९ माघ २०८१, बुधबार

वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

समाचारदाता
नेपालगञ्ज, साउन २३ । बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक वरिष्ठ समाजसेवी प्रवेज अली सिद्दिकीलाई नाईस अवार्ड २०२२ बाट सम्मानित गरिएको छ ।
नाईस नेपालगञ्जको आयोजनामा सोमवार सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा समाजसेवी सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो ।
बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति, बाँकेका उपप्रमुख सिता कार्की र संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकीले निस्वार्थ भावनाले सामाजिक कार्यमा निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा डाक्टर प्रकाश नाग, गैसस महासंघ नेपाल बाँकेका कार्य समिति सदस्य अभिराज क्षेत्री, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिव कुमार बर्मा, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधर, बिश्व ह्वििल चियर यात्री तेज बहादुर कार्की लगायतले बोलेका थिए ।


संस्थाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हेमराज भट्टले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक शोभा थापा मगरले गरेकि थिईन् ।
कार्यक्रमकै बिचमा ह्वििल चियरका माध्यमबाट बिश्व यात्रा गरिरहेका तेज बहादुर कार्कीलाई संस्थाका अध्यक्ष नमस्कार शाहले आफ्नो जन्म दिनको अवसरमा १० हजार नगद सहयोग गर्नुभयो भने सम्मानित हुनु भएका सिद्दिकीले पनि पाँच हजार रुपियाँ सहयोग गर्नुभयो ।
अवार्डका लागि डाक्टर प्रकाश नागको नेतृत्वमा रहेको प्रकाश मेडिकल हलले सहकार्य गरेको थियो । गत बर्ष लागु औषध बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई नाईस अवार्ड प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *