नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ९ । कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि नारायणप्रसाद गौडेल नेतृत्वको प्यानलले आफ्ना सदस्य पदका उम्मेदवारहरुको नाम घोषणा गरेको छ । कांग्रेस बाँकेको कार्यालयमा सोमबार एक कार्यक्रमका बीच उम्मेदवारहरु घोषणा गरिएको हो ।
गौडेल प्यानलका सचिवालय संयोजक तथा पार्टीका लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुषालले उम्मेदवारको नाम घोषणा गर्दै नेपालगन्ज उपमहानगरपालिका खुला सदस्य पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट रहेको बताउनुभयो ।
यस्तै कोहलपुर नगरपालिकाबाट खुलामा ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल, खजुराबाट खुला सदस्यमा पारसनाथ योगी, राप्तीसोनारी गाउँपालिकाबाट खुला सदस्यमा टिकाराम बस्नेत र महिला सदस्यमा तिला कार्की रहेको उहाँले घोषणा गर्नुभयो ।
सोही प्रकारले नरैनापुर गाउँपालिकाबाट खुला सदस्यमा महबुब अलि शेष र महिला सदस्य...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ९ । राप्रपा नेपालको केन्द्रिय समितिमा बाँकेका ७ जना नेताहरु मनोनित हुनुभएको छ । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री कमल थापाले राप्रपा पार्टी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पार्टी परित्याग गरेका थिए ।
राप्रपा नेपाललाई पुर्नगठन गर्दै थापाको अध्यक्षतामा घोषणा गरिएको राप्रपा नेपाल पार्टीको केन्द्रिय समितिलाई पूर्णता दिनेक्रममा बाँकेबाट हिक्मत ढकाल, खेमराज गौतम, टोपेन्द्र बहादुर शाहि, श्रीधर सुवेदी, मो खालिद ईराकी, आशा धिमाल र लक्ष्मी हमाल केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।
यस्तै बाँकेबाट राप्रपाको राजनीति शुरु गरेका युवा नेता पुरु दाहाल पनि कैलाली जिल्लाबाट केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । राप्रपा नेपालको केन्द्रिय सदस्यमा समेटिएका ढकाल राप्रपाको केन्द्रिय पदाधिकारी रहिसकेका यस क्षेत्रकै प्रभावश...
गोरखापत्र अनलाइन
नेपालगञ्ज, फागुन ९ । विगतमा भएको सहमति विपरित नेपालगञ्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक स्थापना गरिएको जनाउँदै सत्ता गठबन्धनका चार दलले सो हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्टिय जनमोर्चा बाँकेले सोमवार प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएर तत्काल नहटाईए आफुहरुले हटाउन बाध्य हुने जनाएका छन् ।
सो ज्ञापन पत्रमा जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान सहीदहरुको अपमान गरि प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गरिएको छ । साथै प्रहरी प्रशासनले नहटाए आफुहरुले हटाउने र त्यस क्रममा हुने जुनसुकै घट्नाको जिम्मेवार प्रहरी प्रशासन हुने पनि ज्ञापनप...
नेपालगञ्ज, फागुन ७ । बाँकेमा मानव अधिकार ज्यादतीका घटनामा ९५ प्रतिशत महिला पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले शनिबार नेपालगन्जमा सार्वजनिकीकरण गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा बाँकेमा सन् २०२१ मा मानव अधिकार ज्यादतीका घटना भएकोमा ११८ जना महिला र ६ पुरुष गरी १२४ जना पीडित भएको उल्लेख छ ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतका अनुसार महिला अधिकार उल्लंघनका ९४ र बालअधिकारका १७ घटना भएका थिए । पुरुषमाथि कुटपिट ३, हत्या २ र विद्यालयमा शारीरिक सजाय एक जना पुरुषले पाएका छन् । अरु सबै ज्यादतीमा महिला पीडित छन् । सबैभन्दा बढी घरेलु हिंसामा ८३, बलात्कार २३, कुटपिट ६, यौन दुव्र्यवहार ३, हत्या २, र बालश्रमका घटना एक वटा भएका थिए ।
संयोजक महतले लुम्बिनी प्रदेशमा भने ६० प्रतिशत घटना महिला अधिकार उल्लङ्घनका थिए । अधिकार उल्लङ्घनका घटनामा राज्यका तर्फबा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ६ । एमसीसी पास नगर्न खगरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरुले शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा खवरदारी गर्दै विरोध प्रदर्शन गरेका छन ।
वाईसिएल,अखिल क्रान्तिकारी,अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएत संगठनहरुले संयुक्त रुपमा बाँकेका दुबै सहरमा बिरोध प्रदर्शन गरेका हुन ।
नेपालगञ्जस्थित माओवादी केन्द्रको पार्टी कार्यालयबाट विभिन्न नराराहरु लगाउँदै शुरु भएको विरोध जुलुसले त्रिवेणी मोड, त्रिभुवनचोक, विपी चोक हुँदै धम्बोझी चोकमा पुगेर विरोधसभाको आयोजना गरेको थियो । सो विरोध प्रदर्शनमा एमसीसी खारेज गर, एमसीसी चाहिंदैन, यो राष्टघाती हो जस्ता नाराहरु लगाउँदै बलजफ्ती जनतामाथि लाद्ने कार्य गरिए कडा आन्दोलनको चेतावनी समेत प्रदर्शनकारीहरुले दिएका थिए ।
