बालमैत्री समाज निर्माणकालागि सबै पक्षविच साझा प्रतिवद्धता आवश्यक–मन्त्री तिमिल्सिना
समाचारदाता
नेपालगन्ज, ३ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताएका छन् ।
“बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम” कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय, अनुगमन तथा निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री तिमिल्सिनाले बालमैत्री वातावरण निर्माणका लागि सरकारी निकायसँगै नागरिक समाज, सञ्चारमाध्यम, अभिभावक तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख ग...








