
बि ग्रुपद्धारा विषादी घटाउने बैकल्पिक मोडलको पहिचान गर्न बजार सर्वेक्षण
समाचारदाता
नेपालगञ्ज, माघ १६ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले विषादी घटाउने बैकल्पिक मोडलहरुको पहिचान गर्न बजार सर्वेक्षण गराएको छ । सो सर्वेक्षण बारे सम्बन्धितलाई जानकारी दिन र सुझाव सल्लाह लिने उदेश्यले नेपालगञ्जमा सोमवार एक कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रम जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा वि ग्रुपद्धारा सञ्चालन गरिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको हो । सो सर्वेक्षण नेपालगञ्ज उपमहानगर, खजुरा र डुडुवा गाउँपालिकामा गरिएको थियो ।
बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बजार सर्वेक्षणका टीम लिडर शैलेन्द्र कुमार श्रेष्ठले सर्वेक्षण प्रतिवेदन विस्तृत रुपमा प्रस्तुत गर्नुभयो । सो प्रतिवेदनमा विषादीको प्रयोग, त्यसको अवस्था, एकिकृत किट व्यवस्थापन र विषादी घटाउन अपाइने बैकल्पिक मोडलहरुका बारेमा ...