६ फाल्गुन २०८१, मंगलवार

व्यापारी नेता धामीलाई रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम, छानविन समिति बनाउन माग

व्यापारी नेता धामीलाई रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम, छानविन समिति बनाउन माग

सिराज खान
नेपालगञ्ज, भदौ २ गते । नेपालगञ्ज उद्योग वाणिज्य संघले संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको अनुसन्धान गर्न स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरेको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र उप–महासचिव धर्मराज अर्यालले प्रेस विज्ञप्ति जारी गरि प्रहरीले पक्राउ गरेका संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिहा गर्न र घटनाको स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरिएको हो ।
धामीलाई २४ घण्टाभित्र रिहा गर्न र छानविन समिति बनाउन अल्टिमेटम दिंदै संघले त्यसो नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ ।
राजस्व अनुसन्धान कार्यालयबाट आएको टोलीले स्टक मिलानको बहाना बनाएर मष्टा लक्ष्मी ट्रेड लिंकमा छापा मारेर विभिन्न दुख दिएपछि व्यवसायीले बोलाउँदा त्यहाँ पुग्नु भएका संघका प्रवक्ता धामीले राजस्वका कर्मचारीलाई जोगाउन खोजेको वास्तविकतालाई लुकाई अधुरो र अपुरो भिडियोलाई आधार बनाएर मुद्दा दर्ता गरिएको बिज्ञप्तीमा जनाईएको छ ।


संघले जारी गरेको विज्ञप्तीमा विभिन्न बहानामा अनुसन्धानका कर्मचारीले व्यवसायीलाई दुख दिंदै आएको गुनासो पटक पटक आईरहेको उल्लेख गर्दै त्यस्तो गम्भीर विषयबाट ध्यान हटाई कर्मचारी जोगाउन प्रवक्ता विरुद्ध मुद्दा दर्ता गरिएको जनाईएको छ ।
सो सम्बन्धमा छलफल गर्न संघको एउटा टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीसँग भेटघाट गरी राजश्व अनुसन्धानका नाममा व्यवसायीहरुलाई आतंकित पार्ने र अनुचित लाभ लिने काम भैरहेको भन्दै त्यसैको प्रतिवादमा सो घटना भएको जनाएको थियो ।
राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारी बाबुराम पन्थी सहितको टोली घरबारीटोल पुगी विभिन्न पसलबाट अनुचित लाभ लिइरहेको विषय बाहिर आएपछि प्रवक्ता धामीले त्यहाँ पुगेर सो बारेमा जानकारी लिनुभएको थियो ।
प्रहरी नियन्त्रणमा रहनु भएका धामीको स्वास्थ्यमा समस्या आएपछि बुधबार नै उहाँ अस्पताल भर्ना हुनुभएको छ । उहाँको रक्तचाप बढेको र मुटुको धडकन समेत बढेको बताइएको छ ।
सो घटनालाई लिएर राजश्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । विभागका उपमहानिर्देशकको नेतृत्वमा नेपालगन्ज आएको टोलीले घटनाको अवस्था अध्ययन गरिरहेको छ । राजश्व अनुसन्धान कार्यालय कोहलपुरको श्रोत अनुसार अनुसन्धान विभागको टोलीले घटनाबारे छानविन गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *