नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । जिल्ला प्रहरी कार्यालय बाँकेले बैतडीबाट अपहरणमा परेका भनिएका एकजना शिक्षकको डुडुवा कम्दीको राप्ती नदी किनारबाट उद्धार गरेको छ । बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे राप्ती किनारबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अवस्थीले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखेका थिए । त्यसपछि उनका आफन्तहरुले बाँके प्रहरीलाई खबर गरेका थिए । अवस्थीको खोजी गर्दा राप्ती नदी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले खबर पाए लगत्तै अगैया र कम्दीस्थित नदी किनारमा प्रहरी परिचालन गरेर कम्दीको राप्ती बगरमा उहाँलाई भिजेको अवस्थामा भेटाएको बताउनुभयो । उद्धारपछि अवस्थीको भेरी अस्पतालमा उपचार गराएर उनलाई सुरिक्षत राखिएकोमा बैतडीबाट उनका आफ...
सिराज खान
नेपालगञ्ज, पुस २४ । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा गत तीन दिनको अवधीमा दुई जना महिलाको मृत्यु भएको छ । बाघले झम्टेर जंगलमा लगी विहिबार एक जना महिलाको मृत्यु भएको थियो भने शनिवार विहान पनि एक जना महिलालाई झम्टेर मारेको छ ।
गत केही समययता राप्तीसोनारीमा दैनिकजसो स्थानीयमाथि आक्रमण गरिरहेको बाघले बस्ती नजिकै पुगेर सर्वसाधारणलाई तानेर जंगलमा लगेर खाने गरेको पाईएको छ ।
शनिवार विहान राप्तीसोनारी ६ हब्रहवा घर भएकी ३० वर्षिया चाँदनी थारु नजिकै दाउरा लिन गएको बेला बाघले झम्टेर जंगलमा लगेको थियो । प्रहरीको सहयोगमा स्थानीयले खोजी गर्दा दिउँसो १२ बजे सिद्धेश्वर सामुदायीक वनमा महिलाको क्षतविक्षत शव फेला परेको वडा नम्बर ६ का वडा अध्यक्ष जनक बहादुर थारुले बताउनुभयो ।
उहाँले आफ्नो वडा लगायत समग्र पालिकाका जनता बाघले आतंकित बने पनि सम्बन्धित निकायले बाघ धपाउन वा नियन्त्रणमा लिन गम्भीर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले जिल्लाको ट्राफिक व्यवस्थापनको सुधारका लागि विशेष अभियान चलाउनुका साथै विभिन्न योजना र कार्यक्रम बनाएर अगाडी बढ्ने बताउनु भएको छ । उहाँले सवारी दुर्घटना न्यूनिकरणका लागि प्रभावकारी अभियान चालिने पनि बताउनुभयो ।
जिल्ला ट्राफिक प्रमुखको कार्यभार सम्हालेको केही दिनपछि शुक्रवार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक शाहले ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन चाल्नु पर्ने सबै आवश्यक कदमहर चालिने जनाउँदै सो कार्यमा सबैको सहयोग माग्नुभयो । उहाँले सवारी साधनका चालक, यातायात व्यवसायी, आम नागरिक र अन्य उद्योगी व्यवसायी सबैको सहयोगले मात्रै ट्राफिक व्यवस्थापनमा सुधार गर्न सकिने बताउनुभयो ।
दुर्घटना न्यूनिकरणका लागि मापसे चेकिङ, अटो रिक्सा, ई रिक्सा व्यवस्थ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २३ । विहिबार मात्रै एक जना महिलाको ज्यान लिएको पाटे बाघले शुक्रवार पनि बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन माथि आक्रमण गरेको छ । जंगलमा बाख्रा चराउन गएका पुनलाई शुक्रबार पाटेबाघले आक्रमण गरेपछि उनि जोगिन सफल भएका छन् तर उनको एक बाख्रा बाघले खाएको छ भने तीन वटा बाख्रा हराई रहेका छन् । तीन वटा बाख्रालाई बाघले घाइते पनि बनाएको पुनले बताउनुभयो ।
स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र बाख्रा चराउन गएको बेला झाडीमा लुकेर बसेको बाघले पुन र उहाँका बाख्रामाथि आक्रमण गरेको थियो ।
‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट म जोगिए, तर बाख्रालाई बचाउन सकिएन,’ पुनले भन्नुभयो । शुक्रबार दिउँसो करिव ३ बजेतिर बाघले आफुलाई झम्टिने प्रयास गरेपनि बाँच्न सफल भएको उहाँले बताउनुभयो ।
बाघले पुनको एउटा बाख्रालाई मारेको छ भने तीन ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज २३ पुस । लुम्बिनी नेपाली काँगे्रसका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनु भएको छ ।
नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली काँग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मूल्यांकन गरिने बताउनुभयो ।
शुक्रबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी काँग्रेसको आगामी योजनाका विषयमा जानकारी गराउँदै उहाँले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताउनुभयो ।
‘लुम्बिनी काँग्रेसका महामन्त्री बिक्रम खनालको संयोजकत्वमा प्रदेशको चार वर्षे योजना बनिरहेको छ । केहीदिनपछि ड्राफ्ट बनिसकेपछि जिल्ला–जिल्लासम्म त्यो ड्राफ्ट पठाएर पुनः करेक्सन गरि पास गर्ने योजनामा हामी छौं’ पुनले भन्नुभयो ।
हालै सम्पन्न काँग्रेसको १४ औं महाधिवेश...
