सिराज खान
नेपालगञ्ज, मङ्सिर २७ गते । केही समय पहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि घरघरमा गएर अनुनय विनय गर्नुपर्ने अवस्था रहेकोमा अहिले खोप केन्द्रमा थामिनसक्नु भीड देखिएको छ । ओमिक्रोन भाइरसको त्रासपछि बाँकेमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड खोप केन्द्रमा बढेको हो ।
घातक भाइरस ओमिक्रोन नेपालमा पनि भेटिएको थाहा पाएर सोबाट जोगिन जिल्लाका विभिन्न वडाहरुमा रहेका खोप केन्द्रमा खोप लगाउनेको थामिनसक्नु भीड लागेको बाँकेका खोप फोकल पर्सन स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले केही समयअघिसम्म खोप केन्द्रमा दिनभर मानिस कुरेर समय बिताउनुपर्ने अवस्था रहेकोमा अहिले खोप लगाउनेको चाप अत्याधिक बढेको बताउनुभयो । कतिपय खोप केन्द्रमा त विहानैदेखि मानिसहरु लाममा लागेको र रातिसम्म पनि खोपका लागि तछाडमछाड गरिरहेको पाइएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले यो निकै र...
युनेस्कोद्धारा राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई ४५ लाखको राहात वितरण
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २३ । कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका पिडित परिवारले राहात सहयोग पाएपछि त्यसबाट निकै राहात मिलेको प्रभावित वडाका पिडित र जनप्रतिनिधिले बताएका छन् ।
गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहात वितरणबाट अतिनै पिडित भएका महिला तथा बालबालिकालाई ठुलो सहयोग मिलेको बताउनुभयो ।
पोषणयुक्त खाद्यान्न, अन्य खाद्यान्न तथा विउ वितरणले पिडितलाई धेरै सहयोग पुगेको उहाँले बताउनुभयो ।
यसैगरि राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पिडित भएकालाई तत्काल राहात दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पिडितलाई धेरै सहज भएको बताउनुभयो ।
उहाँले तत्काल मिलेको यो सहयोगले ज...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २० । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन भैरहेकै समयमा कोहलपुरमा श्रीमतीले रडले लगातार टाउकोमा प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन ।
कोहलपुर नगरपालिका वडा नं ७ को रजगडवाका ३० वर्षिय लक्ष्मण हरिजनको उनकी श्रीमति २५ वर्षिय ओरबी हरिजनले हत्या गरेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनु भएको छ ।
डिएसपी खनालका अनुसार, श्रीमान लक्ष्मणले सधैं मदिरा सेवन गरी श्रीमतीलाई कुटने गर्दथे । त्यही रिसको झोकमा श्रीमती ओरबीले रडले लगातार टाउकोमा प्रहार गरेर उनको हत्या गरेको खनालले बताउनुभयो ।
प्रहरीका अनुसार रडको प्रहारबाट लक्ष्मण बेहोस भएका थिए । घाइते लक्ष्मणको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । ओरबीलाई नियन्त्रणमा लिइसकेको कोहलपुर प्रहरीले जनाएको छ ।...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २० । कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेका स्थानीय थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ बाँकेका ८२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा सोमवार दिउँसो मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
उनलाई यही ९ गते कोरोना पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार हुन नसक्दा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा ३४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा ६७ जनाको नमुना जाँच्दा एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६६ पुगेको पनि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्...
समाचारदाता
नेपालगञ्ज, मङ्सिर २० । समाज कल्याण परिषद र कतार च्यारेटीविच पाँच वर्षका लागि साधारण सम्झौता सम्पन्न भएको छ ।
कतार च्यारिटीका अन्तराष्ट्रिय सहयोग तथा साझेदारी विशेषज्ञ मोहम्मद तैमुर साकिबको उपस्थितीमा कतार च्यारिटीले समाज कल्याण परिषदसँग सो साधारण सम्झौतामा हस्ताक्षर गरेको हो ।
सन् २०१६ मा साधारण सम्झौता गरि परियोजना सम्झौतामार्फत पाँचबर्षे कार्यक्रमहरु सम्पन्न गरि आगामी पाँच बर्षका लागि यो सम्झौता गरिएको कतार च्यारेटी नेपालका कार्यक्रम प्रबन्धक ईर्शाद अलि शेषले बताउनुभयो ।
उहाँका अनुसार पाँचबर्षे परियोजना नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु सम्पन्नगरि नेपालको सामाजिक मुल्य मान्यता र आपसी सद्धभावलाई सुदृढ पार्दै विपन्न परिवार तथा आर्थिक, सामाजिक र शैक्षिक रुपले पिछडिएको समुदायको गुणस्तरिय जिवनकालागि थप कार्यक्रमहरु ल्याउन यो सम्झौता गरिएको छ ।
जिवनलाई जि...
