समाचारदाता
नेपालगन्ज, भदौ ८ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा देखाएर टप १० भित्र पर्न सफल नेपालगन्जकी चेली नबिना रानाभाटलाई जिताउने अभियान बाँकेमा तिव्र पारिएको छ ।
चर्चित रियालिटी शो एक्टिङ स्टारमा टप १० भित्र प्रवेश गरेकी रानाभाटलाई जिताउन बाँकेका स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार, विद्यार्थि, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु क्रियाशिल हुनुहुन्छ ।
उहाँहरुले बाँकेकी स्टार चेली नबिनालाई भोट गरेर विजयी गराउन विभिन्न माध्यमबाट सबैसंग अनुरोध गरिरहनु भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ ।
अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप १० मा पुग्न सफल नबिनाले आगामी चरणमा लुम्बिनी प्रदेश र बाँके जिल्लाको कथा आफ्ना प...
समाचारदाता
काठमाण्डौ, १० साउन । गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ ।
शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।
पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , आर्थिक अवस्था वारे जानकारी दिन र लिन सहयोगी हुने बिस्वास व्यक्त गरे । हिजोको समाजको अवस्था बारे युवा पुस्ता लाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो ।
रुद्राक्ष फिल्स प्रालिको व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन । भाद्र दोस्रो साता देखी चलचित्रको छायाकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फाग...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईश्तियाक राईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा डुडुवामा विभिन्न पार्टी परित्याग गरि २२ जना प्रभावशाली स्थानीय नेताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
मंगलवार डुडुवामा आयोजना गरिएको एक कार्यक्रममा नेपाली कांग्रेस डुडुवाका प्रभावशाली नेता तथा वडा न २ बेतहनीका निर्वाचित वडा सदस्य ईजाजुद्दीन खां र माओवादी केन्द्रका पुराना नेता सब्बीर खां लगायत बिभिन्न पार्टी परित्याग गरी २२ जना प्रभावशाली नेताहरु जसपामा प्रवेश गरेको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो ।
प्रवेश गर्नेहरुलाई पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद ईश्तियाक राईले सदस्यता प्रदान गर्दै सही समयमा सही निर्णय लिएको जनाउँदै बाँकेमा जसपा दिनदिनै बलियो हुँद...
गोरखापत्र अनलाइन
नेपालगञ्ज, फागुन ९ । विगतमा भएको सहमति विपरित नेपालगञ्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक स्थापना गरिएको जनाउँदै सत्ता गठबन्धनका चार दलले सो हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्टिय जनमोर्चा बाँकेले सोमवार प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएर तत्काल नहटाईए आफुहरुले हटाउन बाध्य हुने जनाएका छन् ।
सो ज्ञापन पत्रमा जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान सहीदहरुको अपमान गरि प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गरिएको छ । साथै प्रहरी प्रशासनले नहटाए आफुहरुले हटाउने र त्यस क्रममा हुने जुनसुकै घट्नाको जिम्मेवार प्रहरी प्रशासन हुने पनि ज्ञापनप...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २९ । पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगन्जको बेलासपुरमा एभियसन हवाई म्युजियमको स्थापना गरिएको छ ।
धनगढीमा रहेको उक्त म्युजियमलाई स्थानान्तरण गरी नेपालगन्जमा स्थापना गरिएको हो । १ करोड ८० लाख लगानीमा स्थापना भएको म्याजियम शनिवारदेखि सञ्चालनमा आउने क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई हवाई सम्बन्धी जानकारी दिने तथा आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले म्युजियमको स्थापना भएको हो । ठूलो जहाजभित्र २ सय भन्दा बढी मोडेलका जहाजहरु पनि राखिएको छ । साथै पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० उत्कृष्ट फोटोहरु पनि राखिएको उप्रेतीले बताउनुभयो ।
स्कुलका विद्यार्थीहरुका लागि छुटसहित टिकटको व्यवस्था रहेको जनाइएको छ । यसअघि धनगढीमा रहेको सो म्युजियम हेर्न नेपालका विभिन्न सहर र भारतका विभिन्न सहरबाट ठुलो संख्यामा पर्यटक पुग्ने ग...
सिराज खान
नेपालगञ्ज, २१ कात्तिक । कोरोना महामारीका कारण करिब दुई वर्षदेखि बन्द रहेको र खुलेपछि पनि सुनसान रहेको नेपालगञ्जको बागेश्वरी क्युएफएक्स सिनेमा हलमा अहिले प्राय हरेक शो हाउसफुल चलिरहेको छ ।
कोरोनाले थलिएको नेपालगञ्जको सो सिनेमा हललाई बलिउड चलचित्र ‘सूर्यवंशी’ ले चलायमान मात्र बनाएन, हाउसफुलसम्म पुरयाएको छ । लामो समयपछि सिनेमा हल हाउसफुल भएपछि क्युएफएक्स को व्यवस्थापन उत्साहित देखिएको छ ।
कोरोनाको दोस्रो लहरपछि गत असोज महिनाको अन्तिमबाट सिनेमाहल सञ्चालनमा आएपनि दर्शकहरु हलसम्म पुगेका थिएनन् ।
तर गत शुक्रबारबाट ‘सूर्यवंशी’ चलचित्र प्रदर्शनमा आएपछि हलमा चलचित्र हेर्ने दर्शकको उपस्थिति अतिनै राम्रो र उत्साहजनक देखिएको बागेश्वरी क्युएफएक्सका शाक्यले बताउनुभयो ।
उहाँले शुक्रवारदेखिनै हलमा दर्शकको चाप देखिएकोले प्रायजसो सबै शो हाउसफुल गएको बताउनुभयो । यो सिनेमाले दर्शकलाई तान...
काठमाण्डौ, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।
शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा। केशु खड्का घोषित भए ।
उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत थिए ।(साभार)...
नेपालगञ्ज, कात्तिक ११ । आफ्नो दमदार अभिनयका लागि चर्चित परेश रापलले पहिलो पटक आफ्नो प्रेम कहानीबारे खुलासा गरेका छन् । परेश रावलले एक अन्तरवार्तामा स्वरुप सम्पतलाई विवाहका लागि कसरी प्रस्ताव राखेका थिए भनेर जानकारी दिएका छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘मैले आफ्नो एकजना साथीलाई आफूले स्वरुपसँग विवाह गर्न चाहेको बताएको थिएँ । त्यसको ठिक १२ वर्ष पछि मैले ती युवतीसँग विवाह गरेँ ।’
स्मरण रहोस्, परेश रावल र स्वरुप सम्पतले सन् १९८७ मा विवाह गरेका थिए । पूर्व अभिनेत्री स्वरुप सम्पतले सन् १९७९ मा मिस इन्डियाको उपाधि जितेकी थिइन् । परेश र स्वरुपका दुई छोरा आदित्य र अनिरुद्ध छन् । ’ आफ्नो नयाँ साक्षात्कारमा रावलले भने, ‘मैले सोचिसकेकी थिएँ कि यो युवती नै मेरी श्रीमती बन्नेछिन् । त्यतिबेला मेरा साथी महेन्द्र जोशी मसँग थिए ।’
परेशका अनुसार त्यतिबेला उनका साथीले उनलाई भनेका थि...