समाचारदाता
नेपालगन्ज, असार २७ । बाँकेको नरैनापुर गाउँपालिकाका मुस्लिम धर्मगुरु र इमामहरुले समुदायमा कुपोषणको समस्या धेरै देखिएकोले पोषणसम्बन्धी सही सन्देश प्रवाह गर्दै बाल कुपोषण न्यूनीकरण र स्वस्थ तथा पोषणयुक्त समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समुदायमा पोषण सम्बन्धि सचेतना फैलाउने उदेश्यले बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा जीवनकालागि पोषण परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका–२ स्थित मदरसा सिराजिया इसरारुल उलूममा आयोजना गरेको एकदिने पोषण अभिमुखीकरण कार्यक्रममा धार्मिक अगुवाले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
कार्यक्रमको उद्देश्य मुस्लिम धार्मिक अगुवा इमाम तथा मौलानाहरूको पोषणसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि गर्दै धार्मिक प्रवचन र समुदायस्तरीय सचेतनामार्फत बालबालिका तथा जोखिममा रहेका परिवारमा कुपोषण रोकथा...
समाचारदाता
नेपालगन्ज, असार २६ । बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “जीवनकालागि पोषण“ परियोजनाअन्तर्गत जानकी गाउँपालिका–६, भाटनपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका उप–प्रधानाध्यापक दिपराज आरसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ३० जना विद्यार्थी (१२ छात्र र १८ छात्रा) को सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा पोषण, विद्यालय सरसफाइ, महिनावारी स्वच्छता, प्राथमिक उपचार, बाल क्लब परिचालन, विद्यालय दिवा खाजाको महत्व, किशोरीहरूका लागि आइरन तथा फोलिक एसिड सेवन, राष्ट्रिय पोषण सप्ताह, जुकाको औषधि सेवन तथा सकारात्मक व्यवहार परिवर्तन सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यक्रमको सुरुवातमा विद्यालयकी शिक्षिका तथा बाल...
समाचारदाता
नेपालगन्ज, २३ बैशाख । यस वर्ष नेपालगन्जबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान लाग्नु भएका हजयात्रीहरुकालागि नेकपा माओवादी केन्द्रको वडा नम्बर ५ को वडा कमिटिले सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ ।
नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला सदस्य वरिष्ठ समाजसेवी कल्पना शर्माको संयोजकत्वमा मंगलवार आयोजना गरिएको हजयात्रीहरुको सम्मान तथा शुभकामना कार्यक्रममा हजयात्रीहरुलाई सम्मान गर्नुका साथै उनिहरुको हजयात्रा सफलताको शुभकामना व्यक्त गरियो ।
सो अवसरमा कार्यक्रम संयोजक शर्माले हजयात्रीहरुलाई माला लगाएर सम्मान गर्नुभयो भने अन्य अतिथिहरुले टोपी लगाएर शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका अध्यक्ष प्रेम शाहले हजयात्रामा जाने नेपालगन्जवासीलाई सम्मान गर्न पाउँदा खुशी लागेको जनाउँदै हजयात्राको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा बोल्...
टि डि खोप समिक्षा तथा योजना बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ७ । बी ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनकालागि नेपालगन्जका सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।
परियोजनाका संयोजक समद सिद्दिकीले दिनुभएको जानकारी अनुसार परियोजना अन्तर्गत सरसफाईकर्मी र कृषकलाई मध्यनजर गरि उहाहरुको पेशागत जोखिम न्यूनीकरण गर्न, स्वास्थ्य सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनका लागि पेशागत स्वास्थ्य सेवा प्रणाली बलियो बनाउने उद्धेश्यले नेपालगन्ज ४ को सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र नेपालगन्ज २ को सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरिएको हो ।
नेपालगन्जका दुईटा स्वास्थ्य संस्थालाई चार लाख ६८ हजार २१४ रुपियाँ बराबर...
समाचारदाता
नेपालगन्ज, जेठ ३० । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो ।
सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बाँके युन...
