बारबर्दियामा पाँचसय शिक्षकको पेशागत सिकाइ सञ्जाल गठन
समाचारदाता
बर्दिया, भदौ १३ । गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजनाको सहकार्यमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले नगरपालिकाभित्र कार्यरत करिब ५०० शिक्षकलाई समेट्दै तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन गरेको छ ।
शिक्षकहरूबीच ज्ञान, सीप, अनुभव तथा असल अभ्यासको आदानप्रदानलाई संस्थागत गर्दै सहकर्मीबाट सिक्ने संस्कृति विकास, शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले यो महत्वपूर्ण पहल अघि बढाइएको हो ।
बर्दियामा सुरक्षित भविष्य परियोजना राधाकृष्ण थारु जनसेवा केन्द्र र बाँके युनेस्को क्लबको संयुक्त पहलमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा कार्यान्वयन भइरहेको छ ।
नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूलाई उनीहरूले अध्यापन गर्ने तह तथा विषयका आधारमा समूहबद्ध गरी साझा पेशागत सिकाइ तथा विज्ञ मञ्चका रूपमा शि...









