२ माघ २०८२, बिहीबार

ताजा-अपडेट

जबरजस्ती करणी र ज्यानमार्ने उद्योग दुबै कसुर गर्नेलाई प्रहरीले कडा कारवाही गर्ने

जबरजस्ती करणी र ज्यानमार्ने उद्योग दुबै कसुर गर्नेलाई प्रहरीले कडा कारवाही गर्ने

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
‘पिडितको जाहेरी दरखास्त नलिएको भन्ने आरोप गलत र असत्य हो’ समाचारदाता नेपालगन्ज, पुस २८ गते । डुडुवा गाउँपालिका ४ मा जबरजस्ती करणी गरिएको भनिएको घटना सम्बन्धि जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय बाँकेले लिन नमानेको भन्ने भनाइ असत्य भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक पातलीद्वारा जारी गरिएको बिज्ञप्तीमा सो जानकारी गराउँदै नाबालिक माथि भएको जबरजस्ती करणी जस्तो गम्भिर प्रकृतीको मुद्दामा यस कार्यालयले चासो नदिएको, अनुसन्धान नगरेको, जाहेरी दरखास्त नलिएको, बिभिन्न दवाब र प्रभावमा परेको तथा पीडितलाई बेवास्ता गरेको भन्ने कुरा पूर्णरुपमा असत्य र गलत भएको दावी गरिएको छ । पीडित भनिएकी बालिका पुस १७ गते बाँके प्रहरीको सम्पर्कमा आउने वित्तिकै सोही दिन बिस्तृत स्वास्थ्य परीक्षण लगायतको प्रारम्भिक अनुसन्...
‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस १० । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र खजुरा गाउँपालिकाका ससफाईकर्मी र किसानलाई लक्षित गरेर सञ्चालन गरिएको सो परियोजनाको सार्वजनिक सुनुवाई गरिएको हो । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपका कोषाध्यक्ष नर्वदा दाहालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति बाँकेका प्रुमख ज्ञानेन्द्र कुमार चौधरीले यो परियोजनाका सबै कामहरु अतिनै सराहनीय रहेको आफुले पाएको जनाउँदै उहाँले पटक पटक कार्यक्रमहरुको अनुगमन र निरिक्षण समेत गरेको बताउनुभयो । प्रमुख चौधरीले सरसफाईकर्मीको पेशागत सुरक्षाका बारेमा कसैले पनि नसोचेको बेला बी ग्र...
नेपालगन्ज उपमहानगरको स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

नेपालगन्ज उपमहानगरको स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ९ । नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिले उपमहानगरपालिका भित्र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्धारा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरेको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको समितिले अनुगमन गर्दै बैठक सम्पन्न गरेको हो । नेपालगन्ज उपमहानगरपािलकाका कार्यसमिति सदस्य तथा आर्थिक विकास संयोजक संगीता रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा वडा अध्यक्ष, स्वास्थ्य महाशाखा, सरसफाई शाखा, कृषि शाखा र शिक्षा शाखा लगायतका प्रमुखहरुको सहभागिता रहेको थियो । स्थानीय परियोजना सल्लाहकार समितिले अनुगमनको क्रममा नेपालगन्ज २० मा रहेको साथी स्वावलम्बन सहकारी संस्थाका क...
सोफिया स्कुलको २१औं बार्षिक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न

सोफिया स्कुलको २१औं बार्षिक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सोफिया स्कुल दक्ष र अनुशासित जनशक्ति उत्पादन केन्द्र हो–पुर्व मन्त्री राई समाचारदाता नेपालगन्ज, पुस ८ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सोफिया रेजिडेन्सियल इङलिस स्कुलको २१औँ वार्षिक दिवस तथा ख्रीष्टमस उत्सव कार्यक्रम भव्यरुपमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले सोफिया स्कुलले देशकालागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाउँदै यहाँ पढेका बिद्यार्थिहरुमा एक बिशेष प्रकारको अनुशासन, लगनशिलता र सेवाको भावना देखिएको बताउनुभयो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षासँगै बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक विकासलाई समेत प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा धन्यवाद दिनुभयो । पूर्वमन्त्री राईले विद्यालयको शान्त वातावरण, रचनात्मक त...
टी डि खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न

टी डि खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ६ । बाँकेका सरसफाइकर्मी र किसानहरुमा टिटानसको जोखिम न्युनिकरण गर्न लगाउँदै आएको टी डी खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न भएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उक्त योजना तथा समिक्षा बैठक सम्पन्न गरिएको हो । बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २, ११ र २०, डुडुवा गाउँपालिकाको वडा नम्बर ६ र ३ तथा खजुरा गाउँपालिकाको वडा नम्बर २ मा रहेका स्वास्थ्य संस्थाबाट हालसम्म पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ चरणमा टी.डी. खोप लगाएका सरसफाईकर्मी र कृषकहरुको तथ्यांक प्रस्तुत गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार परियोजनाले चौथो डोजको टी.डी. खोप र त्यसकालागि आवश्यक सामाग्री खरिद गरि स्वास्थ्य कार्यालय...
मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन उदघाटनपछि हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन उदघाटनपछि हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरण परियोजनाअन्तर्गत ती भवन निर्माण गरिएका हुन् । मधुवन नगरपालिकाको वडा नं. १ मा अवस्थित सूर्यपटुवा स्वास्थ्य चौकी तथा गुलरिया नगरपालिकाको वडा नं. ९ मा अवस्थित मथुराहरद्वार स्वास्थ्य चौकीमा निर्माण गरिएका यी भवनहरूको उद्घाटन सम्बन्धित नगरप्रमुख र किशोरीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो । मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मिनबहादुर थापाको अध्यक्षतामा नगरप्रमुख तेजबहादुर भाट प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नगर उपप्रमु...
प्रधानमन्त्री बनेका नेताहरुको क्षेत्रभन्दा बाँके २ मा बढी विकास भएको छ–पुर्वमन्त्री राई

प्रधानमन्त्री बनेका नेताहरुको क्षेत्रभन्दा बाँके २ मा बढी विकास भएको छ–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस ६ । जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरुको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी बिकास भएको दावी गर्नु भएको छ । उहाँले निर्वाचन जितेर पटक पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा र माधवकुमार नेपालको निर्वाचन क्षेत्रभन्दा बाँके क्षेत्र नम्बर २ मा धेरै राम्रो विकास भएको बताउनुभयो । खजुरा गाउँपालिकाको उढरापुर चोकमा बाँके क्षेत्र नम्बर ३ का नागरिकसँग प्रत्यक्ष सम्वाद गर्दै उहाँले आफुले अझैपनि बाँकेलाई झन बढी बिकसित र राम्रो बनाउने योजना र लक्ष्यका साथ अघि बढेको जानकारी गराउनुभयो । विगतका निर्वाचनहरुका बेला आफूले गरेको बाचा र योजनाले मूर्त रुप लिइरहेको जनाउँदै उहाँले गत निर्वाचनमा चुनाव जितेकाले सिन्को पनि न भाँचेको बताउनुभयो । उहाँले गत प...
युवा महिलालाई वातावरणीय सचेतनाकालागि फोटो तथा भिडियोग्राफी तालिम

युवा महिलालाई वातावरणीय सचेतनाकालागि फोटो तथा भिडियोग्राफी तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा गुणस्तरीय फोटो तथा भिडियो निर्माण गर्ने सीप विकास गरी सशक्त बनाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । साथै, स्थानीय तहमा रहेका वातावरणीय समस्या तथा हरित पहलहरूलाई दस्तावेजीकरण गर्दै भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारलाई सचेत गराउने क्षमता विकास गर्नु पनि तालिमको लक्ष्य रहेको क्लबले जनाएको छ । सो तालिमको क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय, सुर्...
बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
पालिकाका दुई वडामा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा समाचारदाता नेपालगन्ज, पुस ४ । “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ७, तिलकनास्थित आधारभूत स्वास्थ्य केन्द्रलाई किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशसभा सदस्य कबिराम थारु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सो कार्यक्रममा किशोर–किशोरी, युवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, प्रधानाध्या...
डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ४ । बाँकेको डुडुवा र खजुरा गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत दुबै पालिकामा छुट्टा छुट्टै सो अनुगमन तथा बैठक सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा डुडुुवा गाउँपालिकामा पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायत पालिकाको स्वास्थ्य, कृषि र योजना शाखाको सहभागिता रहेको थियो । सोही प्रकारले खजुरा गाउँपालिकामा सम्पन्न बैठक र अनुगमनमा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वली, प्रमुख प्रशासकीय अधिकृत, कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र लगायत स्थानीय गाउँपालिकाको वि...