समाचारदाता
नेपालगन्ज, असार ८ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले नेपालगन्जमा रहेको खेलकुदका संरचनाहरुको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री यादवले साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अन्तर्गतको नेपालगन्ज रंगशाला परिसरमा रहेका, रंगशाला, पौडी पोखरी, कवर्ड हल, सुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाको निरीक्षण तथा अनुगमन गर्नुभएको हो ।
सो क्रममा मन्त्री यादवले बाँकेको खेल क्षेत्रको विकास र संरक्षणका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यसको लागि आफ्नो संसदीय कोषबाट मात्र नभइ खेलकुद मन्त्रालय र प्रदेश सरकारसँग समेत कुरा गर्ने बताउनुभयो ।
समितिका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरुको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाबारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी समितिका प्राविधिक सल्लाहकार फरमान अली...
समाचारदाता
नेपालगन्ज, असार ३ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बाल अधिकार समितिको संयुक्त बैठक सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक आयोजना गरिएको थियो ।
मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बाल अधिकार समितिका सदस्यहरू, वडा प्रतिनिधिहरू तथा बाल संरक्षण र मानव बेचबिखन विरुद्ध कार्यरत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
बैठकको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिक तथा महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले गर्नु भएको थियो । कार्यक्रममा मानव बेचबिखन तथा हिंसाको जोखिममा रहेका व्यक्ति र बालबालिकाको संरक्षण, उद्धार तथ...
समाचारदाता
बर्दिया, असार ३ । युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा बाख्रा तथा बंगुर पालन सम्बन्धी तीनदिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ।
तालिममार्फत स्थानीय युवायुवतीहरूलाई व्यावसायिक तथा बजारमुखी पशुपालन सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो। कार्यक्रममा कुल ९१ जना युवा सहभागी भएका थिए, जसमा ६२ जना बंगुर पालन तथा २९ जना बाख्रा पालन सम्बन्धी तालिममा सहभागी भएका थिए। तीन समूहमा सञ्चालन गरिएको तालिममा ठाकुरबाबा नगरपालिकाका ४६ जना र मधुवन नगरपालिकाका ४५ जना युवाको सहभागिता रहेको थियो।
प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बाँके युनेस्को क्लबको कार्यान्वयनमा सञ्चालित तालिममा उन्नत जातका पशु छनोट, उपयुक्त खोर निर्माण, जैविक सुरक्षा ९बायोसेक्युरिटी०, पोषण तथा आहार व्यवस्थापन, प्रजनन स्वास्थ्य, ग...
समाचारदाता
बर्दिया, असार १ । बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बनाउँदै आर्थिक रुपमा सक्षम बनाउने अभियान अन्तर्गतको कार्यक्रमको घरधुरीस्तरीय स्थलगत अनुगमन गरिएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा ती दुई पालिकामा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा परियोजनाबाट प्राप्त सहयोगको प्रभाव, उद्यमहरूको प्रगति तथा आत्मनिर्भरता र दिगो जीविकोपार्जनतर्फ अघि बढिरहेका युवा उद्यमीहरूको प्रेरणादायी यात्राको मूल्यांकन गरिएको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले सो परियोजनाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका ती दुई पालिकाका १०० जना युवालाई स्वरोजगार र दिगो जीविकोपार्जन प्रवद्र्धनकालागि वस्तुगत स्टार्टअप सहय...
समाचारदाता
बर्दिया, मधुवन जेठ २९ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ स्थित शुक्र माध्यमिक विद्यालयमा मानव बेचबिखन रोकथामसम्बन्धी सडक नाटक प्रदर्शन गरी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिकाको समन्वयमा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाअन्तर्गत सो जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थी तथा समुदायका सदस्यहरूलाई मानव बेचबिखनका जोखिम, कारण र प्रभावबारे सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वास्तविक जीवनका घटनामा आधारित प्रस्तुति तथा अन्तरक्रियात्मक कथनशैली प्रयोग गरिएको थियो ।
नाटकमार्फत बालबालिका तथा किशोरकिशोरीहरूलाई आफू र अरूलाई शोषण तथा बेचबिखनबाट जोगाउन सचेत, जिम्मेवार र सतर्क बन्न प्रेरित गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, शिक्षा तथा महिला तथा बा...