समाचारदाता
नेपालगन्ज, पुस २५ । बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँसभाको १२ औं अधिवेशन गरेको छ । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिकाको अहिलेसम्मको राजश्व असुल ७७ लाख ७६ हजार ७ सय ५५ रहेकोमा पालिका तर्फको राजश्व असुलि २१ लख १९ हजार ७ सय ६४ रहेको उपाध्यक्ष मल्लले प्रस्तुत गर्नुभयो । वडागत रुपमा ५६ लाख ५६ हजार ९ सय ९१ राजश्व असुल देखिएको छ ।
खजुराले गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सक्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि विधेयक २०७९, स्वास्थ्य तथा सरसफाई ऐन २०७८ को परिच्छेद मा सहायक हटाई अधिकृत मात्र उल्लेख गर्ने र ५÷६ को ठाउँमा ६ कायम गर्ने प्रस्ताव पारित भएको छ ।
उपदफा २ मा गाउँपालिका स्वास्थ्य शाखा हेर्ने गाउँपालिका अन्तर्गत कार्यरत हेल्थ इन्स्पेक्सन समुह मध्येबाट भन्ने शव्दको सट्टामा स्वास्थ्यकर्मि मध्यबाट कार्य जेष्ठताको आधारमा कार्यपालिकाले तोकेको १ जना स्वास्थ्य शाखा प्रमुख रहने गरि प्रस्तुत विधेयक समेत सभाले पास गरेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिनुभयो ।
सभामा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेषले प्रस्तुत गरिएको रकमान्तर तथा संशोधन हुने शिर्षकहरु २८ वटालाई सभाले अर्को २९ गते बस्ने सभामा परिमार्जन सहित पास गर्ने भएको हो । जसमध्य ७ वटा मात्रै कृषि तथा पशुसेवा सम्बन्धि कार्यक्रमहरु परिमार्जन गरिएको छ । कृषिमा राम्रो कार्यक्रम ल्याएको भनि चर्चामा आएको खजुराले किसानका लागि कृषि एम्बुलेन्स खरिद गर्न छुट्टाइएको बजेटलाई संसोधन गरि ट्रेक्टर खरिद गर्न लागेको हो ।
अपाङ्गता भएकाहरुलाई वितरण गर्ने भनिएको कार्यक्रमलाई समेत पालिकाले परिमार्जन गर्न संसोधनमा राखेको छ । भैपरि तथा विपत व्यवस्थापनका शिर्षकलाई पनि संसोधन गर्न लागिएको आर्थिक विकास संयोजक शेषले जनाउनुभयो । खजुराको अर्को सभा आउँदो २९ गते बस्ने गरि सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष विकले समापन गर्नुभयो ।