२७ मंसिर २०८२, शुक्रबार

राजनीति

हज यात्राको शुल्क हामीले होइन, साउदी सरकारले बढाएको हो–अध्यक्ष शमसेर मियाँ

हज यात्राको शुल्क हामीले होइन, साउदी सरकारले बढाएको हो–अध्यक्ष शमसेर मियाँ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, समाज
सिराज खान नेपालगञ्ज, जेठ २१ । साउदी अरब सरकारले नेपाली हज यात्रीहरुका लागि निर्धारण गरेको शुल्क अनुसार नै हज शुल्क तोकिएको जनाउँदै नेपाल हज समितिले त्यसमा समितिले कुनैपनि प्रकारको अनियमितता र अनावश्यक शुल्क बृद्धि नगरेको प्रष्ट पारेको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले नेपालगञ्जपाटी डटकमसंग कुरा गर्दै यस वर्ष हज शुल्क बृद्धि भएको विषयलाई लिएर विभिन्न प्रकारका अनर्गल प्रचार र अनावश्यक कुराहरु गरिएको जनाउँदे साउदी अरब सरकारको निर्णय अनुसार नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि गर्नु परेको बताउनु भएको छ । उहाँले हज समितिले रहरले नभई बाध्य भएर साउदी अरब सरकारले निर्धारण गरे अनुसार नै हजयात्राका लागि शुल्क निर्धारण गर्नु परेको र सो गर्दा नेपालमा यस वर्ष विगतका वर्षहरु भन्दा हज यात्रा महंगो परेको जनाउनुभयो । समितिले शुल्क वृद्धि गरेर अनियमितता गरेको भन्दै आलोचना गर्नु भन्दा साउदी ...
सर्वदलीय सहमति विना नेपालगञ्जमा कुनै शालिक स्थापना गर्न नपाइने सर्वदलीय बैठकको निर्णय

सर्वदलीय सहमति विना नेपालगञ्जमा कुनै शालिक स्थापना गर्न नपाइने सर्वदलीय बैठकको निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सेतु विकको शालिकको मर्मतसम्भार उपमहानगरले गर्ने नेपालगञ्जपाटी समाचारदाता नेपालगञ्ज, जेठ २० गते । नेपालगञ्ज उपमहानगरमा सर्वदलीय सहमति र निर्णय विना कुनै पनि शालिक स्थापना गर्न नपाउने र शान्ति सुरक्षा खलबलिने अन्य कुनै संवेदनशील कार्य समेत गर्न नपाउने निर्णय सर्वदलीय बैठकले गरेको छ । प्रशासनको अनुमति र दलहरुको सहमति विना एकलौटी रुपमा विगतको निर्णयसमेतलाई उलंघन गर्दै राप्रपाका कार्यकर्ताहरुले विहिबार नेपालगञ्जको धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक पुनस्थापना गर्दा भएको झडप र सेतु विकको शालिक तोडफोडपश्चात जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय बैठकले सो निर्णय गरेको हो । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सर्वदलिय बैठकमा भएको निर्णयको जानकारी दिदैँ भन्नुभयो–‘सर्वदलिय सहमति विना कुनै पनि शालिक निर्माण र पुनस्थापना नगर्ने निर्णय गरिएकोछ । राजा वीरेन्द्रको शालिक ...
राजावादीले राखेको बिरेन्द्रको शालिक हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार, प्रहरीद्धारा चार राउण्ड हवाई फायर

राजावादीले राखेको बिरेन्द्रको शालिक हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार, प्रहरीद्धारा चार राउण्ड हवाई फायर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सहिद सेतुविकको शालिक तोडफोड, नगरका चोकहरुको सुरक्षा बढाइयो नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १९ । अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा राजावादीहरुले विहिबार विहानै स्वर्गिय राजा बिरेन्द्रको शालिक स्थापना गरिएपछि प्रहरीले हटाउन खोज्दा शालिक राख्ने र प्रहरीविच झडप भएको छ । राजा समर्थक नेपालगञ्जका केही युवाले एकाविहानै चोकमा राजा बिरेन्द्रको शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको र सो क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेर भिड तितरवितर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो क्रममा ढुंगा लागेर करिब १५ जना प्रहरी सामान्य घाइते भएको, स्थापना गरिएको शालिकलाई हटाईएको तथा हुलहुज्जत गर्ने केहीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । धम्बोझी चोकमा स्वर्गीय राजा बिरेन्द्र शाहको शालिक राखे...
१३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त, बर्दियामा थापा

