नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २२ । नाला निर्माण र सडक विस्तारको नाममा सर्वसाधारणका घर पसलमाथि जबरजस्ती डोजर चलाएर घरहरु भत्काइएको आरोप नेपालगञ्ज २ का स्थानीयले लगाएका छन् ।
नेपालगञ्ज उपमहानगर २ लोनियन टोलमा नाला निर्माण गर्ने तथा कति मिटर सडक विस्तार गर्ने सम्बन्धि जानकारी प्रष्ट रुपमा नगराएरै एक्कासी आएर जनताका घर पसलमा डोजर चलाईएको गुनासो गर्दै सो कार्य ततकाल रोक्न उनिहरुको माग छ ।
स्थानीय विजय बर्माले आफुहरु पनि विकास र विस्तारको पक्षमा रहेको जनाउँदै तर राम्रोसंग कुनै जानकारी नदिई मनपरी मापदण्ड बनाई जस्तो पायो त्यसरीनै डोजर चलाएर घरहरु भत्काउन थालिएको गुनासो गर्नुभयो ।
उहाँले वडा कार्यालयले झाडा टार्ने किसिमको काम चलाउ सुचना निकालेर मनपरी गरिरहेकोले सो रोक्न सम्बन्धित निकायले तत्काल पहल गर्नु पर्ने माग पनि गर्नुभयो ।
घरपसल भत्काउँदा घरधनिहरुसंग पनि सहमति गर्नु पर्ने र सबैक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २१ । बाँकेको कोहलपुरमा लुम्बिनी र सुदुरपश्चिमका राष्ट्रिय युवा परिषदका युवाका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सो कार्यक्रमको उद्घाटन गर्नुभयो । ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा परिषदका लुम्बिनी र सुदुरपश्चिमका युवाका लागि दुई दिने अभिमुखीकरण शुरु गरिएको परिषदले जनाएको छ।
सो अवसरमा बोल्दै मन्त्री अथकले युवाका लागि उत्प्रेरणमुलक कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । सबै मन्त्रालयहरुले लक्षित वर्गका कार्यक्रमहरु टुक्रे बजेट बनाउँदा युवाले विभिन्न कारणले निराशजनक हुनुपर्ने अवस्था आएको जनाउँदै उहाँले बजेटलाई एकिकृत र केन्द्रकृत गरेपछि मात्रै कामको परिमाण देखिने बताउनुभयो ।
सोही प्रकारले युवा तथा खेलकुद मन्त्राल...
सिराज खान
नेपालगञ्ज, मङ्सिर २१ । नेपालगञ्जका मेयर धवल शमसेर राणाले सहरलाई क्यासिनो सिटी बनाउने घोषणा गर्दै हिंडेका छन् । उनले प्राय हरेक जसो कार्यक्रममा नेपालगन्जलाई क्यासिनो सिटि बनाउनुपर्ने र भारतीय पर्यटकलाई बढी भन्दा बढी आकर्षण गर्ने कुरा बारम्बार दोहोरयाउने गरेका छन् ।
स्थानीय सरकारले गरेको सो घोषणाबाट प्रभावित र आकर्षित भएर होला सहरका विभिन्न चर्चित होटलमा क्यासिनो खुल्ने क्रम बढ्दै गएको छ । हाल नेपालगञ्जमा आधा दर्जन भन्दा बढी क्यासिनो सञ्चालनमा छन् ।
क्यासिनो भनेको जुवा खेलेर आफ्नो सर्वस्व गुमाउने लाइसेन्स प्राप्त आधिकारिक ठाउँ हो । त्यसैले होला नेपाल सरकारले धेरै पहिले देखि क्यासिनो सञ्चालन गर्ने अनुमति दिनुका साथै त्यसमा नेपालीको प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।
तर, सरकारले लगाएको सो प्रतिवन्धको पुर्ण पालना क्यासिनो सञ्चालकहरुले गरेको पाइदैन । यसअघि संघीय राजधानी काठमाण्डौमा रहे...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २० । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा २ जना पदाधिकारीसहित बाँकेका १० जना नेता पराजित भएका छन् । पराजित हुनेमा सबै देउवा पक्षका हुन् । बाँकेमा राम्रै प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु परेको छ ।
