लमही राजपुरका किसानलाई एकदिने तालिम प्रदान
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ असार । कपास खेतीको विस्तारका लागि कपास विकास विकास समितिका नवनियुक्त अध्यक्ष हेमन्तराज काफ्ले अहिले आफै सक्रिय भएर किसानका खेतसम्म पुग्न थाल्नु भएको छ । कपास खेतीलाई पुरानै अवस्थामा पुरयाएर किसानलाई सम्पन्न बनाउने एक मात्र लक्ष्य र उदेश्यका साथ अध्यक्ष काफ्ले अहिले किसानका खेतसम्म पुगेर वास्तविक अवस्था बुझ्ने कार्यमा सक्रिय हुनुहुन्छ ।
सोही क्रममा दांगको लमही क्षेत्रमा समितिका प्राविधिकसहित पुगेर अध्यक्ष काफ्लेको टोलीले सो क्षेत्रका किसानका लागि एक दिने प्रविधि सम्बन्धि तालिमको पनि आयोजना गरेर किसानलाई तालिम प्रदान गरिएको छ ।
कपास बिकास समितिका अधिकृत बिजय कुमार जोशीको सभापतित्वमा र कपास बिकास समिती केन्द्रिय कार्यलय अध्यक्ष हेमन्त राज काफ्लेको प्रमुख अतिथ्यमा सम्पन्न भएको प्रविधि सम्बन्धि तालिम कार्यक्रम स्थानिय कपास किसान लक्षमण केसिले संचालन गर्नुभएको थियो । किसानलाई कपास बिकास समितीका सहायक प्राबिधिक हिरालाल चौधरीले किसानलाई माटो कसरी छनोट गर्ने, कस्तो तरिकाले लगाउने, कति दाना बीउ हाल्ने, कति दुरि, कति पानी गोडमेल कसरी गर्ने भन्ने बारे तालिम दिनुभएको थियो भने अधिकृत जोशीले कपास लगाई सकेपछि हुने चुनौतीहरु विभिन्न जातिका किराहरुको बारेमा तिनिहरुको आक्रमणबाट बच्ने किटनासक औषधि र घरेलु उपाएको बारेमा जानकारी दिनु भएको थियो ।
तालिम निकै उपलब्धिमुलक भएको र यस्ता तालिमहरु नियमित गर्दिएको भए अझै राम्रो हुने स्थानीय किसान माया भण्डारीले बताउनुभयो । सो् तालिममा २५ बढी कपास लगाउने किसानको उपस्थिति रहेको थियो ।
तालिम समापनमा प्रमुख अतिथि काफ्लेले बोल्दै देशको मेरुदण्डको रुपमा रहेको कपास किसानको पीडा भनेको समग्र कपास बिकास समितिकै पीडा हो भन्दै किसान र कपास बिकास विच नङ र मासुको सम्बन्ध रहेको बताउनुभयो । उहाँले आफुले किसानको समस्या बुझेर नयाँ कपासको बीउ ल्याएको र पानीको समस्या समाधान गर्न पानी सन्चय गर्ने केही प्रविधि अपनाउने नियमित प्राबिधिक पठाउने र जोत्नका लागि कपास बिकास समितीको तर्फबाट एउटा हाते ट्याक्टर सहयोग गर्ने तथा किसानका मागहरु सबै पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कपासमा ठूलो सम्भावना देखिएको लमहीको राजपुर क्षेत्रमा ४० बिगाहा जतिमा कपास लगाईन्छ । बार्सिक ३५ टन कपासको उत्पादन एरिया सो क्षेत्र भएको अधिकृत जोशिले बताउनुभयो । साथे उहाँले यसरी कपास बिकास समितीको अध्यक्ष फिल्डमा आएको कपास बिकास समितीको ईतिहासमै पहिलो पटक भएको पनि बताउनुभयो ।
यसबाट किसान र समितिविच सम्बन्ध झन प्रगाढ हुने र किसानमा कपास खेती प्रति उत्साह बढ्ने अधिकृत जोशिले बताउनुभयो ।