स्वस्थ्य

स्तनपान परामर्श तथा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह २०८३ मनाईयो

स्तनपान परामर्श तथा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह २०८३ मनाईयो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन २५ । जीवनका लागि पोषण परियाृजना अन्तर्गत बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा स्तनपान परामर्श तथा जनचेतनामूलक कार्यक्रमहरु गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाएको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसंगको साझेदारी तथा बाँके जिल्लाका बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थासँगको समन्वय र सहकार्यमा राष्ट्रिय स्तनपान सप्ताह मनाएको हो। कार्यक्रममा बालबालिकाको जीवनको अत्यन्त महत्वपूर्ण चरण मानिने सुनौला १,००० दिन अवधिका आमा तथा हेरचाहकर्ताहरूको सहभागिता रहेको थियो। सम्बन्धित स्वास्थ्य संस्थाका नर्सिङ कर्मचारी तथा पोषण परियोजनाका पोषण सहजकर्ताहरूले स्तनपानको महत्व, जन्मेको एक घण्टाभित्र स्तनपान गराउने अभ्यास, शिशु जन्मेको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान, शिशु...
डुडुवाका स्वास्थ्यकर्मीलाई कुपोषण ब्यबस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम

डुडुवाका स्वास्थ्यकर्मीलाई कुपोषण ब्यबस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन २४ । बाँकेको डुडुवा गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई कुपोषण व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम दुई चरणमा प्रदान गरिएको छ । जिल्लामा सञ्चालित पोषण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबको प्राविधिक सहयोग, हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय, बाँकेको आयोजनामा सो तालिम सम्पन्न गरिएको हो । तालिममा डुडुवा गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका गरी जम्मा ५९ जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै कुपोषणको पहिचान, परीक्षण, उपचार, परामर्श, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउनु र समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्नु रहेको थियो । तालिमको उद्घाटन समारोहको अध्य...
जयन्दु बालसुधार गृहका ७३ जना बालबन्दी छाला रोगबाट पिडित

जयन्दु बालसुधार गृहका ७३ जना बालबन्दी छाला रोगबाट पिडित

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
भेरी अस्पतालद्वारा नि:शुल्क स्वस्थ्य शिविर आयोजना सबिता चन्द नेपालगन्ज, साउन ८। कानुनी विवादमा परेका बालबालिकालाई सुधार, संरक्षण र पुनर्स्थापनाको अवसर दिने उद्देश्यले सञ्चालनमा रहेको बाँकेको डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहभित्र बालकहरूको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ। भेरी अस्पताल नेपालगन्जले आफ्नो १३६औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरेको एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरका क्रममा सुधार गृहमा रहेका बालकहरूमा छाला रोगसँगै मानसिक स्वास्थ्य, नाक–कान–घाँटी, दन्त तथा अन्य स्वास्थ्य समस्या व्यापक रहेको तथ्य बाहिर आएको हो। शिविरमा स्वास्थ्य परीक्षण गरिएका ९८ बालकमध्ये ७३ जनामा छालासम्बन्धी समस्या देखिएको छ। त्यस्तै १४ जनामा मेडिसिनसम्बन्धी समस्या, १२ जनामा नाक–कान–घाँटीसम्बन्धी समस्या, पाँच जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र चार जनामा दन्तसम्बन्धी सम...
जीवनका लागि पोषण परियोजनाले कुपोषित बालबालिकाको उपचारमा सहजता

जीवनका लागि पोषण परियोजनाले कुपोषित बालबालिकाको उपचारमा सहजता

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन ८ । बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा सञ्चालन गरेको जीवनका लागि पोषण परियोजना अन्तर्गत बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन तथा स्थलगत अवलोकन कार्यक्रम सम्पन्न गरेको छ । उक्त अनुगमन भ्रमणको मुख्य उद्देश्य कुपोषणबाट प्रभावित कडा कुपोषण तथा मध्यम कुपोषणका बालबालिकाको उपचारमा भर्ना तथा फलोअपको अवस्थाको समीक्षा गर्नुका साथै स्वास्थ्य संस्थामार्फत प्रदान गरिँदै आएका पोषण सेवाहरूको प्रभावकारिता सुनिश्चित गर्नु रहेको थियो । साथै, स्वास्थ्य शाखा, स्वास्थ्य संस्था प्रमुख, पोषण फोकल पर्सन, महिला स्वास्थ्य स्वयंसेविका तथा सेवाग्राही परिवारसँग अन्तरक्रिया गरी समुदायस्तरमा सञ्चालन भइरहेका पोषणसम्बन्धी क्रियाकलापहरूको प्रभावकारिताको समेत अनुगमनका क्रममा अवलोकन गरिएको थियो । अनुगमन टोलीले...
नरैनापुरका मुस्लिम मौलाना र इमामलाई पोषण अभिमुखीकरण

