समाचारदाता
नेपालगञ्ज, माघ १६ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले विषादी घटाउने बैकल्पिक मोडलहरुको पहिचान गर्न बजार सर्वेक्षण गराएको छ । सो सर्वेक्षण बारे सम्बन्धितलाई जानकारी दिन र सुझाव सल्लाह लिने उदेश्यले नेपालगञ्जमा सोमवार एक कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रम जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा वि ग्रुपद्धारा सञ्चालन गरिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको हो । सो सर्वेक्षण नेपालगञ्ज उपमहानगर, खजुरा र डुडुवा गाउँपालिकामा गरिएको थियो ।
बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बजार सर्वेक्षणका टीम लिडर शैलेन्द्र कुमार श्रेष्ठले सर्वेक्षण प्रतिवेदन विस्तृत रुपमा प्रस्तुत गर्नुभयो । सो प्रतिवेदनमा विषादीको प्रयोग, त्यसको अवस्था, एकिकृत किट व्यवस्थापन र विषादी घटाउन अपाइने बैकल्पिक मोडलहरुका बारेमा ...
सिराज खान
नेपालगञ्ज, माघ १२ । बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदैगएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सो कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरको वडा नम्बर ७ मा सबैभन्दा पहिले देखिएको सङ्क्रमण जिल्लाको कोहलपुर नगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा समेत फैलिँदै गएपछि नियन्त्रण गर्न खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गरिएको छ ।
नेपालगञ्ज ५ का ३१ महिने एक बालकको दादुराबाट मृत्यु भएपछि नियन्त्रण अभियान तीव्र पारेर जिल्लाका पाँच वटै प्रभावित पालिकाका ६ महिनादेखि १५ वर्ष भित्रको उमेरका ८१ प्रतिशत बालबालिकालाई खोप लगाइएपछि सङ्क्रमण नियन्त्रणमा आएको खोप सुपरभाइजर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार दादुरा सङ्क्रमण...
समाचारदाता
नेपालगञ्ज, पुस २४ । युथ टुडे न्युज डट कमका सम्पादक, प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव एंव नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खान लगायत १३ जना पत्रकारहरु प्रस्कृत एवं सम्मानित भएका छन् । पत्रकार खान भने ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरुस्कारबाट पुरस्कृत हुनुभएको हो । पत्रकार खान नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा पत्रकार खानलाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
पत्रकारितका माध्यमबाट शिक्षा र सामाजिक विषयमा योगदान गरेको भन्दै उक्त सम्मान सम्पादक खानलाई प्रदान गरिएको हो । खान विगत १९ वर्ष देखि पत्रकारीता गर्दै आउनुभएको छ ।
उहाँ...
समाचारदाता
नेपालगञ्ज, पुस २४ । नेपालगञ्जमा दादुरा रुबेलाले महामारीकै रुप लिन थालेपछि सो नियन्त्रणका लागि खोप अभियानसंगै अन्य विभिन्न गतिविधिलाई तिव्रता दिईएको छ ।
गत एकसातादेखि उपमहानगरमा फैलिएको दादुराको प्रकोप नियन्त्रण गर्न प्रभावित क्षेत्रका ६ महिना देखि १५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाउन स्थानीय सरकार स्वास्थ्य संस्थाहरु सक्रिय भएका छन् ।
सो क्रममा नेपालगञ्जका मुस्लिम धार्मिक गुरुहरुसंग बाँके युनेस्को क्लबको आयोजनामा स्वास्थ्य कार्यालय र नेपालगञ्ज उपमहानगरको सहजीकरणमा आइतवार छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
सो कार्यक्रममा सहभागि अधिकांश धर्मगुरुहरुले दादुराको प्रकोप निकै घातक भएको स्विकार्दै सो विरुद्ध लगाइने खोप लगाउन सबैलाई आग्रह गर्ने जनाएका थिए । उनिहरुले खोप अभियानलाई पुर्ण समर्थन गर्ने जनाउँदै मुस्लिम समुदायको बढी जनसंख्या भएका क्षेत...
साढे तीन लाखको औषधी वितरण, १३५ को स्वास्थ्य परिक्षण
समाचारदाता
नेपालगञ्ज, पुस १६ । नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनको आयोजनामा नेपालगञ्जमा शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । सो शिविर शनिवार दिउँसो वडा नम्बर ८ तांगास्टेशन नजिकको किन्नुराम काशिराम कसौधन वैश्य पंचायती धर्मशालामा सञ्चालन गरिएको थियो ।
उक्त स्वास्थ्य शिविरमा १३५ जना विरामीले निशुल्क स्वास्थ्य परीक्षण गराएको र साढे तीन लाख रुपियाँको औषधी वितरण गर्नुका साथै निशुल्क प्याथोलोजि सेवा समेत प्रदान गरिएको नेपालगञ्ज इलेक्टोनिक एशोसियसन बाँकेका उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक जहाँगिर सैयदले बताउनुभयो ।
उहाँले सो कार्यक्रममा हाडजोर्नी, नशा मेरुदण्ड तथा बाथ रोग विशेषज्ञ डा. सैयद सद्दाम, छाला तथा यौन रोग विशेषज्ञ डा. अनिशा उप्रेती, फिजिशियन डा. सलमान निजाम, नाक कान घाँटी रोग विशेषज्ञ डा. गौरव सुवेदीले बिरामीको निशुल्क प...
