प्रधानमन्त्री बनेका नेताहरुको क्षेत्रभन्दा बाँके २ मा बढी विकास भएको छ–पुर्वमन्त्री राई
समाचारदाता
नेपालगन्ज, पुस ६ । जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरुको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी बिकास भएको दावी गर्नु भएको छ ।
उहाँले निर्वाचन जितेर पटक पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा र माधवकुमार नेपालको निर्वाचन क्षेत्रभन्दा बाँके क्षेत्र नम्बर २ मा धेरै राम्रो विकास भएको बताउनुभयो ।
खजुरा गाउँपालिकाको उढरापुर चोकमा बाँके क्षेत्र नम्बर ३ का नागरिकसँग प्रत्यक्ष सम्वाद गर्दै उहाँले आफुले अझैपनि बाँकेलाई झन बढी बिकसित र राम्रो बनाउने योजना र लक्ष्यका साथ अघि बढेको जानकारी गराउनुभयो ।
विगतका निर्वाचनहरुका बेला आफूले गरेको बाचा र योजनाले मूर्त रुप लिइरहेको जनाउँदै उहाँले गत निर्वाचनमा चुनाव जितेकाले सिन्को पनि न भाँचेको बताउनुभयो ।
उहाँले गत प...