विरोधसभालाई सम्बोधन गर्दै वाईसियलका केन्द्रिय संयोजक सुमन देवकोटाले कुनैपनि हालत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । एमसीसीको खारेजीको माग गर्दै विभिन्न पाँच दलले नेपाल बन्दको आहवान गरेकै दिन बुधवार नेपालगञ्जमा राप्रपा र नेकपा माओदी निकट अखिल क्रान्तिकारी तथा वाईसिएलले पनि विरोध प्रदर्शनको आयोजना गरेका छन् ।
एमसीसीको खारेजीको मागसहित विभिन्न प्लेकार्ड बोकेका उनिहरुले विभिन्न नारा लगाउँदै नगरका विभिन्न भारगमा जुलुस प्रदर्शन गर्दै चर्को विरोध गरेका हुन् । युवाहरुको बृहत्त सहभागिता रहेको विरोध प्रदर्शनमा कुनै पनि हालतमा एमसीसी लागु गर्न नहुनेमा उनिहरुको जोड थियो ।
नेकपा माओवादी केन्द्र बाँकेको पार्टी कार्यालयबाट शुरु भएको अखिल क्रान्तिकारी र वाईसियलको विरोध प्रदर्शन अन्तर्गत नगरको विभिन्न भागको परिक्रमा गरेर जुलुस जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर समापन गरिएको थियो । समापन अघि प्रदर्शनकारीहरुले निकै बेरसम्म नाराबाजी गरेका थिए ।
समापनमा बोल्दै विद्यार्थि ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बुधबार भएको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच केही बेर झडप र धक्कामुक्की भएको छ ।
सत्ता गठबन्धन नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोगको प्रयास गरेको थियो ।
धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच करिब १५, २० मिनेट तनावको स्थिति देखा परेको थियो । सोही क्रममा अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको थियो । प्रहरी र आन्दोलनकारी बिचको तनाव अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई छोडेपछी साम्य भएको थियो ।
नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा टाएर बालेर एमसिसी चाहिदैन...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले काँग्रेसले एमसिसीलाई संसदमा टेबुल गरेको खण्डमा नेकपा माओबादी केन्द्रले गठबन्धन र सरकार छोड्ने बताउनुभएको छ । उहाले नेपालगञ्ज र कोहलपुरमा आयोजित कार्यकर्ता प्रशिक्षण र नगर कमिटिको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
काँग्रेसले शंसोधन नगरि यथास्थितिमा एमसिसी संसदमा ल्याएको खण्डमा माओवादी केन्द्रले गठबन्धनबाट अलग्गिने र सरकारपनि छोड्ने जनाउँदै कुनै पनि हालतमा शंसोधन नगरेर पास गर्न नदिने बताउनुभयो । उहाँले एमसीसी अब कुनै दलको मात्रै विषय नरहेको जनाउँदै यो विषय अब समग्र नेपाली जनताको विष बनिसकेको प्रष्ट पार्दै राष्टिय सहमति विना पारित गर्न नसकिने माओवादीको अडान रहेको बताउनुभयो ।
उहाँले माओवादीले देशहितलाई सबैभन्दा बढी प्राथमिकता राखेको जनाउँदै राष्ट र जनताका अगाडी कुनै पनि वि...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । एमसिसीको बिरोधमा बुधवार पाँच दलद्धारा गरिएको नेपाल बन्दको प्रभाव बाँकेमा पनि देखिएको छ । बन्दका कारण नेपालगञ्ज लगायत बाँकेमा यातायात सबैभन्दा बढी प्रभावित भएको छ भने विद्यालयहरु पनि बन्द भएका छन् । केही ठाउँमा बजार र पसल पनि बन्दकर्ताले बन्द गराएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसीसीको विरोधमा बुधवार नेपाल बन्दको आहवान गरेका छ ।
नेपालगन्जमा बिहानैदेखि लामो तथा छोटो दुरीका कुनैपनि गाडी गुडेका छैनन भने बिद्यालय पनि ठप्प रहेका छन । बजार सामान्य खुलेको छ भने रिक्सा, मोटरसाइकल तथ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ३ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टीका उम्मेदवार बन्नु भएका कमरुद्दिन राईले उम्मेदवारी घोषणासंगै चुनावी अभियानलाई पनि तिव्र पार्नुभएको छ । राईले आफ्नो उम्मेदवारी नेपालगञ्जको विकास र सम्बृद्धिका लागि भएको जनाउँदै उपमहानगरका २३ वटै वडालाई समानुपातिक ढंगले विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
अहिलेका मेयर धवलशम्शशेर राणाले नगरपालिका भित्र विभेदपूर्ण तरिकाले विकास गरेको जनाउँदै उम्मेदवार राइले आफुले सबै वडालाई समान रुपमा विकासमा अगाडी बढाउने बताउनुभएको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पछाडी पारिएका नेपालगञ्ज उपमहानगरपालि भित्रका वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा विकास नभएको राईले बताउनुभयो । मेयर राणाले शहरीक्षेत्रका केही वडाको विकास गरेप...