समाचारदाता
नेपालगञ्ज, पुस १४ । नेपालगञ्जमा विहिबार ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ बाँकेको स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण सम्पन्न गरिएको छ ।
जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा सो परियोजना सञ्चालन गरिरहेको छ ।
सो परियोजनाले सरसफाईकर्मी र कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गनुैका साथै फोहर व्यवस्थापन तथा विषादी प्रयोग गर्दा हुने हानीबाट उनिहरुको पेशागत तथा स्वास्थ्य सुरक्षालाई प्रमुख उद्देश्य बनाएको छ ।
बैठकमा सहभागि अधिकांश सम्बन्धितहरुले परियोजनाले गर्दा सरसफाईकर्मी, कबाड व्यवसायमा संलग्न र किसानको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिएकोमा आभार व्यक्त गरेका थिए ।
कबाड व्यवसायी संघ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाईले परियोजनाल...
समाचारदाता
नेपालगञ्ज, पुस १४ । नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनको आयोजनामा नेपालगञ्जमा यही पुस १६ गते शनिवारका दिन एक निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिने भएको छ । सो जानकारी गराउँदै नेपालगञ्ज इलेक्टोनिक एशोसियसन बाँकेका उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक जहाँगिर सैयदले स्वास्थ्य परिक्षण कार्यक्रमबाट लाभ उठाउन सबैलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रम संयोजक सैयदले दिनु भएको जानकारी अनुसार सो कार्यक्रम शनिवार दिउँसो २ बजेदेखि ४ बजेसम्म वडा नम्बर ८ तांगास्टेशन नजिकको किन्नुराम काशिराम कसौधन वैश्य पंचायती धर्मशालामा सञ्चलन गरिने छ ।
सो निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा जनरल फिजिशियन, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी र छाला रोगका विशेषज्ञ चिकित्सकहरुले निशुल्क स्वास्थ्य परीक्षण गर्नु हुनेछ भने औषधी समेत निशुल्क वितरण हुनेछ । सो कार्यक्रममा हाडजोर्नी, नशा मेरुदण्ड तथ...
समाचारदाता
नेपालगञ्ज, पुस १२ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले नेपालगञ्ज २० मनिकापुरका ५० जना कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको छ । यसअघि डुडुवाका ५२ जना किसानलाई पिपिई सेट वितरण गरेको सो संस्थाले मंगलवार नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० मा ५० जना किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको हो ।
जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगञ्ज २० मा रहको साथी स्वावलम्बन बहुउदेश्यीय कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बताउनुभयो ।
वडा नम्बर २० का वडा सदस्य चन्द्र बहादुर बुढाले कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गर्दै यसले किसानको पेशागत तथा वातावरण...
समाचारदाता
नेपालगञ्ज, पुस ९ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले बाँकेको डुडुवा गाउँपालिकाको ५२ कृषक समहुहरुलाई व्यक्तिगत सुरक्षाका लागि पीपीई सेट वितरण गरेको छ ।
जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत डुडुवा गाउँपालिकाको वडा नम्बर ६ हिरमिनियामा रहको जनएकता बहुउदेश्यीय सहकारी संस्थामा आवद्ध कृषक समुहहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले कृषकको सुरक्षालाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएकोले यसबाट राम्रो परिणाम आउने बताउनुभयो ।
वडा नम्बर ६ का वडा अध्यक्ष मोहनराज मिश्र र जनएकता बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रफिक खाँले किसानको व्यक्तिगत सुरक्षाका लागि वितरण गरिएको पीपीई सेटले सुरक्षामा महत्वपुर्ण भू...
समाचारदाता
नेपालगञ्ज, पुस ८ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत स्वास्थ्यकर्मीलाई सो तालिम दिइएको हो ।
उक्त तालिममा नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाबाट १ जना, मनिकापुर स्वास्थ्यचौकीबाट २ जना, शहरी स्वास्थ्य केन्द्र वडा नं २ बाट २ जना, खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाबाट १ जना, सितापुर स्वास्थ्यचौकीबाट २ जना, डुडुवा गा।पा। स्वास्थ्य शाखाबाट १ जना र हिर्मिनिया स्वास्थ्यचौकीबाट २ जना गरी ११ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
पुस ५ गते द...