मुना हमाल
सुर्खेत, कात्तिक १५ गते । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुनु हुने भएको छ । उहाँहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लाग्नु भएको हो ।
समाजबादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुँन लाग्नु भएको हो । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनु भएको थियो ।
गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्थाका अनुसार तीनै जना मन्त्रीहरु आज पदमुक्त हुन लाग्नु भएको हो । एमाले विभाजन भए पछि तीनै जना नेकपा ९एकिकृत समाजबादी० मा हुनुहुन्छ ।
समाजबादीकी सांसद देवी ओलिले रिक्त रहेको आफ्ना पार्टीका तीन जना मन्त्रीको पदमुक्...
सिराज खान
नेपालगञ्ज, १४ कात्तिक । पश्चिम नेपालकै प्रमुख सहर नेपालगञ्ज अहिले देशमै धार्मिक र सामाजिक सदभावको नमुना मानिन्छ । केही वर्ष पहिले यस्तो अवस्था थिएन ।
तर, अहिले आएर यो सहरको धार्मिक, सामाजिक सदभाव धेरै ठाउँका लागि उदाहरण बन्ने गरेको छ । यो यस्तै र आफै भएको होइन । यसका लागि हिन्दु मुस्लिम दुबै धर्मका धर्मगुरु, अगुवा र राजनितिज्ञहरुले ठुलो मिहिनेत गरेका छन् ।
त्यसैले त अहिले यहाँ हरेक चाडपर्व र धार्मिक कार्यक्रमहरुमा सबै धर्मावलम्बी र समुदायको उल्लेख्य सहभागिता र सहयोग हुने गरेको छ ।
हरेक चाडपर्व आउनु भन्दा पहिले अन्तरधार्मिक सदभाव समितिको बैठकले स्थानीय प्रशासन र प्रहरीसंग संयुक्त रुपमा बसेर पर्वलाई सभ्य तथा भव्य बनाउन निर्णय गर्दै आएको छ ।
सो कार्यमा बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी, दुबै धर्म समुदायका अगुवाहरु मोहम्मद ई...
सिराज खान
नेपालगञ्ज, कात्तिक १४ गते । मुस्लिम समुदायद्धारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज को व्यवस्थापनका सम्पुर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ ।
सो का लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा अहिले देशका विभिन्न जिल्लामा पुगेर सम्बन्धितलाई जानकारी गराउने कार्य गरिरहेको छ ।
सोही क्रममा नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले आइतवार नेपालगञ्जमा एक दिने क्षमता विकास कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दांग र सल्यान जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयका फोकल पर्सन र कम्प्युटर अपरेटरको सहभागिता रहेको थियो ।
हजयात्रीको यात्रा व्यवस्थापनका सम्पुर्ण प्रक्रिया र कार्यलाई पुर्णत विद्युतीय प्रणाली...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । धार्मिक सामाजिक एकता मन्च नेपालले आइतवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र पठाउँदै पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदको कडा निन्दा गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई आइतवार बुझाईएको ज्ञापन पत्रमा विभिन्न देशमा भैरहेको अल्पसंख्यक माथिको अत्याचार विभेदको भत्र्सना गर्दै भारतको त्रिपुरा राज्य लगायतका ठाउहरूमा जाति धर्मको नामबाट मुस्लिम र दलीत लगायत अल्पसंख्यक समुदायमाथि भै रहेको आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिंदै निन्दा गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ – त्यस्ता दुष्ट आतंकवादी मानसिकताको हामी नेपाली कडा भर्त्सना गर्दछौ । यस्ता मानवता विरोधी दूषित मानसिकताका आतंकवादी संघ संगठनहरूलाई कडा सजाय दिलाउन पहलको लागि नेपाल सरकारसंग अपील गर्दछौं ।
सो ज्ञा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । बाँकेमा तीन दिनदेखि जारी जिल्लाव्यापी पालिका स्तरीय महिला भलिवल खेल प्रतियोगिताको उपाधि नेपालगन्जले उचालेको छ ।
खजुरा गाउँपलिका २, गौघाटस्थित शुक्र भलिबल स्टेडियममा गत शुक्रबारदेखी जारी उक्त प्रतियोगिताको फाइनल खेलमा कोहलपुरलाई हराउँदै नेपालगन्जले उपाधि जितेको हो ।
नेपालगन्जले कोहलपुरलाई १९(२५, २५(१६ र २५(२२ सेटमा हरायो । कोहलपुर उपबिजेता बन्यो ।
बिजेता बनेको नेपालगन्जले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता बनेको कोहलपुरले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यसैगरी तेश्रो स्थानमा राप्तीसोनारी र सान्त्वना बैजनाथ भएका छन । उनिहरुले क्रमशः रु २० हजार र १० हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा बाँके जिल्लाका सबै ८ वटै पालिकाले सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १४ । नेकपा माओवादी केन्द्रका नतो तथा प्रतिनिधिसभाका पुर्व सभामुख कृष्ण बहादुर महराले एमसिसि पास गर्न नपाएको झोकमा एमालेका अध्यक्ष केपी वलीले नेकपा बिभाजन गराएको बताउनु भएको छ ।
आईतवार कोहलपुरमा वाईसिएल नेपालद्धारा आयोजीत शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महराले वलीले नेकपा बिभाजन गरेर भएपनि एमसिसि पास गराउन खोजेको आरोप लगाउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अडानका कारण एमसिसि पास हुन नसकेको बताउँदै पुर्व सभामुख महराले माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने दाबि गर्नुभयो । उहाँले सहिदका सपना र रगतका कारण आफ्नो पार्टीले राष्ट्रघात नगर्ने बताउनुभयो ।
एमसिसि पास गर्न नदिएका कारण अगामी निर्बाचनमा माओवादीलाई हराउन देशी बिदेशी प्रतिक्रियावादिको चलखेल हुनसक्ने नेता महराको भनाई छ ।
उहाँले आगामी निर्वाचनसम्म वर्तम...
