बर्दियाको ठाकुरबाबा र मधुवनमा दोस्रो चरणको यति परियोजनाको प्रारम्भ बैठक सम्पन्न
समाचारदाता
बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित दोस्रो चरणको यति परियोजनाअन्तर्गत बर्दियाका मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा परियोजना प्रारम्भ बैठक सम्पन्न भएका छन् ।
परियोजनाको समग्र लक्ष्य, उद्देश्य, कार्यान्वयन रणनीति, प्रस्तावित गतिविधि तथा अपेक्षित उपलब्धिबारे स्थानीय सरकारका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउँदै परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि समन्वय, सहकार्य र स्थानीय स्वामित्व अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।
मधुवन नगरपालिकामा आयोजित बैठक नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो । उपप्रमुख अनिता चौधरी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पार्वती पण्डित, वडा नम्बर १ र २ का वडाध्यक्ष, बालबालिका तथा महिला शाखा, पशु सेवा शाखा, योजना शाख...









