६ जेष्ठ २०८३, बुधबार

अर्थ

बर्दियाका युवा महिला उद्यमीहरूद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला सम्पन्न

बर्दियाका युवा महिला उद्यमीहरूद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, जेठ ६ गते । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको “प्रदर्शनी तथा ग्यालरी प्रस्तुति कार्यशाला गोष्ठी कार्यक्रम” मधुवन–१ मा सम्पन्न भएको छ । ग्रीन इकोनोमी परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारी तथा राजापुर नगरपालिका एवं ठाकुरबाबा नगरपालिकाको समन्वयमा सो कार्यशाला संचालन गरिएको हो । बाँके युनेस्को क्लबकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य उद्देश्य युवा महिला उद्यमीहरूले संचालन गरिरहेका हरित उद्यमहरूको प्रवद्र्धन, प्रदर्शन तथा सुदृढीकरण गर्नु रहेको थियो । सो कार्यक्रममार्फत उद्यमी, स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाबीच अनुभव आदानप्रदान, संवाद तथा स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने प्रयास गरिएको जनाईएको छ । कार्यक्रममा राजापुर नगरपालिका वडा नम्बर ५, ६, ८ र १० ...
एक महिने पशुपालन सीप विकास तालिमबाट बर्दियाका ३० युवा महिला लाभान्वित

एक महिने पशुपालन सीप विकास तालिमबाट बर्दियाका ३० युवा महिला लाभान्वित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, वैशाख २९ गते । बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पालन सम्बन्धी एक महिने व्यावसायिक सीप विकास तालिम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरिरहेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । युवा महिलाहरूलाई आयआर्जन, स्वरोजगार तथा दिगो हरित जीविकोपार्जनका लागि व्यवहारिक ज्ञान, प्राविधिक सीप र उद्यमशीलता क्षमता विकास गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जना युवा महिलाको सहभागिता रहेको थियो । ठाकुरबाबा नगरपालिकामा आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम वडा नम्बर २ का कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद कँडेलको अध्यक्षता तथा उपप्रमुख बिना कुमारी भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको थिय...
राजापुरमा युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी कार्यशाला

राजापुरमा युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी कार्यशाला

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, १७ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा “युवा उद्यमशीलताकालागि सार्वजनिक–निजी साझेदारी” विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेसनल नेपालसंंगको साझेदारीमा बर्दियामा संचालन गरिरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो कार्यशाला संचालन गरिएको हो । क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीका अनुसार कार्यशालाको मुख्य उद्देश्य युवा महिलामार्फत सञ्चालित आर्थिक गतिविधिलाई सशक्त बनाउँदै आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य प्रवद्र्धन गर्नु, स्थानीय सरकार, निजी क्षेत्र र सहकारीबीच समन्वय मजबुत बनाउनु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्दै दिगो स्थानीय आर्थिक विकासलाई टेवा पु¥याउनु रहेको थियो । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको सो...
युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी सरोकारवाला कार्यशाला

युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी सरोकारवाला कार्यशाला

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, ११ वैशाख ११ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी साझेदारी विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सञ्चालन गरिरहेको ग्रिन एकोनोमि तथा रुपान्तरण र नवपर्वर्तनकालागि युवा शसक्तिकरण परियोजना अन्तर्गत सो कार्यशाला आयोजना गरेको हो । उक्त कार्यशालाको मुख्य उद्देश्य युवा महिलामुखी आर्थिक गतिविधिहरूलाई सशक्त बनाउँदै उनीहरूको आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउनु, स्थानीय तह, निजी क्षेत्र र सहकारीबीच समन्वय अभिवृद्धि गर्नु, व्यवसायिक वातावरणका चुनौती र समाधान पहिचान गर्नु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्नु रहेको क्लबले जनाएको छ । कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष तथा आर्थिक विकास सम...
युवा उद्यम विकास तालिम, सपनाबाट योजना हुँदै आम्दानीसम्मको यात्रा

युवा उद्यम विकास तालिम, सपनाबाट योजना हुँदै आम्दानीसम्मको यात्रा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, चैत २५ । “सपना सजाइली, योजना बनाइली, पैसा कमाइली” भन्ने उद्यमशीलताको एक शक्तिशाली स्थानीय अभिव्यक्ति हालै बर्दियामा उदाएको छ, जसले सरल तर प्रेरणादायी यात्रा प्रस्तुत गर्दछ ः सपना देखिन्छन्, योजना बनाइन्छ, र ती आकांक्षाहरू पूरा गर्न कार्य गरिन्छ । यस सन्देशले युवाहरूमा कल्पनाबाट कार्यान्वयनतर्फ अघि बढ्ने बढ्दो सोचलाई प्रतिबिम्बित गर्दछ । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्वारामा पाँचदिने “युवा उद्यम विकास तालिम” सफलतापूर्वक सञ्चालन गरिएको थियो । यो कार्यक्रम बाँके यूनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा कार्यान्वयन गरिएको थियो । कार्यक्रममा मधुवन र ठाकुरबाबा नगरपालिकाका प्रेरित युवाहरू सहभागी भएका थिए, जसको साझा लक्ष्य आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्नु थियो । तालिमलाई सहभागीहरूलाई आफ...
बर्दियामा युवतीहरूकालागि ३० दिने व्यवसायिक पशुपालन तालिम सञचालन

बर्दियामा युवतीहरूकालागि ३० दिने व्यवसायिक पशुपालन तालिम सञचालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, फागुन २८ । बाँके यूनेस्को क्लबले बर्दिया जिल्लाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा बाख्रा, बङ्गुर तथा स्थानीय कुखुरा पालन सम्बन्धी ३० दिने व्यवसायिक तालिम सञ्चालन गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । तालिममा मुख्यतः युवतीहरू सहित ३० जना सहभागी रहेका छन् । उनीहरूको सीप अभिवृद्धि गर्दै हरित व्यापार र सूक्ष्म उद्यममार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको क्लबले जनाएको छ । ठाकुरबाबा नगरपालिकामा आयोजित तालिम उद्घाटन कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष अमिन थारु, रोजगार सेवा केन्द्र प्रमुख रविन्द्र अर्याल, एमआईएस अधिकृत पुष्कर न्यौपाने लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रह...
नेपालगन्जमा ‘सफल मार्ट’ सञ्चालनमा, १७ हजार प्रकारका सामाग्री उपलब्ध हुने

नेपालगन्जमा ‘सफल मार्ट’ सञ्चालनमा, १७ हजार प्रकारका सामाग्री उपलब्ध हुने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, माघ २ । पश्चिम नेपालको केन्द्रविन्दु तथा आर्थिक हब मानिने नेपालगन्जमा ‘सफल मार्ट’ सञ्चालनमा ल्याइएको छ । २ करोड ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सफल मार्टको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले उद्घाटन गर्नुभयो। होटेल तथा रेष्टुरेन्ट व्यवसायलाई आवश्यक पर्ने खाद्यान्नदेखि घरायसी प्रयोजनका सम्पूर्ण सामग्री एकै ठाउँबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित देशका विभिन्न सहरमा सञ्चालित सफल मार्टले नेपालगन्जमा आफ्नो छैठौँ शाखा सञ्चालनमा ल्याएको हो । मार्टको उद्घाटन गर्दै मन्त्री अग्रवालले कालोबजारी रोक्न सके नेपालगन्जको आर्थिक गतिविधिले उचाई लिने बताउनुभयो । ‘त्यसका लागि प्रदेश सरकारले आवश्यक समन्वय गरिरहेको छ,’ प्रहरी प्रशासनसँगका विभिन्न समस्यामा चर्चा गर्दै मन्त्री अग्रवालले भन्नुभयो । विहीवार देखि औपचारिक रुपमा सुरु भएको स...
नेपालगन्ज उपमहानगरको स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

नेपालगन्ज उपमहानगरको स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ९ । नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिले उपमहानगरपालिका भित्र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्धारा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरेको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको समितिले अनुगमन गर्दै बैठक सम्पन्न गरेको हो । नेपालगन्ज उपमहानगरपािलकाका कार्यसमिति सदस्य तथा आर्थिक विकास संयोजक संगीता रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा वडा अध्यक्ष, स्वास्थ्य महाशाखा, सरसफाई शाखा, कृषि शाखा र शिक्षा शाखा लगायतका प्रमुखहरुको सहभागिता रहेको थियो । स्थानीय परियोजना सल्लाहकार समितिले अनुगमनको क्रममा नेपालगन्ज २० मा रहेको साथी स्वावलम्बन सहकारी संस्थाका क...
युवा महिलालाई वातावरणीय सचेतनाकालागि फोटो तथा भिडियोग्राफी तालिम

युवा महिलालाई वातावरणीय सचेतनाकालागि फोटो तथा भिडियोग्राफी तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा गुणस्तरीय फोटो तथा भिडियो निर्माण गर्ने सीप विकास गरी सशक्त बनाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । साथै, स्थानीय तहमा रहेका वातावरणीय समस्या तथा हरित पहलहरूलाई दस्तावेजीकरण गर्दै भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारलाई सचेत गराउने क्षमता विकास गर्नु पनि तालिमको लक्ष्य रहेको क्लबले जनाएको छ । सो तालिमको क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय, सुर्...
डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ४ । बाँकेको डुडुवा र खजुरा गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत दुबै पालिकामा छुट्टा छुट्टै सो अनुगमन तथा बैठक सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा डुडुुवा गाउँपालिकामा पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायत पालिकाको स्वास्थ्य, कृषि र योजना शाखाको सहभागिता रहेको थियो । सोही प्रकारले खजुरा गाउँपालिकामा सम्पन्न बैठक र अनुगमनमा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वली, प्रमुख प्रशासकीय अधिकृत, कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र लगायत स्थानीय गाउँपालिकाको वि...