६ फाल्गुन २०८१, मंगलवार

सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नरैनापुरमा २०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण

सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नरैनापुरमा २०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण

समाचारदाता
नेपालगन्ज, पुस २५ । सशस्त्र प्रहरीले सीमावासीसंग सम्बन्ध बिस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरिएको छ ।
नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ स्थित नेपाल भारत नाकामा रहेको घोरदौडिया गाउँमा रहेको राष्टिय आधारभूत बिद्यालयमा अध्ययनरत २०० जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी बिमल डाँगीले बताउनुभयो ।


उहाँले ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नाका नजिकका नेपाली वासिन्दासंग छलफल, भेटघाट, अन्तरक्रिया र अन्य गतिविधी गरेर नागरिक र प्रहरीको सम्बन्ध सुदृढ पार्दै गएको जनाउँदै सोही अन्तर्गत शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बताउनुभयो ।
यसअघि केही दिन पहिले मात्रै डुडुवा गाउँपालिकाको खडैंचा नाका नजिक शसस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर राखेर करिब ३०० जना स्थानीयको उपचार र औषधी वितरण गरेको थियो ।
विहिबार नरैनापुर ४ घोरदौडिया गाउँमा आयोजना गरिएको कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगी, वडा नम्बर ४ का वडा अध्यक्ष मनोज शर्मा र बिद्यालयका प्रधानाध्यापकले बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नु भएको शसस्त्र प्रहरीका डिएसपी गजेन्द्र चन्दले बताउनुभयो ।

उहाँले सो अवसरमा २०० जना बालबालिकालाई कपि, कलम, पेन्सिल, इरेजर र सर्पनर तथा भलिभल, फुटवल र ब्याटमिन्टनका खेल सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले शसस्त्र प्रहरीले सञ्चालन गरेको ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ निकै उपयोगी, समय सान्दर्भिक र सीमाको रक्षाका लागि अतिआवश्यक रहेको बताउनुभयो ।
यस्ता कार्यक्रमले सीमा नजिक बसोबास गर्ने नेपाली र सुरक्षाकर्मीको सम्बन्ध सुदृढ भइ विभिन्न गैर कानुनी काम र गतिविधि रोक्न सहयोग मिल्ने अध्यक्ष शाहले बताउनुभयो ।

सोही प्रकारले केही दिन अघि मात्र सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शम्शेरगन्जले पनि विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।
सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण, शम्शेरगन्जले राप्ती सोनारी गाउँपालिका–८ स्थित भगवती आधारभूत विद्यालयका १३२ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक छवी रावतका अनुुसार स्थानीयबासीसँग समन्वय र सहकार्य गर्ने उद्देश्यले विद्यार्थीलाई शैक्षित सामग्री वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *