२२ जेष्ठ २०८०, सोमबार

प्रविधि

बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
मुकुन्द सुवेदी नेपालगञ्ज, बैशाख ३१ । बर्दियाको बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतमले आमरण अनशन ( सत्याग्रह ) सुरु गर्नुभएको छ । पूर्व सिँचाइ मन्त्री समेत रहनु भएका गौतमले शनिवार साँझबाट अनसन सुरु गर्नुभएको हो । जब्दीपुल निर्माण, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई बजेटको सुनिश्चितता, सदरमुकाम गुलरिया जोगाउन तटबन्ध निर्माणको बाँकी काम नियमित गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसनमा बस्नु भएको हो । जब्दी पुलमा आमरण बस्नु अघि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो । २०६५ सालदेखि निर्माण सुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । चार सय २५ मिटर लामो उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण ग...
युवा महिलाको रोजगारीमा स्थानीय अवसर र संभावना खोज्न संवाद कार्यक्रम

युवा महिलाको रोजगारीमा स्थानीय अवसर र संभावना खोज्न संवाद कार्यक्रम

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, फागुन ४ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो । सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना गर्नका लागि स्थानीय सरकारका प्रतिनिधि, अभिभावक र परियोजना सहभागिहरुविच गहन छलफल तथा विचारविमर्श गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले युवा महिलाहरुको रोजगारी प्रवर्धनका लागि नगरपालिकाले विभिन्न योजना बनाउने तथा उनिहरुलाई पनि समान अवसर प्रदान गरिने बताउनुभयो । उहाँले महिलाको आर्थिक शसक्तीकरणका लागि नगरपालिकाले हर प...
बर्दिया ठाकुरबाबाका युवा महिलाको रोजगारीकालागि संवाद कार्यक्रम

बर्दिया ठाकुरबाबाका युवा महिलाको रोजगारीकालागि संवाद कार्यक्रम

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनका लागि स्थानीय अवसर विषयमा एक संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो । ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको अध्यक्षता र नगरपालिकाका मेयर तिलक लम्सालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको सो संवाद कार्यक्रममा युवा महिला, अभिभावक र सेवा प्रदायक निकाय रोजगारवालाविच विषयमा व्यापक छलफल र विचारविमर्श गरिएको क्लबले जनाएको छ । युवा महिलाहरुको उद्यमशिलता, विकास र रोजगारी सृजना गरि महिलाहरुको आर्थिक अवस्था र जिवनस्तर सुधार गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । ठाकुरबाबा नगरपालिक...
बाँके युनेस्कोद्धारा तीन महिने मोबाइल र एसी फ्रिज मर्मत तालिम शुरु

बाँके युनेस्कोद्धारा तीन महिने मोबाइल र एसी फ्रिज मर्मत तालिम शुरु

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, पुस २९ । बाँके युनेस्को क्लबले विपन्न बेरोजगार युवाका लागि मोबाइल र एसी तथा फ्रिज मर्मत तीन महिने तालिम नेपालगञ्जमा सञ्चालन गरेको छ । कतार च्यारिटिको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत सो तीन महिने तालिम शुरु गरिएको हो । नेपालगञ्जका ७ र जानकी गाउँपालिकाका १ गरेर ८ जना विपन्न बेरोजगार युवालाई मोबाईल र एसी तथा फ्रिज मर्मत सिकाएर उनिहरुलाई स्वरोजगार बनाई जिविकोपार्जनमा सहयोग पुरयाउने उदेश्यले सो तालिम शुरु गरिएको तालिमको उदघाटन गर्दै कतार च्यारिटि नेपालका डेपुटि डायरेक्टर ईर्शाद शेषले बताउनुभयो । उहाँले तालिमका सहभागिलाई राम्ररी मन लगाएर तालिम लिएर आफ्नो आर्थिक अवस्था सुधार गर्ने अवसरका रुपमा यस तालिमलाई लिन आग्रह गर्नुभयो । तालिम उदघाटनको अवसरमा कतार च्यारिटिका कार्यक्रम संयोजक जाहिद खान, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुल...
नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत किसानको बाली बीमा

नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत किसानको बाली बीमा

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
बढैयातालका १० किसानलाई बीमा भुक्तानी गरियो सिराज खान नेपालगञ्ज, पुस २६ । कृषि विमा अन्तरगत, नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत बाँके, बर्दिया र नवलपरासीका ९४ जना धान बाली उत्पादक किसानको बीमा गरिएको छ । एनएलजी बिमा कम्पनी लिमिटेड, सिआइएमएमवाईटी नेपाल, फिड द फ्युचर, लुम्बिनी सीड कम्पनी, गेट नेपाल, टिम वन टेक्नोलोजी र सीड इनोभेसन्स प्रालि लगायत स्थानीय कृषि निकायको समूह मिलेर धानवालीमा बिमा सुरु गरिएको हो । सोही अनुसार बीमा गराएर धान वाली क्षति भएका बर्दिया बढैयातालका १० जना किसानलाई धानबालीमा क्षति भए बराबरको रकम बिमा कम्पनीद्वारा वितरण गरिएको एनएलजी बिमा कम्पनीका प्रतिनिधि अनु हमालले बताउनुभयो । उहाँका अनुसार बढैयाताल गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कृषिसाखा प्रमुख, एनएलजी बिमा कम्पनी लि, सिआइएमएमवाईटी नेपाल, सीड कम्पनी गेट नेपाल र सीड इनोभेसन्स प्रा.लिका प्र...
राप्ती नदीमा निर्माण हुने नयाँ पुलको ठेक्का डेढ अर्बमा उठ्यो

राप्ती नदीमा निर्माण हुने नयाँ पुलको ठेक्का डेढ अर्बमा उठ्यो

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
पुर्वमन्त्री ईश्तियाक राईले सो पुल निर्माणको योजना पास गराएका थिए समाचारदाता नेपालगन्ज, पुस २० । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्गको बाँके जिल्लाको राप्ती नदीमा बन्ने नयाँ लामो फराकिलो पुलको ठेक्का लागेको छ। हुलाकी राजमार्ग आयोजनाका अनुसार नेपालगञ्जमा राप्ती नदीमाथिको पुल निकै साँघुरो र जिर्ण भएकोले नयाँ पुल निर्माण गर्न तत्कालिन भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईले योजना पारित गराउनु भएको थियो । सो पुल निर्माणको लागि लुम्बिनी रतुवा बन्दन भगवती जेभीले करिब १ अर्ब ५० करोड रुपियाँको लागतमा डिजाइन तथा निर्माण गर्ने गरी ठेक्का पाएको छ। पुलको ठेक्का ४ महिना अगाडि आह्वान गरिएको थियो। सो पुल निर्मााण्का लागि ४ वटा निर्माण कम्पनीहरुले आवेदन दिएका थिए। जसमा कुमार श्रेष्ठ, कालिका कन्स्ट्रक्सन, रतुवा र लुम्बिनी रतुवा बन्दन भगवती जेभी रहेका थिए । ती मध्ये लुम्बिनी रत...
विद्युतीय आगलागी न्यूनीकरणका लागि बाँकेका इलेक्ट्रिसियनलाई तालिम

विद्युतीय आगलागी न्यूनीकरणका लागि बाँकेका इलेक्ट्रिसियनलाई तालिम

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । बाँके जिल्लाका इलेक्ट्रिसियनहरुलाई विद्युतीय आगलागी न्यूनीकरण र सुरक्षा सम्बन्धि तालिम दिइएको छ । सो तीन दिने तालिममा विद्युतीय आगलागीको बढ्दो जोखिमलाई कम गर्न अपनाउनुपर्ने पूर्व सावधानीका बिषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको हो । विद्युतीय जोखिम न्यूनीकरणका लागि इलेक्ट्रिसियन र विद्युतीय सामग्री विक्रेताहरुलाई तालिम दिइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत स्थानीय विद्युतकर्मी तथा विक्रेताकालागि विद्युतजन्य विपद सुरक्षा तालिम आयोजना गरिएको अधिकृत ज्ञवालीले बताउनुभाये । ...
बाँके युनेस्कोद्धारा बर्दियाका १२० युवा महिलालाई सिप विकास तालिमको तयारी

बाँके युनेस्कोद्धारा बर्दियाका १२० युवा महिलालाई सिप विकास तालिमको तयारी

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, मंसिर १७ गते । बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना १८ वर्ष देखि २४ वर्षका युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास तालिम दिन लागिएको हो । बेरोजगार महिलालाई तालिम दिएर व्यवसाय संचालन गर्न तथा स्वरोजगार बनाउनका लागि क्लवले युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम संचालन गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले छनोटमा परेका १२० जना महिलाले विभिन्न किसिमका व्यवसायहरु छनौट गरेकोले उनिहरुलाई सोही प्रकारको सिप विकास तालिम प्रदान गरिने बताउनुभयो । महिलाहरुले सेक्युरिटीगार्ड, ड्राईभ...
राप्ती नदीले खतराको तह पार गरेपछि तटीय क्षेत्रमा खतराको साइरन बजाइयो

राप्ती नदीले खतराको तह पार गरेपछि तटीय क्षेत्रमा खतराको साइरन बजाइयो

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
सिराज खान नेपालगञ्ज, असोज १ । लगातारको वर्षाकाकारण राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जल सतह खतराको विन्दु ५ मिटर ७० सेन्टिमिटर पार गरिसकेकोले नदी वरिपरिका दर्जनौँ गाउँ बस्ती बाढीको जोखिममा रहेकोले सतर्क रहन साइरन बजाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । शनिवार बिहान साढे ८ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ७० सेन्टिमिटर पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार, बाँके दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीले खतराको विन्दु पार गरेको हो । शनिवार बिहानैबाट नदी क्रमिक रूपले बढ्दै गएको थियो । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन साइरन बजाएर आग्रह गरिएको छ । सूचना अधि...
मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिंदै

मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिंदै

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ २५ । सहरीकरणसंगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेकोले सो समाधानका लागि उपमहानगरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय मोहम्मद ईश्तियाक राईले आफ्नो मन्त्रालयबाट नेपालगञ्जका पाँच अतिव्यस्त चोकका लागि पाँचवटा ट्राफिक सिग्नल लाईट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेण्डर समेत आह्वान गरिसकिएको छ । शनिवार प्रकाशित गरिएको टेण्डर अनुसार नेपालगञ्जको अति व्यस्त मानिने गणेशमान चौक, बिपी चौक, धम्बोझी चौक, पुष्पलाल चौक र रांझा (एयरपोर्ट) चौक गरी ५ ठांउमा ट्राफिक सिग्नल लाईट जडान हुनेछ । ट्राफिक सिग्नल लाईट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । जमुनाहादेखि कोहलपुरसम्मको रत्न ...