८ असार २०८२, आईतवार

मुख्य समाचार

सिकाइ उपलब्धिमा सुधार ल्याउन बर्दियाका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

सिकाइ उपलब्धिमा सुधार ल्याउन बर्दियाका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ८ । बालबालिकाको पढ्ने बानीको विकास, विद्यालयमा नियमित उपस्थिति प्रोत्साहन गर्ने र सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले बर्दिया जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री तथा पढाई कुना सामग्री वितरण गरिएको छ। बर्दियाकाे मधुबन नगरपालिका र राजापुर नगरपालिकाको समन्वयमा तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले सिमा क्षेत्रका १० विद्यालयका अति गरिब, विपन्न, दलित, पछाडि पारिएका समूह तथा प्लान प्रायोजित परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामग्री र ३० जना बालबालिकालाई पढाई कुना निर्माणका सामग्री वितरण गरेको हो। परियोजना संयोजक ईश्वर बिकका अनुसार विद्यालयको सिफारिसमा सामग्री वितरण गरिएको हो। उहाँले भन्नुभयाे, “सामग्री वितरणले बालबालिकाको सिकाइमा सुधार ल्याउने विश्वास लिएका छौं। आगामी दिनमा पनि यस अभियानलाई नि...
बर्दिया राजापुरका छात्राहरुलाई निशुल्क साइकल बितरण

बर्दिया राजापुरका छात्राहरुलाई निशुल्क साइकल बितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ८ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका अन्तर्गत विभिन्न विद्यालयका ३१ जना छात्राहरुलाई निशुल्क साइकल वितरण गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको सहयोग र सम्बद्ध नगरपालिकाको समन्वयमा राजापुर र मधुवन नगरपालिकामा संचालित ‘सुरक्षा परियोजना’ अन्तर्गत छात्राहरुको पढाईलाई निरन्तर राख्न सहयोग स्वरुप साइकल वितरण गरिएको हो । आफु अध्ययनरत विद्यालय घरवाट टाढा टाढा भएकोले बिद्यालय पुग्न सहज होस भनेर पैदल हिडनुपर्ने अवस्थाका छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । परियोजनाले मूलतः छात्राहरुको सशक्तिकरणका विभिन्न आयामहरुमा काम गर्दै आएको जनाउँदै उहाँले बालबलिका बेचबिखन बारे अभिभावक, शिक्षक–शिक्षिका, समुदाय तथा छात्राहरुमा सचेतीकरण अभियान, छात्राहरुको शिक्षा, स्वास्थ्यको सुरक्षालगाय...
भारतको लखनउमा भारत-नेपाल अन्तर्राष्ट्रिय साहित्यिक मेला हुँदै

भारतको लखनउमा भारत-नेपाल अन्तर्राष्ट्रिय साहित्यिक मेला हुँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, असार ७ । भारत उत्तरप्रदेशकाे राजधानी लखनउमा नेपाल र भारतकाे साहित्य र संस्कृति प्रवर्द्धनका लागि एक विशेष कार्यक्रमको आयोजना हुने भएको छ। भारत र नेपाल बीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लखनउमा अन्तर्राष्ट्रिय साहित्यिक मेला २२ जुन २०२५ मा हुन लागेको रुबरु फाउन्डेसनका अध्यक्ष तथा भारतका वरिष्ठ साहित्यकार ईरशाद राहीले बताउनुभयो । उहाँका अनुसार साे साहित्यक मेलामा साहित्यकारहरूको सम्मान, कवि समेलन र सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। उक्त कार्यक्रमको आयोजनामा 'साहित्य उत्सव' नामक विशेष कार्यक्रमले प्रमुख भूमिका खेल्नेछ। कार्यक्रमको उद्देश्य भनेको साहित्य र संस्कृतिका विभिन्न विधाहरूको प्रवर्द्धन गर्नु रहेको जनाईएकाे छ । आयोजकका अनुसार यस कार्यक्रममा सहभागिता जनाउने साहित्यकार र लेखकहरूले आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर पाउनेछन्। साहित्यिक संवाद...
बजेटमा समुदायको सवाल सम्बोधन गर्न पहल

