डुडुवा मगन्ता टोलका सय अति विपन्न परिवारलाई सेनाद्धारा कम्बल तथा खाद्यान्न वितरण
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २२ । चिसोले समस्यामा परेका बाँके डुडुवा गाउँपालिका ६ मगन्ता टोलका सय विपन्न र गरिब परिवारलाई सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले कम्बल तथा खाद्यान्न वितरण गरेको छ।
परापुर्व कालदेखिनै अधिकांशले मागेर गुजारा चलाउँदै आएका मगन्ताटोलका वासिन्दालाई अहिलेको अत्याधिक चिसोले निकै समस्या परेकोले उनीहरुलाई परेको अप्ठेरोलाई ध्यानमा राखेर कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताउनुभयो ।
श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष ...