१३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त, बर्दियामा थापा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, जेठ १७ । राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज अथकको अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ क बमोजिम अध्यक्ष नियुक्त गरीएको हो । नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही दैलेख, सुजन राइ सोलुखुम्वु, पासाङ निमु शेर्पा संखुवासभा, चेत प्रसाद बोलखे रौतहट, टिका भुर्तेल नवलपुर, सुजन लिम्बु ताप्लेजुङ्, समिक शेरचन मुस्ताङ, युवराज दाहाल झापा, आविस्कार क्षेत्री, स्याङ्जा, भक्त बहादुर थापा बर्दिया, नवराज कार्की मुगु, सञ्जय कुमार दास सप्तरी र चक्र बहादुर रावल जुम्ला रहेका छन ।...
मेडिकल कलेजका आन्दोलनरत चिकित्सकले आधा दिनको काम छाडे, व्यवस्थापनले वास्ता गरेन

मेडिकल कलेजका आन्दोलनरत चिकित्सकले आधा दिनको काम छाडे, व्यवस्थापनले वास्ता गरेन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १७ । चार महिनादेखिको तलव र एघार महिनादेखिको भत्ता नपाएको जनाउँदै आन्दोलनमा उत्रिएका नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले आधा दिनको काम छाडेका छन् । तत्काल तलब र भत्ता पाउनुपर्ने माग गर्दै गत विहिबारदेखि आन्दोलनमा उत्रिएका उनिहरुले अहिले आधा दिनको काम छाडेर आधा दिन मात्र ओपीडीमा विरामी जाँच गरिरहेका छन् । शुरुमा केही दिन अस्पताल प्रशासन कार्यालय अगाडी एक एक घण्टाको धर्ना दिएपनि माग पुरा नभएपछि बाध्य भएर आन्दोलनलाई अगाडी बढाउँदै आधा दिन काम बन्द गरेको नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । उहाँले आफुहरुको मागलाई मेडिकल कलेज अस्पताल व्यवस्थापनले जानी जानी बेवास्ता गरिरहेको आरोप लगाउँदै आन्दोलनलाई चर्को बनाउन बाध्य पारिरहेको बताउनुभयो । कोभिड लगायतको समयमा पनि दिनरात ज्यानको परवाह समेत नगरि का...
जसपालाई एक्ल्याउन खोज्नेहरु पराजित भए–पुर्वमन्त्री राई

जसपालाई एक्ल्याउन खोज्नेहरु पराजित भए–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
चारदलको बहुमतको गठबन्धनलाई पराजित गर्दै जसपाले तीन सदस्य जित्यो नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १६ । स्थानीय निर्वाचनमा भएको गठबन्धन विपरित जनता समाजवादी पार्टीलाई एक्ल्याएर नेपालगञ्ज उपमहानगरको कार्यपालिका निर्वाचनका लागि बनेको नयाँ गठबन्धन पराजित भएको छ । जसपालाई एक्ल्याएर नेपाली काँग्रेस, नेकपा माओवादी, राप्रपा र एकिकृत समाजवादीविच बनेको गठबन्धनमा ६७ मत हुँदा हुँदैपनि २५ मत भएको जसपाले तीन सदस्य पदमा जित हासिल गर्न सफल भएको छ । कार्यपालिकामा ६७ मत हुँदा हुँदैपनि एमालेको २५ मत र जसपाको २५ मत गरेर ५० मतका साथ निर्वाचनमा होमिएको जसपाले चार दलको बहुमतको गठबन्धनबाट तीन सदस्य हात पार्न सफल भएको छ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईको निर्वाचन रणनिती र संयोजनका कारण जसपाले नेपालगञ्जमा तीन सदस्य जितेको अधिकांशको भनाई छ । स्पष्ट वहुमत हुँदा हुँदै...
डुडुवा गाउँ कार्यपालिकामा जसपा एमालेको गठबन्धनले ६ सदस्य जित्यो, काँग्रेस शुन्य

