युवा उद्यमको अवस्था बुझ्न मधुवन र ठाकुरबाबामा संयुक्त स्थलगत अनुगमन
समाचारदाता
बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी र मधुवन तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत पालिकास्तरीय संयुक्त स्थलगत अनुगमन गरिएको छ ।
असोज ४ र ५ गते गरिएको अनुगमनमा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमको प्रगति, सहयोग सामग्रीको उपयोग, व्यवसायको अवस्था तथा उद्यमीले भोगिरहेका चुनौतीबारे जानकारी लिइएको थियो ।
सो क्रममा मधुवन नगरपालिकामा वडा नं. १ र २ का पाँचवटा युवा उद्यमको अनुगमन गरिएको थियो । टोलीले उर्मिला थारुको ठेला व्यवसाय, पविता थारुको किराना पसल, स्वस्तिका थारुको बाख्रापालन तथा पुनम थारु र रिना थारुको बंगुरपालन व्यवसायको अवलोकन गरेको थियो ।
अनुगमनका क्रममा उद्यमीहरूसँग व्यवसायको वर्तमान अवस्था, परियोजनाबाट प्राप्त सहयोग तथा सामग्रीको उपयोग, व्यवसाय सञ्चालनका अनुभव, हालस...