नेपालगञ्ज, पुस २२ । पहिलो संविधानसभा सदस्य स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्झनामा तयार पारिएको ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका नेपालगञ्जमा विमोचन गरिएको छ । विहिबार नेपालगञ्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरि गैर सरकारी संस्था मंहासंघ बाँकेले पुस्तक विमोचन गरेको हो ।
विमोचन गरिएको सो पुस्तकमा वरिष्ठ समाजसेवी तथा अगुवा मुस्लिम महिला सिद्धिकीसंग सम्बन्धित ३६ वटा आलेख, अन्तरवार्ता, संस्मरण तथा समाचाहरु समेटिएका छन् ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकीले ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका प्रकाशन हुनु स्वर्गिय मोहम्मदी सिद्विकीको सम्मानमा एक ईटा थप्नुमात्र नभई एउटा मुस्लिम महिलाले गरेको संर्घषको ईतिहास समेत लेखिएको बताइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्मानमा एक अक्षयकोषको स्थापना गर्नमा जोड दिनुका साथै उनको...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २२ । केही समययता आएर शुरु भएको जिल्लाका विभिन्न स्थानमा बाघले मानिसलाई मार्ने तथा आक्रमण गर्ने क्रम जारी नै रहेको छ । सोही क्रममा बाघको आक्रमणबाट जिल्लाको राप्तीसोनारीमा थप एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–४, प्रसोनाकी ५२ वर्षीया लीला विष्टको विहिबार बाघको आक्रमणबाट मृत्यु भएको हो।
बिहीबार दिउँसो १२ बजेतिर स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो।
विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए। दुई बजेतिर प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको थियो। होहल्ला गर्दा पनि बाघ नभागेपछि प्रहरीले दुई राउन्ड फायर गरेपछि मात्र शव छोडेर बाघ भागेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो।
यसअघि बुधबार मात्रै राप्तीसोनारी गाउँपा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २२ । चिसोले समस्यामा परेका बाँके डुडुवा गाउँपालिका ६ मगन्ता टोलका सय विपन्न र गरिब परिवारलाई सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले कम्बल तथा खाद्यान्न वितरण गरेको छ।
परापुर्व कालदेखिनै अधिकांशले मागेर गुजारा चलाउँदै आएका मगन्ताटोलका वासिन्दालाई अहिलेको अत्याधिक चिसोले निकै समस्या परेकोले उनीहरुलाई परेको अप्ठेरोलाई ध्यानमा राखेर कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताउनुभयो ।
श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १९ । काफ्ले समाज बाँकेले आज नयाँ कार्यसमिती चयन गरेको छ। सोमबार समाजका अध्यक्ष धनप्रसाद काफ्लेको अध्यक्षतामा भेला सम्पन्न भएको हो।
भेलाले अम्बिका काफ्लेको नेतृत्व रहने गरि २१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।जसमा अध्यक्ष अम्बिका काफ्ले , उपाध्यक्ष दुर्गाप्रसाद काफ्ले, डिलाकुमारी काफ्ले, उत्सव काफ्ले, सचिवमा अमृत काफ्ले,कोषाध्यक्षमा राजेन्द्र काफ्ले, सहसचिवमा उमेश काफ्ले सदस्यहरुमा लक्ष्मी काफ्ले, कृष्ण काफ्ले,भाष्कर काफ्ले,नारायण प्रसाद काफ्ले र नेत्र काफ्ले रहेका छन् ।
काफ्ले समाजको भेलामा बाँके जिल्लामा बसोबास गर्ने काफ्ले बन्धुहरुको उपस्थिति रहेको थियो।
...
सिराज खान
नेपालगञ्ज, पुस १९ । केही समयअघिसम्म जिल्लाकै सबैभन्दा बढी पिछिडिएको मानिने नरैनापुर गाउँपालिकामा स्थानीय सरकार निर्वाचित भएपछि अहिले सो क्षेत्रको मुहारनै परिवर्तन भएको छ । विकास निर्माणमा मात्र नभएर जनताको जिवनस्तर उकास्ने कामदेखि शिक्षा र स्वास्थ्यका क्षेत्रमा समेत उल्लेखनीय प्रगतिहरु भएको स्थानीयको भनाई छ ।
नरैनापुर क्षेत्रमा धार्मक रुपमा सबैभन्दा सम्मानित मियाँ साहेब परिवारका सदस्य ईश्तियाक अहमद शाहको नेतृत्वमा सरकार गठन भएपछि सो क्षेत्रका जनताले वास्तवमै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेको स्थानीयले बताएका छन् ।
संघिय सांसद तथा हालका मन्त्री महेश्वर गहतराज अथक र प्रदेश सभासद कृष्णा केसी नमुनासंगको समन्वय र सहयोगमा पहिलो पटक नरैनापुरको बघौडासम्म कालोपत्रे सडक र विद्युत पुगेसंगै छात्रालाई विद्यालयमा टिकाइ राख्न साइकल वितरणदेखि अस्पतालको स्तरोन्नती गरेको शाह नेतृत्वको सरकार...