६ चैत्र २०८०, मंगलवार

ब्यापार

बर्दियाका युवा महिलाकालागि सञ्चालित सीप विकास तालिम सम्पन्न

बर्दियाका युवा महिलाकालागि सञ्चालित सीप विकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबले बर्दिया गुलरियाका युवा महिलालाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जिवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरियाका युवा महिलाका लागि ३९० घण्टाको सो सीप विकास तालिम सञ्चालन गरिएको थियो । प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले सो जीवन सीप तालिम पूरा गरेका ६६ जना युवा महिला प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विपन्न तथा पछाडी परेका युवा महिलालाई समाजमा सम्मानजनक जीवन बिताउन आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्नका लागि रोजगारी सृजना गराउन यो तालिम प्रदान गरिएको बताउनुभयो । क्षेत्रीय प्रबन्धक पराजुलीले अब तालिम अनुसार स्वरोजगार बनेर सबैलाई अवसर पाएरमा हामीले जे पनि गर्न सक्छौ भ...
बर्दियाका युवा महिलाको रोजगारीकालागि सरोकारवालाविच संवाद कार्यक्रम सम्पन्न

बर्दियाका युवा महिलाको रोजगारीकालागि सरोकारवालाविच संवाद कार्यक्रम सम्पन्न

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ३ । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा उद्योगी व्यवसायी, स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच संवाद कार्यक्रम सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । लैङ्गिक असमझदारी हटाई महिलालाई स्थानीयस्तरबाट रोजगारीका अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो संवादको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो संवादमा कार्यक्रममा पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको जानकारी गराईएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्र...
प्लान नेपाल र बाँके युनेस्कोले बर्दियाका महिलालाई आत्मनिर्भर बनायो

प्लान नेपाल र बाँके युनेस्कोले बर्दियाका महिलालाई आत्मनिर्भर बनायो

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ३ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सिलाई तालिमसंगै सामाग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् । केही समयअघिसम्म बेरोजगार भै खाना लाउन समेत समस्या भैरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम १२ हजार देखि १५ हजार मासिक आम्दानी गरेर घर खर्च चलाईरहेको जनाएका छन् । सिलाई तालिम पाएपछि पसल सञ्चालनका लागि सामाग्री समेत पाएका बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँका ६ जना युवा महिलाले सामुहिक रुपमा सञ्चालनमा ल्याएको न्यु सामुहिक टेलर स्थानीय वासिन्दाविच लोकप्रिय बन्दै गएको छ । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा बर्दियामा सञ्चालित पर्ल परियोजना अन्तर्गत बर्दिया जिल्लाका १८ देखि २४ वर्ष उमेर समूहका अति जोखिममा परेका युवा किशोरी तथा महिलाले सिलाई तालिम लिएपछि रोजगारीक...
बाँके युनेस्कोद्धारा बर्दियाका श्रमिक पुरुष र महिलालाई लैङ्गिक सचेतिकरण

बाँके युनेस्कोद्धारा बर्दियाका श्रमिक पुरुष र महिलालाई लैङ्गिक सचेतिकरण

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, फागुन ६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा श्रमिक पुरुष तथा महिलालाई मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरण सम्बन्धी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाहरुको आर्थिक सशक्तीकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । श्रमिकका रुपमा कार्यरत कामदारहरुविच मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरणका लागि आयोजना गरिएको सो क्षमता अभिबृद्धि कार्यक्रममा सहकारी, निजी क्षेत्रका फर्म कम्पनी, निजि र सरकारी विद्यालय, साना किसान, इँटा उद्योग, संस्थागत मजदुर जस्ता विभिन्न संस्थाका श्रमिक पुरुष तथा महिलाको सहभागिता रहेको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो । श्रमिक महिला तथा पुरुषलाई लैङ्गिक समानता र श्रम न्यून खरिदकर्ता सम्बन्धी अभिमुखीकरण दिएर उ...
माघ १५ देखि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिंदै, तीनसय बढी टुर अपरेटरको सहभागिता रहने

माघ १५ देखि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिंदै, तीनसय बढी टुर अपरेटरको सहभागिता रहने

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस २५ । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता नेपालगन्जमा दोस्रो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिने भएको छ । गतवर्ष यहाँ पहिलो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो । नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल हान, होटेल व्यवसायी संघ लगायतका संघ, संस्थाको सहकार्यमा आगामी माघ १५ देखी १७ गतेसम्म ट्राभल मार्ट आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै वेष्टर्न ट्राभल मार्टका संयोजक सिग्देलले पश्चिम नेपालमा पर्यटन व्यवसायको विकासका लागि ट्राभल मार्ट गर्न लागिएको ...
पुर्वमन्त्री राईद्धारा इमरान एण्ड मुस्तफा ज्वेलर्स र वडा प्रचार कार्यालयको उदघाटन

पुर्वमन्त्री राईद्धारा इमरान एण्ड मुस्तफा ज्वेलर्स र वडा प्रचार कार्यालयको उदघाटन

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ७ । पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले सोमवार एक समारोहका विच नेपालगञ्ज ३ मा इमरान एण्ड मुस्तफा ज्वेलर्सको उदघाटन गर्नु भएको छ । नेपालगञ्ज ३ नेपाली मस्जिदको छेउमा गुलाम मुस्तफा जरगरद्धारा सञ्चालनमा ल्याईएको इमरान एण्ड मुस्तफा ज्वेलर्सको सोमवार साँझ पुर्व मन्त्री राईले उदघाटन गर्नुभयो । उहाँले नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा रहेको जनाउँदै यसले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सञ्चालनमा आएको पसलले गर्ने व्यवसायमा सफलताका लागि उहाँले शुभकामना समेत सो अवसरमा दिनुभयो । सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य रमारानी वैश्य, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, नेताहरु सफिक सिद्दीकी गुड्डु, अजय बर्मा र संगम पोखरेल लगायतको पनि उपस्थिति रहेको थियो । उक्त पसलमा सुनचाँदी व...
अम्बे फर्निसिङ बन्यो नेपालगञ्जका लागि भि–वन कुर्सीको आधिकारिक विक्रेता

अम्बे फर्निसिङ बन्यो नेपालगञ्जका लागि भि–वन कुर्सीको आधिकारिक विक्रेता

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २६ कात्तिक । अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय भि–वन अर्गानोमिक्स कुर्सी विक्रि वितरणका लागि नेपालगञ्जमा आधिकारिक विक्रेता तोकिएको छ । सो का लागि नेपालगञजस्थित अम्बे फर्निसिङलाई आधिकारिक विक्रेता तोकिएको हो । कम्पनीले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अम्बे राजधानी बाहिर बिक्रिको हिसावले पहिलो स्थानमा रहेको भन्दै आधिकारिक विक्रेताको रुपमा मान्यता प्राप्त गरेपछि कारोबार थप बढ्ने बिश्वास ब्यक्त गरेको छ । अम्बे फर्निसिङका सञ्चालक पंकज श्रेष्ठले २० बर्षदेखि पश्चिम नेपालमा आफुहरुले सेवा दिदै आएको भन्दै भि–वन बिश्वसनीय रहेको बताउनुभयो । भि–वनका कन्ट्री प्रबन्धक प्रविण श्रीवास्तवले अम्वे आफैमा विश्वसनीय ब्राण्ड भएको बताउनुभयो । यो कुर्सी आरामदायी, स्वास्थ्यपद्र्धक र बलियो तथा टिकाउपूर्ण रहेको उहाँको भनाई छ । सात हजार ८०० रुपियाँ देखि एकलाख २९ हजार ...
भारतबाट अवैध रुपमा भित्रयाईरहेको ८७ हजारको सामान प्रहरीद्धारा बरामद

भारतबाट अवैध रुपमा भित्रयाईरहेको ८७ हजारको सामान प्रहरीद्धारा बरामद

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २३ कात्तिक । अवैध रुपमा भारतबाट राजस्व छलेर सामान भित्रयाउनेहरु विरुद्ध सक्रिय रहेको बाँके प्रहरीले मंगलवार पनि नेपालगञ्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका ८७ हजार रुपियाँ भन्दा बढीका कस्मेटिकका सामान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका ८७ हजार ६ सय पन्ध्र रुपियाँ बराबरका कस्मेटिकका सामानहरु नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । प्रहरीले सक्रियता बढाएसंगै पछिल्लो समयमा दिनदिनै भारतबाट भन्सार छली गरी चोरी निकासी गरेर नेपाल ल्याउदै गरेका विभिन्न सामाग्रीहरु बरामद गर्दै आएको छ । तर, सामान ल्याउने अधिकांश तस्कर भने प्रहरीको फन्दामा पर्ने गरेका छैनन् । सामान बरामद हुनु तर तस्क...
श्रृंगार पसलमा रहस्यमय आगलागि, १८ लाख भन्दा बढीको क्षति

श्रृंगार पसलमा रहस्यमय आगलागि, १८ लाख भन्दा बढीको क्षति

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २३ कात्तिक २३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको एक श्रृंगार पसलमा रहस्यमय तरिकाले आगलागि हुँदा १८ लाख भन्दा बढीको क्षति भएको छ । वडा नम्बर ३ एकलैनी बजारको शिव मन्दिर नजिकै रहेको हारुन श्रृंगार पसलमा आइतवार विहान ५ बजे लागेको आगोबाट सोही पसलका चारवटा सटरमा आगलागि हुँदा कास्मेटिक र चुराहरु गरेर सबै जलेर खरानी भएको छ । आगो लागेको खबर पुग्ने वित्तिकै दमकल, प्रहरी र स्थानीयले घट्नास्थलमा पुगेर आगो निभाएका थिए । चारवटा सटरमा रहेका सबै सामान जलेर खरानी हुँदा १८ लाख भन्दा बढीको क्षति हुन पुगेको हारुन श्रृंगार पसलका सञ्चालक हारुन हलवाईले बताउनुभयो । उहाँले बिद्युतबाट आगलागि हुने डरले पसल बन्द गर्ने बेलामा सधैं विद्युतको एमसीबी बन्द गरेर जाने गरेकोमा आफ्नो पसलमा सर्ट सर्किट नभई कसैले आगो लगाएको आशंका व्यक्त गर्नु भएको छ । यसअघि पनि केही दिन पहि...
भन्सार छलेर भित्रयाईएका एक लाख चौरासी हजारको अवैध सामान नियन्त्रणमा

भन्सार छलेर भित्रयाईएका एक लाख चौरासी हजारको अवैध सामान नियन्त्रणमा

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २२ कात्तिक । प्रहरीले भारतबाट भन्सार छलि गरेर ल्याईएको ठुलो परिमाणको माल सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञज उपमहानगरपालिका १० स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, सुर्ती, सुपारी लगायतका विभिन्न सामानहरु गरेर एक लाख चौरासी हजार रुपैया बराबरको सामान नियन्त्रणमा लिईएको छ । दैनिकजसो प्रहरीले भन्सार छलेर भित्रयाएको मालसामान नियन्त्रणमा लिंदै आएको छ । नेपाल भारत नाका र सो वरिपरिका क्षेत्रमा समेत प्रहरीलाई तैनाथ गरिएपछि अवैध सामान भित्रयाउने तस्करहरुमा खैलाबैला मच्चिएको प्रहरीको दावी छ । बरामद गरिएका सामानलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको पनि प्रहरीले जनाएको छ ।...