२५ भाद्र २०८१, मंगलवार

काँग्रेसको नगर अधिवेसन–तीनै जनाको आफु विजयी हुने दावी, विष्टको संभावना सबैभन्दा बढी

काँग्रेसको नगर अधिवेसन–तीनै जनाको आफु विजयी हुने दावी, विष्टको संभावना सबैभन्दा बढी

सिराज खान
नेपालगञ्ज, २ मंसिर । बिहिबार हुने नेपाली कांग्रेसको नेपालगञ्ज उपमहानगरपालिका सभापति पदको निर्वाचनका लागि तीन जना उम्मेदवार रहेपनि मुख्य प्रतिष्पर्धा दुई जनाविचनै हुने अधिकांश काँग्रेसका नेता कार्यकर्ताको आकलन छ ।
नगर सभापतिका लागि नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगर, निवर्तमान सभापति प्रशान्त विष्ट र तरुण दल बाँकेका सचिव विनोद रिजालले उम्मेदवारी दिनु भएको छ ।
तीनै जना उम्मेदवार नगरका विभिन्न नेता कार्यकर्तामाझ अत्याधिक लोकप्रिय भएपनि मुख्य प्रतिष्पर्धा भने प्रशान्त विष्ट र उमा थापामगर विचनै हुने अधिकांश कार्यकर्ताले नेपालगञ्जपाटीलाई बताएका छन् । नेपालगञ्जपाटी डटकमले बुधवार नगरका विभिन्न क्षेत्रका मतदातासंग लिएको जानकारी अनुसार थापामगर र विष्टविच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएपनि विष्टको अवस्था बलियो रहेको र उहाँ विजय हुने संभावना अत्याधिक रहेको छ ।
रिजालले बढी मत तान्न सफल भए मात्र विष्टलाई खतरा हुनसक्ने र थापामगर वा रिजाल मध्ये एक विजयी हुनसक्ने आकलन गर्दै अधिकांश नेता कार्यकर्ताले तर रिजालले धेरै मत नपाउने तथा अन्तत विष्टनै सभापतिमा विजयी हुन सक्ने जनाएका छन् ।
तर, केहीले भने तीनै जना राम्रा र लोकप्रिय उम्मेदवार भएकोले कडा प्रतिष्पर्धा हुने आकलन समेत गरेका छन् । विष्ट यसअघि सभापति भैसकेकोले कतिपयले नयाँ अनुहारलाई सभापति बनाउने अभियाननै चलाएकोले विष्ट कमजोर हुन सक्ने पनि केहीको अनुमान छ ।
नेता कार्यकर्ताले जे सुकै आकलन गरे पनि उम्मेदवार रहनु भएका तीनै जनाले आआफ्नो जितको दावी गर्नु भएको छ । नेपालगञ्जका उपमयेर थापा मगरले आफुले नगरमा राम्रो काम गरेको र महिला पनि भएकोले सबैले जिताउने दावी गर्दै आफ्नो विजय सुनिश्चित भएको बताउनु भएको छ ।
यस्तै निवर्तमान नगर सभापति विष्टले पनि सभापतिमा रहेर सबैलाई मिलाएर लिएर गै सबैको मन जित्न सफल भएकोले आफ्नो प्रतिष्पर्धा कसैसंग नरहेको र आफु अत्याधिक मतले जित्ने दावी गर्नुभएको छ ।
सोही प्रकारले तरुण दलका जिल्ला सचिव रिजालले आफुले युवाको नेतृत्व गरिरहेकोले सबै युवा आफ्नो पक्षमा रहेको र सभापति भैसकेका तथा उपमेयरको पनि अवसर पाईसकेका दुबैजना प्रतिष्पर्धिलाई कार्यकर्ताले मत नदिएर आफुलाई नै विजयी गराउने दावी गर्नु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको अधिवेशनमा ३८९ जना मतदाताले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *