नेपाली सेनाद्धारा खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, नौ सय जनाले उपचार गराए
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । ग्रामीण क्षेत्रका विपन्न जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले नेपाली सेनाको भैरब प्रसाद गणले बाँकेको खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
लायन्स क्लब खजुरा र नेपालगन्ज मेडिकल कलेजसँग सहकार्य गरेर सेनाले सो स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
गरिबी र पछौटेपनका कारण बिरामी भए पनि उपचार गराउन नसकेका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिबिर सञ्चालन गरिएको नेपाली सेनाको भैरब प्रसाद गणका गणपति जनमत कार्कीले बताउनुभयो । उहाँले सो शिविरबाट करिब ९ सय स्थानीयले स्वास्थ्य परीक्षण गराएर लाभ पाएको बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुती, बाल स्बास्थ्य, नाक, कान घाँटी, चर्म तथा यौनरोग, आँखा, तथा हाडजोर्नी लगायत बिभिन्न रोगका बिशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको चेकजाँच गरेर निःशुल्क औषधीहरु बितरण गरिएको थियो ।...








