
बाँके युनेस्कोद्धारा तीन महिने सिलाई कटाई तालिम सम्पन्न, प्रमाणपत्र वितरण
समाचारदाता
नेपालगञ्ज, माघ २४ । बाँके युनेस्को क्लबले पिडित महिला तथा युवतीहरुको आत्मनिर्भरताका लागि तीन महिने सिलाई कटाई तालिम प्रदान गरेर प्रमाणपत्र र सामाग्री वितरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा तथा रुपान्तरण ( प्रोटेक्ट ) परियोजना अन्तर्गत बाँकेका चार पालिकाका घरेलु हिंसा, लैंगिक हिंसा, यौन हिंसा र सम्बन्ध विच्छेद भएका अतिपिडित महिला र युवतीहरुको आत्मनिर्भरताका लागि सो तालिम प्रदान गरिएको हो ।
सिईटीभिटि अन्तर्गत सिलाई कटाई तालिम सम्पन्न भैसकेपछि तालिमका सफल सहभागिहरुलाई एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
तालिममा बाँकेको नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकाका पिडित महिलाहरुको सहभागिता रहेको थियो ।
बाँके युनेस्को क्लब...