२६ मंसिर २०८१, बुधबार

कृषि ज्ञान केन्द्र बाँकेका कार्यक्रमहरुको संयुक्त अनुगमन तथा मुल्यांकन

कृषि ज्ञान केन्द्र बाँकेका कार्यक्रमहरुको संयुक्त अनुगमन तथा मुल्यांकन

समाचारदाता
नेपालगन्ज, असार २६ गते । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लामा चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यहरुको अवस्था बारे जानकारी लिनका लागि बुधवार संयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुखहरुको सहभागितामा सो अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न गरियो ।
अनुगमनमा निस्कनु अघि कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यक्रमहरुको जानकारी गराउँदै प्रगति बिवरण प्रस्तुत गर्नुभयो ।
त्यसपछि अनुगमन टोलीले डुडुवा ६ बल्दीपुरवामा रहेको बल्दिपुरवा कृषि सहकारी संस्थामार्फत किसानहरुलाई प्रदान गरिएका विभिन्न कृषि उपकरणहरुको उपादयता बारे जानकारी लिएको थियो ।
सो अवसरमा बल्दिपुरवा कृषि सहकारी संस्थाका अध्यक्ष उमेश कुमार यादवले उपकरणबाट भएको सहजता र बढेको उत्पादन बारे जानकारी गराउनुभयो ।


त्यसपछि सो टोलीले डुडुवा ४ सिधनियाघाट राप्ती नदी छेउमा गरिएको तरकारी खेतीको स्थलगत अनुगमन गरेर तरकारी उत्पादन बारे जानकारी लिएको थियो ।
सोही प्रकारले सो टोलीले नेपालगन्ज १९ र २२ मा गरिएको तरकारी खेती बारे पनि जानकारी लिएको थियो । सो अवसरमा राधा कृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष गोपी यादवले तरकारी खेती बारे जानकारी गराउनु भएको थियो ।
यसैगरि उक्त अनुगमन टोलीले जानकी ५ गुरुवागाउँमा रहेको जनजागरण बहुउदेश्यीय सहकारी संस्थाको गतिविधि र निर्माण कार्य बारे जानकारी लिएको थियो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले अनुगमन निकै राम्रो भएको जनाउँदै कृषि ज्ञान केन्द्रले जिल्लाका कृषक र कृषिका लागि गरेको लगानीको राम्रो प्रतिफल किसानले पाएको देखिएको बताउनुभयो ।
सो टोलीमा सहभागि रहनु भएका कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठ, साल्ट ट्रेडिंग प्रदेश कार्यालय नेपालगन्जका प्रमुख मनोज चौधरी, कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख मोहन भण्डारी, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका गणेश प्रसाद यादव, बाली संरक्षण कार्यालयका उमाशंकर पौडेल, डा. अनिल पोखरेल, नेपालगन्ज उपमहनगर कृषि शाखाका अम्बिका रिजाल, डुडुवा गाउँपालिका कृषि शाखाका शुसिल शर्मा, जानकी गाउँपालिका कृषि शाखाका मनोज मण्डल लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *