नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ७ । पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले सोमवार एक समारोहका विच नेपालगञ्ज ३ मा इमरान एण्ड मुस्तफा ज्वेलर्सको उदघाटन गर्नु भएको छ ।
नेपालगञ्ज ३ नेपाली मस्जिदको छेउमा गुलाम मुस्तफा जरगरद्धारा सञ्चालनमा ल्याईएको इमरान एण्ड मुस्तफा ज्वेलर्सको सोमवार साँझ पुर्व मन्त्री राईले उदघाटन गर्नुभयो । उहाँले नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा रहेको जनाउँदै यसले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सञ्चालनमा आएको पसलले गर्ने व्यवसायमा सफलताका लागि उहाँले शुभकामना समेत सो अवसरमा दिनुभयो ।
सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य रमारानी वैश्य, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, नेताहरु सफिक सिद्दीकी गुड्डु, अजय बर्मा र संगम पोखरेल लगायतको पनि उपस्थिति रहेको थियो ।
उक्त पसलमा सुनचाँदी व्यवसायमा काम लाग्ने विभिन्न औजार र गहनाका आधुनिक डिब्बाहरु विक्रि गरिनुका साथै सुनचाँदी समेत खरिद विक्रि गरिने इमरान एण्ड मुस्तफा ज्वेलर्सका सञ्चालक गुलाम मुस्तफा जरगरले बताउनुभयो ।
यसैविच पुर्वमन्त्री राईले सोमवारनै नेपालगंज उपमहानगरपालिका वडा न ६ मा जसपा बांकेको चुनाव प्रचार प्रसार कार्यालयको उदघाटन पनि गर्नु भएको छ ।
सो अवसरमा उहाँले वडा न ६ का वडाध्याक्ष पदका जसपाका उम्मेदवार भरत वर्मा सहितको समूह र मेयर, उपमेयर समेतलाई जिताउन अनुरोध गर्दै नेता कार्यकर्ताहरुलाई एकजुट भएर दिनरात नभनि खटिन निर्देशन पनि दिनुभयो ।
उक्त कार्यक्रम जसपा वडा नम्बर ६का अध्यक्ष ओम प्रकाश श्रीवास्तवको अध्यक्षता भएको थियो भने पार्टीका केन्द्रीय सदस्य अजय श्रीवास्तव, जिल्ला अध्यक्ष कमरुद्दीन राई, प्रदेश सदस्य रमारानी वैश्य, सचीव राजेन्द्र बिक समेतले आ आफ्नो बिचार राख्नु भएको थियो।