संस्थापन पक्षले लुम्बिनी प्रदेशका लागि बाँकेका २ जनालाई पदाधिकारी र अन्य ८ जनालाई कार्यसमिति सदस्यमा उम्मेदवार बनाएको थियो । संस्थापन पक्षबाट लुम्बिनी प्रदेशको सहमहामन्त्रीको उम्मेदवार बनेका बाँकेका लक्ष्मीनारायण शाह र माया पुन पराजित भएका छन् ।
शाहले ६७६ र पुनले ७५२ मत ल्याएका छन् । आदीवासी जनजातीतर्फ प्रदेश सदस्यको उम्मेदवार भएका बाँकेका नेता फुलाराम थारु ७०६ मत ल्याएर पराजित भए । आदीवासी जनजाती सदस्यमै बाँकेका श्यामबहादुर थापा ६०९ मत ल्याएर पराजित भएका छन् ।
यस्...
नेपालगन्ज, १६ मंसिर । प्लान नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तरगत सुचीकार प्रथम तहको दुई महिने तालिम नेपालगञ्जमा शुरु भएको छ ।
मानव बेचबिखन, लैंगिक हिंसा र अन्य कारणले प्रभाबित भएका पिडित महिला तथा किशोरीहरुका लागि सिप बिकास अन्तरगत सो दुई महिने तालिमको सञ्चालन गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
पिडित महिला तथा किशोरीहरुलाई आत्मनिर्भर बनाई उनीहरुको सम्मानित जीवनयापनमा सहयोग पुरयाउने उदेश्यले सो तालिम संचालन गरिएको जनाउँदै उहाँले तालिमबाट ती महिला र किशोरी आत्मनिर्भर बन्ने बताउनुभयो ।
सो तालिममा बाँके जिल्लाको बैजनाथ, खजुरा, नेपालगन्ज र कोहलपुर गरी ४ वटा पालिकाबाट महिला र किशोरीको सहभागिता रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाहको प्रम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर १५ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रम गरेर आफ्नो कार्ययोजना तथा कार्यक्रमलाई सार्वजनिक गरेको छ ।
गत मङ्सिर ११ गतेको नगरको दोस्रो सम्मेलनबाट निर्वाचित भएको नवनिर्वाचित कमिटीले आफुले तयार गरेको कार्ययोजना सार्वजनिक गर्न सो कार्यक्रमको आयोजना गरेको हो ।
माओवादी केन्द्र नेपालगञ्जका नगर अध्यक्ष रतन शाहीले पार्टीले आगामी दिनमा गरिने कार्ययोजना तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै नगरको समग्र विकास र सामाजिक सद्भाव तथा सहिसुष्णताका लागि निरन्तर खटिने बताउनुभयो ।
शाहीले प्रस्तुत गरेको कार्ययोजनामा नेपालगन्जको समग्र विकास र जनताका जनजिविकाको साझा सवालमा अन्य सबै राजनैतिक पार्टीहरुसङ्ग सहकार्य गर्ने, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका पक्षमा सधैं संघर्षरत रहने, महान जनय...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर १५ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बाँकेको अध्यक्षमा पुराना र इमान्दार कम्युनिष्ट नेता इन्द्रबहादुर थापालाई चयन गरिएको छ। मंगलवार नेपालगञ्जमा सम्पन्न भएको एकिकृत समाजवादीको जिल्ला भेलाले थापाको अध्यक्षतामा जिल्ला कमिटिलाई पूर्णता दिएको छ ।
एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं बाँकेका इन्चार्जसमेत रहनु भएका नेता अशोक कोइरालाको अध्यक्षतामा बसेको उक्त भेलाले थापाको नेतृत्वमा ३०३ सदस्यीय जिल्ला कमिटि गठन गरेको सो पार्टीले जनाएको छ ।
पुर्णता पाएको सो जिल्ला कमिटिको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्र प्रसाद देवकोटा, सचिवमा दिपक जीएम, सहसचिवमा किशोर थापा, भगवति अधिकारी, कप्तान पाठकलाई चयन गरेको स्रोतले जनाएको छ ।
चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले शपथ गराउनु भएको थियो । त्यसअघि कार्यक्रममा बोल्द...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर १५ । मानवबेचविखन रोकथाम र नियन्त्रणका लागि नेपाल र भारतका विभिन्न सरकारी तथा गैर सरकारी निकायविच सीमानामा समन्वय र सहकार्यमा जोड दिईएको छ ।
मानव बेचबिखनका गतिविधि न्युनिकरणका लागि दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच नेपालगञ्जमा आयोजना गरिएको समन्वय बैठकमा सो कुरामा जोड गरिएको हो ।
दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच नाकामा समन्वय र सहकार्य नगरेसम्म मानवबेचविखन नियन्त्रण गर्न नसकिने समेत सो बैठकले ठहर गरेको छ ।
प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा बाँके युनेस्को क्लवको आयोजनामा सम्पन्न भएको सो बैठकमा दुबै देशका सहभागिहरुले मानवबेचविखन रोक्ने सामुहिक प्रतिवद्धता गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
सो बैठकमा नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथ...
काठमाडौँ, १४ मंसिर । चितवनमा भएको एमालेको १० औँ महाधिवेशनमा नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लोकतान्त्रिक प्रणालीबाट पुन अध्यक्ष हुन बाध्य बनाए। प्रतिस्पर्धाबाट भाग्न खोजेको पार्टी नेतृत्वलाई उनले धक्का दिएर निर्वाचन प्रणालीमा जान बाध्य त बनाए। तर नतिजा आफ्नो पक्षमा ल्याउन सकेनन्।
महाधिवेशन प्रतिनिधीहरुले पार्टी नेतृत्वका लागि उनलाई अस्वीकार गर्दै दोस्रो कार्यकाल नेतृत्वका लागि ओलीलाई भारी मत दिएर विजयी गराए। निर्वाचन प्रणालीबाट चुनिएकाले पार्टी अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधीहरुमध्ये तीन तिहाइले चुनेर अध्यक्ष बनाएको व्यक्ति भन्न पाउने सुविधा पाएका छन्।
सहमतिको आधारमा बन्द सत्रमा नेताहरूको नाम पढेर महाधिवेशन टुङ्ग्याउने पार्टी नेतृत्वको तयारीमा रावल सहमत भएका भए उनी उपाध्यक्षमा दोहोरिने थिए। तर उनले कसैले सूची बनाएर नेता नबनी महाधिवेशन...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, १४ मंसिर । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालले एमाले परित्याग गरेको घोषणा गर्दै त्यसपछि स्वतन्त्र रहने जानकारी सार्वजनिक गरेका छन् । चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशनमा एमालेबाट केन्द्रीय सदस्यमा निर्वाचितहरु प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उपसचिव धितालले एमाले परित्याग गरेर स्वतन्त्र बस्ने र व्यापार गर्ने घोषणा गरेका छन् ।
धितालले भन्नुभयो, ‘अब एमाले नरहने निधो गरे, राजनीति छाडेर व्यापारी मात्रै रहन्छु ।’ सो घोषणा र जानकारी उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नु भएको छ ।
यातायात व्यवसायमा संलग्न उहाँले व्यवसायलाई प्राथमिकता दिने निधो गरेको जनाउनु भएको छ । उहाँलाई यसअघि नेकपा एमालेको सरकारका पाला भेरी अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरेको थियो । आफुलाई नहटाएमा अस्पताल विकास समितिको जिम्मेवारीमा रहेर विरामीको सेवा गरि र...