अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुरको अध्यक्षमा थारु
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २८ कात्तिक । नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुर नगर समितिको अध्यक्षमा तेजराम थारु निर्वाचित भएका छन । आइतबार कोहलपुरमा सम्पन्न संघको दोस्रो नगर सम्मेलनबाट थारु सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
सम्मेलनले थारुको अध्यक्षतामा १९ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा मनिसा थारु र राम कुमार हरिजन, सचिब किशन थारु, सह(सचिब कालिमैया थारु र कोषाध्यक्षमा राम प्रसाद थारु चयन भएका छन ।
त्यसैगरी, सदस्यहरुमा क्रमशः रतन थारु, नवीन थारु, कुले थापा, प्रेम कुमार थारु, राम सरोज थारु, यामलाल राना, हरिराम थारु, बादल थारु, जुहारी थारु, आसरानी थारु, पुरन थारु, लछ्मन थारु र फुलराम थारु रहेका छन ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा कोहलपुर नगर अध्यक्ष नरेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता र सं...









