२ माघ २०८२, बिहीबार

अर्थ

नेपालगन्ज उपमहानगरको स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

नेपालगन्ज उपमहानगरको स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ९ । नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिले उपमहानगरपालिका भित्र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्धारा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरेको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको समितिले अनुगमन गर्दै बैठक सम्पन्न गरेको हो । नेपालगन्ज उपमहानगरपािलकाका कार्यसमिति सदस्य तथा आर्थिक विकास संयोजक संगीता रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा वडा अध्यक्ष, स्वास्थ्य महाशाखा, सरसफाई शाखा, कृषि शाखा र शिक्षा शाखा लगायतका प्रमुखहरुको सहभागिता रहेको थियो । स्थानीय परियोजना सल्लाहकार समितिले अनुगमनको क्रममा नेपालगन्ज २० मा रहेको साथी स्वावलम्बन सहकारी संस्थाका क...
युवा महिलालाई वातावरणीय सचेतनाकालागि फोटो तथा भिडियोग्राफी तालिम

युवा महिलालाई वातावरणीय सचेतनाकालागि फोटो तथा भिडियोग्राफी तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा गुणस्तरीय फोटो तथा भिडियो निर्माण गर्ने सीप विकास गरी सशक्त बनाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । साथै, स्थानीय तहमा रहेका वातावरणीय समस्या तथा हरित पहलहरूलाई दस्तावेजीकरण गर्दै भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारलाई सचेत गराउने क्षमता विकास गर्नु पनि तालिमको लक्ष्य रहेको क्लबले जनाएको छ । सो तालिमको क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय, सुर्...
डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ४ । बाँकेको डुडुवा र खजुरा गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत दुबै पालिकामा छुट्टा छुट्टै सो अनुगमन तथा बैठक सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा डुडुुवा गाउँपालिकामा पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायत पालिकाको स्वास्थ्य, कृषि र योजना शाखाको सहभागिता रहेको थियो । सोही प्रकारले खजुरा गाउँपालिकामा सम्पन्न बैठक र अनुगमनमा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वली, प्रमुख प्रशासकीय अधिकृत, कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र लगायत स्थानीय गाउँपालिकाको वि...
बर्दियाका युवालाई डिजिटल मार्केटिङसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम

बर्दियाका युवालाई डिजिटल मार्केटिङसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको ठाकुरद्वारामा युवाहरूकालागि तीनदिने डिजिटल मार्केटिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । क्लबले ग्रीन इकोनोमी परियोजना अन्तर्गत सञ्चालन गरेको तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाबाट समान रूपमा १५–१५ गरी जम्मा ३० जना युवाको सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य युवाहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी आफ्ना उत्पादन तथा सेवाहरूको प्रवद्र्धन, व्यवसाय विस्तार, डिजिटल सामग्री निर्माण र अनलाइन बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नु रहेको थियो । तालिमका सहजीकरणकर्ता प्रभात खड्काले डिजिटल मार्केटिङको आधारभूत अवधारणा, हरित व्यवसायमा यसको महत्व, साधारण व्यवसायिक वेबसाइट निर्माण, फेसबुक तथा इन्स्टाग्राम बिजनेस पेज सञ्चालन, मेसेन्जर मार्केटिङ, पोस्टर, ...
हरित अर्थतन्त्रको महत्वबारे ठाकुरबाबा र राजापुरमा अभिमुखीकरण

हरित अर्थतन्त्रको महत्वबारे ठाकुरबाबा र राजापुरमा अभिमुखीकरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस १ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन एकोनोमी परियोजना अन्तर्गत हरित अर्थतन्त्रको महत्व विषयक अभिमुखीकरण कार्यक्रम बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सम्पन्न भएको छ । दुबै नगरपालिकामा आयोजित कार्यक्रममा २५–२५ जना सहभागी रहेका थिए । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकार तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई हरित अर्थतन्त्रको अवधारणा, यसको महत्व र स्थानीय तहमा प्रयोगात्मक कार्यान्वयन बारे स्पष्ट बुझाइ प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । अभिमुखीकरणमा हरित अर्थतन्त्रका उत्कृष्ट अभ्यासहरू, नेपाल सरकारका विद्यमान कानुनी व्यवस्था तथा नीतिहरू, साथै नग...
प्रांगारिक तरकारी उत्पादन प्रवर्धन अभियान सम्पन्न, निरन्तरता दिने प्रतिवद्धता

प्रांगारिक तरकारी उत्पादन प्रवर्धन अभियान सम्पन्न, निरन्तरता दिने प्रतिवद्धता

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, मङ्सिर ११ । पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्रांगारिक तरकारी उत्पादन प्रबर्धनकालागि नेपालगन्जमा सञ्चालन गरिएको ६ दिने अभियान सम्पन्न भएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगन्जको राँझा विमानस्थल रोडमा विषादीरहित, ताजा र प्रयोगशालामा परीक्षण गरिएका प्रांगारिक तरकारी बिक्रि गरेर सो अभियान चलाईएको थियो । श्री साथि स्वावलम्बन बहुउद्धेश्यीय कृषि सहकारीमार्फत एकीकृत प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रमा सञ्चालन गरिएको उक्त अभियान निकै प्रभावकारी देखिएकोले सो कार्यलाई निरन्तरता दिने सहकारीका अध्यक्ष खेदु चमारले बताउनुभयो । उहाँले यस क्षेत्रका किसानले उत्पादन गरेका विषादीरहित, ताजा र प्रयोगशालामा परीक्षण गरिएका ...
मधुवनमा पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न

मधुवनमा पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर ११ । बाँके युनेस्को क्लबले मधुवन–१, बर्दियामा सञ्चालन गरेको पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न भएको छ । क्लबले प्लान नेपालसंगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १५÷१५ गरी ३० जना सहभागीहरूले हरित व्यापार तथा सूक्ष्म उद्यम सञ्चालनका महत्वपूर्ण ज्ञान तथा सीपहरु प्राप्त गरेको परियोजनाका संयोजक राधे कृष्ण थारूले बताउनुभयो । प्रशिक्षक राज बहादुर चौधरीले प्रशिक्षण दिनु भएको सो तालिमको प्रशिक्षणका प्रमुख विषयहरूमा उद्यम विकास र आत्मरोजगार, आत्म–विश्लेषण र आत्मविश्वास वृद्धि, जोखिम लिन सक्ने क्षमता तथा जोखिम न्युनिकरण उपाय, सफल उद्यमीका विशेषताहरू, सर्जनशीलता तथा बजार व्यवस्थापन, व्यावसायिक योजना तयार गर्ने तरिका, व्यवसाय स्थापना गर्न उपयुक्त स्था...
प्रांगारिक तरकारी उत्पादन र उपभोग प्रवर्धनकालागि नेपालगन्जमा ६ दिने अभियान

प्रांगारिक तरकारी उत्पादन र उपभोग प्रवर्धनकालागि नेपालगन्जमा ६ दिने अभियान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
एअरपोर्ट रोड राँझामा अर्गानिक तरकारी बिक्रि गरिंदैछ समाचारदाता नेपालगन्ज, मङ्सिर ८ । पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्रांगारिक तरकारी उत्पादन र उपभोग प्रबर्धनकालागि नेपालगन्जमा ६ दिने अभियान संचालन गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उक्त अभियान संचालन गरिएको हो । सो अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको राँझा एयरपोर्ट रोडस्थित एकीकृत प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रमा ६ दिनदेखि विषादीरहित, ताजा र प्रयोगशालामा परीक्षण गरिएका प्रांगारिक तरकारी बिहान ८ देखि बेलुका ६ बजेसम्म उचित मुल्यमा बिक्रि भइरहेको छ । उक्त तरकारी बजारलाई निरन्तरता दिन श्री साथि स्वावलम्बन बहुउद्धेश्यीय कृषि सहकरीलाई जिम्मा दिईएको जनाईएको छ ...
बर्दियामा हरित अर्थतन्त्र र फोहोर व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सम्पन्न

बर्दियामा हरित अर्थतन्त्र र फोहोर व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर १ । बाँके युनेस्को क्लबद्वारा बर्दियाको राजापुर नगरपालिकामा तीन दिने हरित अर्थतन्त्र र फोहोर व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरिएको छ । क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत “फोहरलाई मोहर” भन्ने मुख्य नाराका साथ आयोजित सो तालिममा ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाबाट १५÷१५ गरी कुल ३० जना युवाको सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्य युवालाई फोहोर व्यवस्थापन, फोहोर अलग–अलग गर्ने तथा वातावरणमैत्री व्यवहार अपनाउनेबारे आवश्यक ज्ञान प्रदान गर्नुका साथै, हरित उद्यम सञ्चालनमा आवश्यक प्राविधिक सीप विकास गर्दै आय–आर्जनका अवसर सिर्जना गर्ने लक्ष्य तालिमले राखेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो । तालिमका सहभागिहरुलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाकी उप–प्रमुख मनकला...
बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
सिराज खान नेपालगन्ज, भदौ १६ । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिलेसम्म काम तथा रोजगारी नपाएर हैरान हुनुहुन्थ्यो, तर, आज उहाँहरु दुबैजना दृढ संकल्प, लगनशीलता र आत्मविश्वासका जीवित उदाहरण बनेर देखाउन सफल हुनु भएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत बाँस बेतका सामाग्री बनाउने ३९० घण्टाको तालिम लिएपछि इन्दिरा र गीताको जीवन यात्रा परिवर्तन भएको हो । उहाँ दुबैजनाले अतिनै लगन र मिहिनेतका साथ सो कठिन र गहन तालिम सम्पन्न गरेपछि, अहिले उहाँहरूले बाँसका डाली, बाँसको फूल राख्ने भाँडो, टेबुल–कुर्सी लगायतका आकर्षक तथा बजारयोग्य सामग्री उत्पादन गरेर विक्रि समेत गर्न थाल्नु भएको छ । यसले उहाँहरू दुबैको जीवनमा सानो समयमै आर्थिक स्थिरता मात्र ल्याएको छैन, बरु उहाँहरूलाई आफ्नो भविष्य आफैं ...