँगको घनिष्ठ समन्वय र सहकार्यमा बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित, संरक्षणयुक्त र सहयोगी वातावरण निर्माण गर्ने सन्देश प्रवाह गरिएको थियो। अभियानमा मधुवन नगरपालिका–१ का वडा अध्यक्ष मिनबहादुर थापाको सहभागिता रहेको थियो। उहाँले समुदायका अभिभावक तथा स्थानीय बासिन्दालाई बालविवाह तथा लागुऔषध दुरुपयोगका कारण, जोखिम ...
जीवनका मौन तर गहिरो यात्रा : महिनावारीदेखि रजोनिवृत्तिसम्म

जीवनका मौन तर गहिरो यात्रा : महिनावारीदेखि रजोनिवृत्तिसम्म

ताजा-अपडेट, मुख्य समाचार, विचार
मिना पराजुली, अधिवक्ता जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँछौँ। महिनावारी, गर्भ, प्रसूति र रजोनिवृत्ति, यी सबै अनुभवलाई समाजले अझै पनि महिलाको निजी वा लुकाउनुपर्ने जिम्मेवारी जस्तै बनाइदिएको महसुस हुन्छ। तर जीवनको एउटा मोडमा आइपुग्दा मैले बुझेँ, जति आवश्यक महिनावारीबारे खुला कुरा गर्नु छ, उति नै आवश्यक रजोनिवृत्तिका कुरा पनि छन्। लाज, डर र गलत धारणाका कारण धेरै महिलाहरू यो चरणलाई मौनतामै बिताउँछन्। आज म यही मौनता तोड्न चाहन्छु,आफ्ना अनुभव, अनुभूति र ती स–साना तर गहिरा संवेदनशील क्षणहरू साझा गर्दै, ताकि रजोनिवृत्ति डरको विषय नभई बुझाइ, समर्थन र सहानुभूतिको विषय बन्न सकोस्। रजोनिवृत्ति महिलाको जीवनमा एउटा स्वाभाविक जैविक प्रक्रिया हो, जुन विश्वव्यापी रूपमा प्राय ४५–५५ वर्षको उमेरमा देखा पर्छ। नेपालमा रजोनिवृत्तिको औसत उमेर ४८.०२ वर्ष रहेको पाइन्छ। म कहिल्यै बिर्स...
सामाजिक सञ्जाल बन्दको प्रभाव, पत्रकारिता र मिडियाको चुनौती र अवसर

सामाजिक सञ्जाल बन्दको प्रभाव, पत्रकारिता र मिडियाको चुनौती र अवसर

ताजा-अपडेट, मुख्य समाचार, विचार
रमेश कुमार बोहोरा सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ । हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्वयनमा...
असार महिनाको अविरल वर्षा र सुर्खेतदेखि डोल्पासम्मको जोखिमपूर्ण यात्रा

असार महिनाको अविरल वर्षा र सुर्खेतदेखि डोल्पासम्मको जोखिमपूर्ण यात्रा

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विचार, विविध
अधिवक्ता मीना पराजुली असारको रिमझीम वर्षासँगै सुरु भएको डोल्पाको यात्रा केवल भूगोल परिवर्तनको विषय थिएन । त्यो त आत्मा खोजको एक यात्रा जस्तै थियो । प्रकृतिसँग, चुनौतीसँग, र आफैंसँगको गहिरो संवाद । जुन २३ देखि २९ सम्मको ती सात दिन जीवनका लागि अविस्मरणीय मोड बनिरहेका थिएँ, जहाँ प्रत्येक घण्टा एउटा पाठ थियो, र प्रत्येक पाइला आत्मनिरीक्षणको निम्ति अवसर । असार महिनाको अविरल वर्षा, पहाडको गर्जन, बढ्दो खोलाको गर्जन, हिलोले ढाकिएका अनिश्चित बाटाहरू र भेरी कोरिडोरका अनगिन्ती अवरोधहरूबीच जुन २३ देखि २९ सम्मको त्यो यात्रा केवल डोल्पासम्मको गन्तव्य थिएन, त्यो त आत्मबल, धैर्य र जीवनबोधसँगको अन्तरंग यात्रा थियो । डोल्पा एक भौगोलिकस्थल मात्र होइन, एउटा अनुभव हो । त्यहाँ पुग्न नक्सा मात्र पर्याप्त हुँदैन, मन र आत्मा पनि तयार हुनुपर्छ । डोल्पा एक भौगोलिकस्थल मात्र होइन, एउटा अनुभव हो । त्यहाँ पुग्न नक्सा...
नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ?

नेपाली मुद्रा कहाँ गयो र तरलता अभाव किन भयो ?