बजेटमा समुदायको सवाल सम्बोधन गर्न पहल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ६ । बजेटमा आफुले प्रतिनिधित्व गर्ने समुदायको सवालहरुलाई सम्बोधन गर्न जनप्रतिनिधिहरुले भूमिका निर्वाह गर्नुपर्ने शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका धारणा राखिएको छ । मधेश मानव अधिकार गृह (माहुरी होम) ले बाँकेका अल्पसंख्यक, सिमान्तकृत र दलित समुदायको अधिकारमा पहुँच अभिवृद्धिका लागि निर्वाचित कार्यपालिका सदस्यहरुलाई आयोजना दुई दिने क्षमता अभिवृद्धि तालिमका सहभागीहरुलाई संवैधानिक व्यवस्था अनुसार समुदायको प्रतिनिधित्व हुने गरेकाले बजेटमा पनि आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन सुझाव दिइएको हो । कार्यक्रमको अध्यक्षता गरेका माहुरी होमका निवर्तमान अध्यक्ष प्रेम चन्द जायसवालले संस्थाले उपेक्षित, सीमान्तकृत, दलित मधेशी, अल्पसंख्यक समुदायका लागि आवाज उठाउँदै उनीहरु केन्द्रित कार्यक्रम गर्दै आएका जानकारी दिएका थिए । उनले स्थानीय तह बजेट बनाउने प्रक्रियामा रहेकाले...
बढैयातालमा बांके युनेस्कोद्वारा सृजनात्मक सामाग्रीकाे प्रदर्शनी सम्पन्न

बढैयातालमा बांके युनेस्कोद्वारा सृजनात्मक सामाग्रीकाे प्रदर्शनी सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ५ । बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । बांके युनेस्को क्लबले प्लान नेपालसँगक्षाे साझेदारी तथा बढैयाताल गाउँपालिकाको शिक्षा शाखाको समन्वय र सहकार्यमा साे प्रदर्शनी सम्पन्न गरेको हाे। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा, सिर्जनशीलता र नवप्रवर्तनको प्रवर्द्धन गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । कार्यक्रममा १५ वटा सामुदायिक विद्यालयहरू सहभागी भएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका नविनतम सामग्रीहरू प्रदर्शन गरिएका थिए। बढैयातालका शिक्षा शाखा प्रमुख विश्वप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सामाजिक विकास ...
मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, ४ असार । बर्दिया जिल्लाकाे मधुबन नगरपालिकाका तीन विद्यालयलाई बिज्ञान विषयको ल्याब सामग्री उपलव्ध गराइएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत विद्यालयहरुलाई बिज्ञान विषयको सामग्री उपलव्ध गराइएको हो । परियोजना संयोजक तथा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द लामिछानेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीको गुराँस नमूना विद्यालय, वडा नं. ४ ढोढरीको नेपाल राष्ट्रिय नमूना विद्यालय र वडा नं. १ सूर्यपटवाको त्रिभुवन माध्यमिक विद्यालयलाई प्रति बिद्यालय दुई लाख ९३ हजार बढी मूल्यका सामग्री उपलव्ध गराइएको छ । मधुबन नगरपालिकास्थित गुराँस माविमा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले प्रधान अध्यापक केशव पौडेललाई ल्याब सामग्री हस्तान्तरण गर्नुभयाे । कार...
बर्दियाका तीन पालिकाका किशोरीहरुबीच सिकाई आदानप्रदान, अभियान संचालन गर्न सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिकाका किशोरीहरुबीच सिकाई आदानप्रदान, अभियान संचालन गर्न सामग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, ४ असार । प्लान इन्टरनेशन नेपालको सहयोग, गुलरिया नगरपालिकाको सहकार्य र बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना कार्यक्रमका सहभागि किशोरी तथा युवतीहरुबीच दुई दिने तालिममुखी सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । तालिम तथा सिकाई आदानप्रदान कार्यक्रममा गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका किशोरी तथा युवा क्लबहरु, धार्मिक गुरु, नागरिक समाजका अगुवा, स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममुखी सिकाई आदानप्रदान कार्यक्रममा कृष्ण पाण्डेले सहजीकरण गर्नुभएको थियो । साे कार्यक्रमकाे समापन समारोहमा सहभागिहरु सविना खान, भूमिका थारु, रत्ना सुनार र विष्णु गौतमले आआफ्नो अनुभव सुनाउँदै सिकाई आदानप्रदान निकै प्रभावकारी भएको बताउनुभएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि स...
कुखुरापालन व्यवसायकालागि ठाकुरबाबाका युवतीहरुलाई विभिन्न सामाग्री सहयोग