सिराज खान
नेपालगञ्ज, मङ्सिर १६ गते । घातक मानिएको कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस भारतबाट नेपाल भित्रिन सक्ने सम्भावना रहेकाले यहाँस्थित जमुनाहा नाकामा कडाई शुरु गरिएको छ ।
विशेषगरी भारतका विभिन्न ठूला सहरमा काम गरेर फर्किने नेपालीसँगै सो भाइरस पनि भित्रिन सक्ने खतरा रहेकाले स्वदेश फर्किने सवै नेपालीको एन्टिजेन प्रविधिमार्फत कोरोना जाँच गर्न थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार यसअघि भारतबाट आउने हरेक समुहबाट एक जनाको मात्रै परीक्षण गरेर पोजेटिभ भेटिएमा अरु सबैको गर्ने गरिएको थियो । अहिले भारतबाट आउने सबैको परीक्षण शुरु गरिएको उहाँले बताउनुभयो ।
जमुनाहा नाकामा रहेका हेल्थ डेस्कलाई भारतबाट फर्किने सबै नेपालीको कोरोना जाँच गर्न निर्देशन दिइएपछि काम गरेर फर्किने सवै नेपालीको कोरोना जाँच गर...
सिराज खान
नेपालगञ्ज, मङ्सिर १२ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका बाँके जिल्लाका संक्रमितमध्ये लगातार तेस्रो दिन पनि एक जनाको मृत्युभएको छ ।
यसअघि गत दुई दिन कोहलपुरका दुई जना संक्रमित महिला–पुरुषको मृत्यु भएको थियो भने गएराती बाँके बैजनाथका ५५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार गत तीन दिनदेखि लगातार दैनिक एक जनाको दरले बाँकेका संक्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचारकाक्रममा बैजनाथ गाउँपालिका– १ बाँकेका ५५ वर्षीय पुरुषको गएराती मृत्यु भएको उहाँले बताउनुभयो । यही मङ्सिर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलीपल्ट ८ गते उहाँलाई थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार नआउँदा गएराती उहाँको मृत्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज मंसिर १० । कोरोना संक्रमणको उपचारका लागि स्वास्थ्य संस्थाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उदेश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकेका विभिन्न ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई ३० लाख भन्दा बढीको १४ वटा अक्सिजन कन्सन्टेटर मेसिन उपलब्ध गराएको छ ।
अमरधन स्मृति प्रतिष्ठान एनआरएन हङकङको सहयोग तथा राप्रपाका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको पहलमा बाँकेका एक दर्जन स्वास्थ्य संस्थामा अक्सिजन उत्पादन गर्ने उक्त कन्सन्टेटर मेसिन वितरण गरिएको राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकालले जानकारी दिनुभयो ।
उहाँले कोरोनाको संभावित तेस्रो लहरको तयारी स्वरुप कोरोना उपचारका महत्वपुर्ण रहेको उक्त अक्सिजन कन्सन्टेटर मेसिन उपलब्ध गराईएको बताउनुभयो ।
राप्रपाका अनुसार कोरोना महामारीको सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गरेर कुसुम स्वास्थ्य चौकी, ओभरी स्वा...
सिराज खान
नेपालगञ्ज, मङ्सिर ८ गते । शिक्षण पेशामा आवद्ध भएपनि नेपालगञ्जकी माधवी शाहले कोरोना महामारीमा प्लाज्मा संकलनमा उल्लेखनिय भूमिका निर्वाह गर्नु भएकोमा उहाँलाई अमेरिका र दुबईमा सम्मान गरिएको छ ।
शाहको योगदानको उच्च मुल्यांकन गर्दै अमेरिकाको नेपाली संस्थाहरुमा स्थापित संस्था नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाले सम्मान गरेको छ भने नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले दुबईमा नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको छ ।
नेपालमा कोरोना महामारीमा विशिष्ट सहयोग गर्ने नेपालगञ्जकी शाह लगायत १२ जनालाई सम्मान गरिएको नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाका अध्यक्ष विनय अर्यालले टेलिफोनमा बताउनुभयो ।
यसैगरि नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले कोभिड–१९ महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी विभिन्न तवरबाट सामाजिक कार्य गरेको जनाउँदै शाहलाई पनि नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको एशोसिएसन...
दुई दिनमा थप तीन जना संक्रमितको भेरी अस्पतालमा मृत्यु
सिराज खान
नेपालगञ्ज, मंसिर ५ । पछिल्लो समयमा आएर कोरोना संक्रमण निकै घट्दै गएको पाईएपनि जोखिम र खतरा अझै पुर्ण रुपमा नटरेको स्वास्थ्यकर्मीले जनाएका छन् । चिसो मौसम शुरु भैसकेको र कोरोना विरुद्धको सावधानी समेत निकै कम भैसकेकोले अझै पनि सो रोगबाट हानी हुने जोखिम र खतरा कायमै रहेको भेरी अस्पतालका निवर्तमान प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
उहाँले केही दिनयता संक्रमित भेटिने क्रम निकै कम भएपनि युरोप लगायतका विदेशी मुलुकमा फेरी बढी रहेको पाईएको तथा नेपालमै पनि पुर्ण रुपमा शुन्यमा नझरी सकेकोले अझै सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो ।
पहिलो र दोस्रो चरणको महामारीमा निकै राम्रो स्वास्थ्य व्यवस्थापन गर्नु भएका डा. थापाले अझै केही समय निकै सचेत रहनुपर्ने र सावधानी पनि अपनाउनु पर्ने बताउनु भएको छ । विशेष गरेर भिडभाडमा जाँदा वा आफ्ना बालबाल...