समाचारदाता
नेपालगन्ज, भदौ १५। नेपालगञ्ज निवासी उच्च अदालतका पूर्व न्यायाधीश डा सलाउद्दिन अख्तर सिद्दिकीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गर्नु भएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका सिद्धिकी सेवानिवृत्त न्यायाधीश हुनुहुन्छ । उहाँ न्यायसेवाबाट तीन वर्ष पहिले अवकाश लिए पश्चात सामाजिक संस्था द मदर फाउन्डेसन मार्फत अन्तराष्ट्रिय सम्बन्ध सुदृढीकरणका गतिविधिमा संलग्न हुनुहुन्छ ।
मुसलमान बहुल क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकीको प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास राख्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले उहाँलाई उचित जिम्मेवारी दिइने आश्वाशनसमेत दिनुभयो ।
सोही कार्यक्रममा नेपालगन्ज निवासी डा तबस्सुम सिद्दीकीले पनि पार्टी प्रवेश गर्नु भएको छ । उहाँ आर्कीटेक्ट विषयमा पीएच डी गर्ने पहिलो र एकमात्र महिला भएको समेत बताइएको छ । उहाँले द मदर फाउन्डेसन को अध्यक्षको हैसियतमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरु सम्पन्न गरिसक्नु भएको छ । सिद्दिकीद्वय बाबुछोरी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
2
+1
+1
+1