डुडुवा गाउँ कार्यपालिकामा जसपा एमालेको गठबन्धनले ६ सदस्य जित्यो, काँग्रेस शुन्य

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १३ । बाँकेको डुडुवा गाउँपालिकामा कार्यपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनले तीन तीन जना सदस्य निर्वाचित गराउन सफल भएको छ । सो पालिकामा जसपा र एमालेविच गठबन्धन भएपछि काँग्रेसले कुनैपनि सिट जित्न सकेन । जिल्ला निर्वाचन अधिकारी रमा पन्तका अनुसार एमालेका लीला सुनार, जयन्ती महाउत र शिवकुमार जयसवाल, जसपाका छबरानी यादव, सकिना बेगम नाउ र समसुद्दिन सल्मानी सबैले २४ं–२४ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका कनिका तारा पठानिन, सुष्मा यादव, दीपराज लोनियाले ८–८ र धर्मपाल चमारले ९ मत ल्याए । डुडुवा गाउँपालिकाको ६ वटा वडामध्ये जसपाका तीन, एमाले दुई र कांग्रेसले एक वडा मात्र जितेको छ । जबकी अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका नरेन्द्र चौधरी र साहिदा बानो विजयी हुनु भएको थियो ।...
तलब माग्दै नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा

तलब माग्दै नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १२ गते । चार महिनादेखि तलवभत्ता नपाएको गुनासो गर्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको पहिलो दिन विहीबार उनिहरुले अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । विहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर उनिहरु धर्ना बसेका थिए । नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा आन्दोलन थालिएको परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । शिक्षण अस्पतालका चिकित्सकहरुले मासिकरुपमा पाउनु पर्ने तलव माघ महिनादेखि नपाएको र प्रोत्साहन भत्ता रोकिएको पनि महिनौं वितिसकेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष महासेठले बताउनुभयो । ‘अस्पताल जस्तो संवेदनशील थलोमा आन्दोलन गर्नु हाम्रो रहर हुँदै होइन परिषद्का अध्यक्ष महासेठले भन्नुभयो–‘अस्पताल प्रशासनले तलवभत्तानै नदिएपछि के गर्नु ?’ नेपालगञ्ज मेड...
खजुरा गाउँपालिकाको पहिलो बैठकबाट वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका जनमुखि निर्णय

खजुरा गाउँपालिकाको पहिलो बैठकबाट वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका जनमुखि निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १० । खजुरा गाँउपालिकाको पहिलो बैठकले पालिकाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । सो बैठले पालिकाबाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता बेंकहरुको समन्वयमा वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको खजुराका नवनिर्वाचित अध्यक्ष डम्बर विक तुफानले बताउनुभयो । बैठकले दिर्घरोगी र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क र घरघरमै पुगेर गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष तुफानका अनुसार बैठकले खजुरामा अभिभावक बिहिन बालबालिकाको पहिचान गर्ने र गाँउपालिकाले उनीहरुको अभिभावकत्व ग्रहण गर्ने पनि निर्णय गरेको छ । शहरिकण बढेसँगै गाँउपालिकामा फोहोर व्यवस्थापनको समस्या देखिन थालेको भन्दै बैठकले गाउँपालिकाका प्रवक्ता धनिराम ओलीको संयोजकत्वमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साईडको जग्गा खोजि गर्न समित...
नरैनापुरमा अध्यक्षले पदभार ग्रहण गरेलगत्तै शिक्षालाई विशेष प्राथमिकतामा राखेर पहिलो दिन पाँच निर्णय गरे

नरैनापुरमा अध्यक्षले पदभार ग्रहण गरेलगत्तै शिक्षालाई विशेष प्राथमिकतामा राखेर पहिलो दिन पाँच निर्णय गरे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ ९ । बाँकेको नरैनापुर गाउँपालिकामा पुनः विजयी हुनु भएका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिले सोमवार पदभार ग्रहण गर्नुभएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले सोमवार पदभार ग्रहण गर्नु भएको हो । गाउँपालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा ५ निर्णय गराउनु भएको छ। ती निर्णयहरुमा शिक्षालाई विशेष फोकस गरिएको छ । अन्य क्षेत्रमा केही विकास र प्रगति भएपनि शिक्षाको क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेकोले शिक्षालाई बढी फोकस गरिएको पुनः निर्वाचित अध्यक्ष शाहले बताउनुभयो । आगामी आर्थिक वर्ष २०७९ । ०८० बाट कार्यान्वयन हुने गरी अध्यक्ष शाहले ५ निर्णयमा हस्ताक्षर गर्नुभएको छ । नरैनापुर गाउँपालिकाको बाँकी रहेका स्थानमा बिधुतिकरण कार्य सम्पन्न गरी प्रत्येक वडाको चौकमा हाइमाष्ट ...