काठमाण्डौ, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।
शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा। केशु खड्का घोषित भए ।
उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत थिए ।(साभार)...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको महसुस गर्दै नेपाल सरकारले भारत सरकारसमक्ष परिचयपत्रको व्यवस्था प्रस्ताव राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।
खुला सीमा नाका प्रयोग गर्दै अफगानिस्तान, म्यान्मारलगायतका मुलुकबाट नेपाल पसेकाहरूले शरणार्थीका रूपमा नेपालमै बसोबास गर्न थालेको भेटिए लगत्तै गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। छलफलमा सहभागीहरुले नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र त्यसका लागि कूटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका थिए ।
सो छलफलमा दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव आएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो।
दुबै देशले एक अर्काको देशमा आवतजावत गर्दा परिचय पत्र...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य, पार्टी प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महरा आज बाँके जिल्लामा आउँदै हुनुहुन्छ ।
वाईसिएल बाँकेले कोहलपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुन नेकपाका प्रवक्ता महरा आउनु हुने जनाईएको छ ।
नेकपा बाँकेका अध्यक्ष आईपी खरेलका अनुसार सो कार्यक्रमका साथसाथै प्रवक्ता महराले जिल्लाका अगुवा कार्यकर्ताहरुसंग पनि भेटघाट र छलफल गर्नु हुनेछ ।
कार्यक्रम कोहलपुरस्थित सहीद स्मृति सभागृहमा दिउँसो १ बजे राखिएको उहाँले बताउनुभयो ।
महाधिवेसनको तयारीमा जुटेको नेकपाको अहिले विभिन्न स्थानीय अधिवेसनहरुको तयारी भैरहेको बेला पार्टीका प्रवक्ता तथा नेताको भ्रमणले कार्यकर्तामा उत्साह थप्ने नेकपा बाँकेका इन्चार्ज तथा पुर्व उपसभामुख पुर्णा कुमारी सुवेदीले बताउनुभयो ।
...
नेपालगञ्ज, १४ कात्तिक । पछिल्ला दिनहरुमा कम उमेरका व्यक्तिहरुको मृत्युको कारण हृदयघात भएको पाइन्छ । विज्ञहरु यसको कारण पछिल्लो समय युवापुस्तामा देखिएका नराम्रा आदतहरु भएको बताउँछन् । तल उल्लेखित बानी समयमै नछाडे पछताउनुको विकल्प छैन । त्यसैले समयमै यी सबै बानी छोडौं ।
धुम्रपान र मद्यपान
आजभोलि १६ वर्ष देखिका किशोरकिशोरीहरु धुम्रपान र मद्यपानको नसामा लागि सकेका हुन्छन् । युवापुस्तामा देखिने यस्ता आदतले उनीहरु कार्डियोभास्कुलर रोगको शिकार हुन्छन् । यो समस्या मुटु सम्बन्धी रोगमध्ये गम्भीर समस्या हो । यो अन्य मुटुसम्बन्धी रोगको कारण बन्न सक्छन् । चिकित्सकका अनुसार जो युवा दिनमा १० वटा चुरोट पिउँछन् उसलाई हृदयघातको सम्भावना ५० प्रतिशत हुन्छ ।
जंक फुड
भोक मेटाउनका लागि स्वस्थकर खाना खानुको सट्टा पछिल्लो समय युवाहरु जंक फुडमा बढी ध्यान दिन्छन् । यसले क्यालोरीको मात्रा बढाउँछ । जसको सीधा असर म...