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विचार
जी आर भुषाल नेपालको पैसा कता गयो भन्ने प्रश्न अहिले धेरै उठ्न थालेको छ, यसमा धेरै बहस भैरहेको छ, कसैले सिरानी मुनि राखेको छ भन्छन त कसैले भ्रस्टाचार भो पैसा लुक्यो भन्ने खालका कुराहरु गर्ने गर्दछन । बैंकमा तरलता अभाव भएको विषय अहिले आर्थिक मात्र नभई अन्य क्षेत्रको पनि चासोको विषय बनेको छ । अहिले नेपाली बजारले निकै तरलता अभाव खेपीरहेको छ र थुप्रै ब्यक्तिहरुको मुखमा यस्तो अभाव कसरी भयो ? भन्ने सवाल पटक पटक उठेको देखिन्छ सुनिन्छ । नेपालमा अबैधानिक तरिकाले कमाएको पैसा समेत सजिलै बैंक च्यानल तथा विभिन्न ठाउमा ठेगान लगाउन मिल्ने र यहाँ सम्पत्ती शुद्धिकरण पनि खासै प्रभावकारी नभएको हुँदा ठूलो परिमाणमा लुकेको पैसा छ जस्तो मलाइ लाग्दैन । त्यसैले बजारमा आउने तरलताका विषयमा मैले बुझेको कुरा यहाँ सर्वसाधारणलाई स्पस्ट पार्न कोशिस गरेको छु ः नेपालमा खास पैसाको दुई प्रकारको मुद्रामा बचत,आम्दानी र भुक्त...
नेपाली काँग्रेसमा देउवाको विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न

नेपाली काँग्रेसमा देउवाको विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
विष्णु सेवेदी काँग्रेसको १३ औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धाको जुन खालको चित्र र चुनौती थियो, यस पटक त्यस्तो प्रतिस्पर्धाको सम्भावना कमजोर देखिएको छ । महाधिवेशनको औपचारिक उद्घाटन हुन दुई दिन मात्रै बाँकी रहदा पनि संस्थापन इतर समूह निकै अलमलमा देखिन्छ । त्यो समूहभित्र आन्तरिक कलह एवं विभाजन चर्किएको छ र साझा उम्मेदवार चयन गर्ने प्रयास असम्भव जस्तै देखिएको छ । विकल्प खोज्नेहरू झन् छिन्नभिन्न अवस्थामा देखिन्छन् । त्यहाँ गौँडागौँडामा गुटबन्दी छ । रामचन्द्र पौडेल, डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा रामशरण महत सबैले आफूलाई सभापतिको आकाङ्क्षीका रूपमा प्रस्तुत र दाबी गर्नुभएको छ । तर कसैले पनि अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको अवस्था भने छैन । यो अवस्थाले पनि संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने सम्भावना निकै कमजोर देखिन्छ । पौडेललाई अघि ब...
एमाले महाधिवेसन – ओलीको निर्विकल्प बन्ने सपना पुरा भएन

एमाले महाधिवेसन – ओलीको निर्विकल्प बन्ने सपना पुरा भएन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
डा. प्रदीप भट्टराई मुलुककै ठूलो ‘कम्युनिष्ट पार्टी’ नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवन डेटलाइनमा जारी छ । महाधिवेशनको निर्धारित समय घर्किसकेको छ, यद्यपि उद्घाटनलगायतका औपचारिक कर्मकाण्ड बाहेक यसको मूल काम नेतृत्व चयन हुन सकेको छैन। वडातहबाटै  केपी ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन गरिएको सर्वसम्मति अभियानमा भीम रावलले चुनौति दिएपछि हलो अड्किएको छ। र, त्यो हटाउने क्रममा अनेकखाले प्रपञ्च मिलाउन समय खर्चिदा महाधिवेशन निर्धारित समयमा सकिएको छैन। यो समसामयिक टिप्पणी तयार गरिरहेको बेला पार्टी अध्यक्ष ओलीले आफ्नो नाम अध्यक्ष पदमा राखेर १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय समितिको नामावली प्रस्तुत गरेका छन्। उनले प्रस्तुत गरेको नामावलीमा अध्यक्षमा दाबी गरिरहेका भीम रावल र उपाध्यक्षमा दाबी गरिरहेका घनश्याम भूषालको नाम छैन । यसैगरी सचिवमा दावी गरिरहेका टंक कार्कीको मात्र नाम...
विचार र सिद्धान्तको स्खलनपछि धार्मिक मुद्दाको सहारा

विचार र सिद्धान्तको स्खलनपछि धार्मिक मुद्दाको सहारा

ताजा-अपडेट, मुख्य समाचार, विचार
किरण पोखरेल केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि राम जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एउटा कार्यक्रममा उनले भने– ‘‘फैजावादलाई अयोध्या भनियो, त्यो होइन, रामजन्मभूमि नेपालमा पर्छ ।’’ गत साल तीनै तत्कालीन नेकपाका अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीले रामजन्मभूमिबारे यस्तै अभिव्यक्ति दिएर चर्को विवादमा परेका थिए । उनले त्यसबेला कोरोना सङ्क्रमणको ठूलो जोखिम रहेका बेला बालुवाटारमा ठूलो उत्सव आयोजना गर्दै राम र सीताको मूर्ति (यालीसहित ठोरी पठाउँंदा ठूलो आलोचना भएको थियो । पशुपतिनाथ हिन्दुहरूका आराध्य देव मानिन्छन् । नेपाल मात्र होइन, भारतलगायत विश्वका हरेक हिन्दुका लागि पशुपतिनाथप्रतिको आस्था उच्चकोटिको छ । त्यस्तै भगवान् राम र सीता तथा रामको जन्मभूमि अयोध्या पनि विश्वका सबै हिन्दुको आस्थाको केन्द्र हो । यस्ता आस्था केन्द्रबारे कुनै धर्मभि...
नेपालगन्ज, टाँगा र रंगिलाकी उर्मिला

नेपालगन्ज, टाँगा र रंगिलाकी उर्मिला

ताजा-अपडेट, मुख्य समाचार, विचार
राजेन्द्र नाथ टोली नेता दीपक थियो । अहिले उसलाई नेपाली समाजले पत्रकार दीपक खरेल भनेर चिन्छ । ‘अपराध बीट’ मा काम गर्ने पत्रकार भनेर अझ कतिपय ऊसँग थर्किन्छन होला । दीपकहरु अपराध बीट भन्दा नाक खुम्च्याउँछन, हामी बीट बिहीनहरुसँग । उनीहरुको सल्लाह हुन्छ, ‘सुरक्षा बीट’ भनौ न साथी । दीपकले धेरै ठाउँ चाहार्‍यो । जीवन संर्घषका लागि होइन्, इमानको पत्रकारिता गर्न । पछिल्लो पटक ‘नागरिक दैनिक’, ‘नेपाल खबर’ हुँदै ‘पर्दाफास’ मा पुगेको छ । पर्दाफास अनलाइन उसले आफै सुरु गर्‍यो । अरुमा ‘जागिर’ खान्थ्यो । ‘सत्यसँग साक्षात्कार’ उसको नारा छ । ००० म उसको ‘बायोग्राफी’ लेखिरहेको छैन । ऊ बिना यो स्मरण अधुरो हुने भएकाले थोरै प्रसंग उल्लेख मात्र गरेको हु । तिहारमा म उसलाई सम्झिन्छु , त्यो भन्दा बढी नेपालगन्जलाई । त्रिभुवन चोकबाट थोरै पूर्ब हिन्दा रानितलाव आउँछ । अहिले सफासुग्घर होला । त्यो बेला निकै गन्हाउथ्यो । ...
नेपालगञ्जकी पानवाली

नेपालगञ्जकी पानवाली

विचार
रेशम विरही म बेरोजगार थिएँ। र नेपालगन्जीया सडकमा फिरन्ताजस्तै थिएँ। मेरो खास दिलदर्दी साथी थिएनन्। थियो भने, अद्दा झोल थियो, पौवाभरिको मातले डेरातिर घिसार्थ्यो। घामको झुल्का जब मेरो झ्यालबाट छिर्थ्यो, तब म एक्लै फिसिक्क हास्थेँ। साँझको कर्मले झस्काउँथ्यो। रातका फोनहरुको ‘कल लिस्ट’ नियाल्थेँ। र आफ्नो अराजक मनोविज्ञानप्रति क्षोभ र गर्वको मझधारमा टोलाइरहन्थेँ। अनि नियमित बिहानीचर्या त छँदै थियो, केही बकम्फुसे लोकल अखबारी लेखन। कुनै गैरसरकारी संस्थाको कार्यपत्र लेखन पनि कहिलेकाहीँ मेरो भाग्यमा चिट्ठा पर्थे। क्षेत्रीय संचार श्रोत केन्द्र नामको सेतो हात्तीले बेलाबखत दुई घण्टा चिच्याउन लगाएर कनिका छथ्र्यो। यसैमा चित्त बुझाउनुको अर्को विकल्प थिएन। मेरो दैनिकी चिप्लेकीराझैँ डेराबाट धम्बोझी र त्यहाँबाट घिस्रँदै बीपी चोक भएर क्षेत्रीय संचार श्रोत केन्द्रतिर लम्कन्थ्यो। कुनै निश्चित काम नभएको, त...