सयौं मोटरसाइकलसहितको रयालीले नेकपाका विष्टको पक्षमा माहोल थप बलियो बनायो, मतदाता उत्साहित
समाचारदाता
नेपालगन्ज, फागुन १७ । निर्वाचन हुन तीन दिन मात्र बाँकी रहेको अवस्थालाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी बाँके क्षेत्र नं २ ले बृहत मोटरसाइकल र्याली प्रदर्शन गरेको छ। चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला गरिएको यो शक्तिप्रदर्शनले नेपालगन्जको मुख्य सडक र गल्लीहरू उत्साहले भरिएका थिए।
र्यालीमा बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार युवा नेता दिपेन्द्र बिष्टलाई गाडीको पछाडिको डालामा उभ्याइएको थियो। सयौंको संख्यामा मोटरसाइकलसहित समर्थकहरूले नेपालगन्ज परिक्रमा गर्दै नाराबाजी र अभिवादनमार्फत समर्थन व्यक्त गरेका थिए।
नेपाली कम्युनिस्ट पार्टी बाँकेको पार्टी कार्यालय नेपालगन्ज बसपार्क रोडबाट सुरु भएको र्यालीले शहरका प्रमुख चोक, बजार र आवासीय क्षेत्र परिक्रमा गरेको निर्वाचन परिचालन समितिकी संयोजक पुर्णा कुमारी सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार, र्याल...