नरैनापुरका मुस्लिम मौलाना र इमामलाई पोषण अभिमुखीकरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असार २७ । बाँकेको नरैनापुर गाउँपालिकाका मुस्लिम धर्मगुरु र इमामहरुले समुदायमा कुपोषणको समस्या धेरै देखिएकोले पोषणसम्बन्धी सही सन्देश प्रवाह गर्दै बाल कुपोषण न्यूनीकरण र स्वस्थ तथा पोषणयुक्त समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । समुदायमा पोषण सम्बन्धि सचेतना फैलाउने उदेश्यले बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा जीवनकालागि पोषण परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका–२ स्थित मदरसा सिराजिया इसरारुल उलूममा आयोजना गरेको एकदिने पोषण अभिमुखीकरण कार्यक्रममा धार्मिक अगुवाले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । कार्यक्रमको उद्देश्य मुस्लिम धार्मिक अगुवा इमाम तथा मौलानाहरूको पोषणसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि गर्दै धार्मिक प्रवचन र समुदायस्तरीय सचेतनामार्फत बालबालिका तथा जोखिममा रहेका परिवारमा कुपोषण रोकथा...
बाँकेको जानकीमा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

बाँकेको जानकीमा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असार २६ । बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “जीवनकालागि पोषण“ परियोजनाअन्तर्गत जानकी गाउँपालिका–६, भाटनपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका उप–प्रधानाध्यापक दिपराज आरसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ३० जना विद्यार्थी (१२ छात्र र १८ छात्रा) को सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा पोषण, विद्यालय सरसफाइ, महिनावारी स्वच्छता, प्राथमिक उपचार, बाल क्लब परिचालन, विद्यालय दिवा खाजाको महत्व, किशोरीहरूका लागि आइरन तथा फोलिक एसिड सेवन, राष्ट्रिय पोषण सप्ताह, जुकाको औषधि सेवन तथा सकारात्मक व्यवहार परिवर्तन सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रमको सुरुवातमा विद्यालयकी शिक्षिका तथा बाल...

बी ग्रुपद्धारा नेपालगन्जको सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
टि डि खोप समिक्षा तथा योजना बैठक सम्पन्न समाचारदाता नेपालगन्ज, जेठ ७ । बी ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनकालागि नेपालगन्जका सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरेको छ । परियोजनाका संयोजक समद सिद्दिकीले दिनुभएको जानकारी अनुसार परियोजना अन्तर्गत सरसफाईकर्मी र कृषकलाई मध्यनजर गरि उहाहरुको पेशागत जोखिम न्यूनीकरण गर्न, स्वास्थ्य सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनका लागि पेशागत स्वास्थ्य सेवा प्रणाली बलियो बनाउने उद्धेश्यले नेपालगन्ज ४ को सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र नेपालगन्ज २ को सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरिएको हो । नेपालगन्जका दुईटा स्वास्थ्य संस्थालाई चार लाख ६८ हजार २१४ रुपियाँ बराबर...
बाँके जिल्लामा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

बाँके जिल्लामा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँके जिल्लामा पनि प्रभावकारी रूपमा सुरु गरिएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको यो अभियान बाँकेमा “न्युट्रिसन फर लाइफ” परियोजना अन्तर्गत अघि बढाइएको हो । यस राष्ट्रिय अभियानलाई अझ प्रभावकारी र सुदृढ बनाउन हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले सहकार्य गरिरहेको छ । सोही अनुरूप राष्ट्रिय पोषण स्क्रिनिङ अभियान २०८२÷८३ बाँके जिल्लामा सञ्चालनमा आएको हो । अभियान अन्तर्गत बालबालिका र पहिलो १,००० दिनभित्रका आमाहरूको मिड–अपर आर्म सर कम्फरेन्स मापनका साथै उमेर, उचाइ÷लम्बाइ तथा तौल परीक्षणमार्फत ...
नरैनापुरमा कुपोषण व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

नरैनापुरमा कुपोषण व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, १२ वैशाख । बाँके युनेस्को क्लबले जिल्लाको नरैनापुर गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्यकर्मीहरूकालागि तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत नरैनापुरमा सो तालिम सम्पन्न गरेको हो । क्लबका अनुसार उक्त तालिमको उद्देश्य सहभागीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्षता विकास गर्नु रहेको थियो । तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन र सहजीकरण सम्बन्धी सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रम नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहको अध्यक्षत...
कुपोषणको एकिकृत व्यवस्थापनकालागि नेपालगन्जका स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम

कुपोषणको एकिकृत व्यवस्थापनकालागि नेपालगन्जका स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, ५ वैशाख । बाँके युनेस्को क्लबले नेपालगन्जमा कुपोषणको एकिकृत व्यवस्थापन सम्बन्धी तीनदिने स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत सो तालिम नेपालगन्जमा संचालन गरेको हो । उक्त तालिमको उद्देश्य स्वास्थ्यकर्मीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नु तथा कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्ष बनाउनु रहेको क्लबले जनाएको छ । बाँके युनेस्को क्लबका अनुसार तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन तयारी तथा सहजीकरण सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा सुनिश्चित गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । कार्यक्रमको उदघाटन सत्र नेपालगन्ज उपमहानगरपालिकाका...