कुखुरापालन व्यवसायकालागि ठाकुरबाबाका युवतीहरुलाई विभिन्न सामाग्री सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार ३ । बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नं. ९, मा स्थानीय कुखुरापालन व्यवसायका लागि युवतीहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजनाअन्तर्गत साे सहयोग बितरण गरिएको हाे । ३९० घण्टा स्थानीय कुखुरापालन सम्बन्धी व्यावसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ठाकुरबाबाका १६ जना युवतीहरूलाई उक्त सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले बताउनुभयो । उहाँका अनुसार कुखुरा पालन व्यवसाय तालिममा सहभागी प्रत्येक युवतीलाई नगद भौचर सहायता मार्फत २३ हजार ७३० रुपियाँ बराबरको सामग्री वितरण गरिएको थियो। स्थानीय जातका कुखुरा पालनका लागि युवतीहुरुलाई स्थानीय कुखुराको चल्ला, फिडर, ड्रिंङ्गकर, डिजिटल तौल मेसिन, एप्रोन, पँजा, दाना, ब्रुडर, कुखुरे जाली, जस्ता...
राजापुरमा विषादी रहित तरकारी खेती व्यवसायकालागि ११ युवतीलाई सहयोग वितरण

राजापुरमा विषादी रहित तरकारी खेती व्यवसायकालागि ११ युवतीलाई सहयोग वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज,, असार २। बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिएको ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४, बर्दियामा विषादी रहित तरकारी खेती व्यवसायका लागि स्टार्ट-अप अनुदान वितरण गरिएको छ। ३९० घण्टे व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ११ जना युवतीहरूलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। साे कार्यक्रमको मुख्य उद्देश्य युवतीहरूलाई हरियाली व्यवसायमा स्थापित गराउँदै आत्मरोजगारी र आर्थिक स्वतन्त्रता हासिल गराउने तथा सामाजिक असमानता, हिंसा र बाल विवाह न्यूनीकरणमा योगदान पुर्‍याउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । साे सहयोग वितरण कार्यक्रम क्लबका अध्यक्ष तुलाधारको अध्यक्षतामा सम्पन्न भएकाे थियो । कार्यक्रमका प्रमुख अतिथि राजापुर...
राजापुरमा ‘बेतबाँस हस्तकला व्यवसाय’ का लागि १४ युवतीलाई स्टार्ट-अप सहयाेग वितरण

राजापुरमा ‘बेतबाँस हस्तकला व्यवसाय’ का लागि १४ युवतीलाई स्टार्ट-अप सहयाेग वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार २ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित ‘ग्रीन इकोनोमी परियोजना’ अन्तर्गत राजापुर नगरपालिका–४ मा बेतबाँस हस्तकला व्यवसाय सञ्चालन गर्ने १४ जना युवतीलाई स्टार्ट-अप अनुदान वितरण गरिएको छ। ३९० घण्टाको व्यवसायिक सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ती युवतीलाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत जनही २३,७३० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो। बितरण कार्यक्रममा सहभागी युवतीहरूले आत्मनिर्भर बन्ने आत्मविश्वासका साथ ग्रीन व्यवसायमा संलग्न हुने उत्साह व्यक्त गरेका थिए। कार्यक्रमको उद्देश्य आर्थिक समानता, हिंसा र बाल विवाह न्यूनीकरण गर्दै युवतीहरूलाई आत्मनिर्भर र आर्थिक रूपले सक्षम बनाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । उक्त वितरण कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष ...