१८ असार २०८३, बिहीबार

बी ग्रुपद्धारा नेपालगन्जको सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण

बी ग्रुपद्धारा नेपालगन्जको सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण

टि डि खोप समिक्षा तथा योजना बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ७ । बी ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले सरसफाईकर्मी र कृषकहरुको पेशागत जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनकालागि नेपालगन्जका सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।
परियोजनाका संयोजक समद सिद्दिकीले दिनुभएको जानकारी अनुसार परियोजना अन्तर्गत सरसफाईकर्मी र कृषकलाई मध्यनजर गरि उहाहरुको पेशागत जोखिम न्यूनीकरण गर्न, स्वास्थ्य सुनिश्चित गर्न र स्वास्थ्य सेवामा पहँुच बढाउनका लागि पेशागत स्वास्थ्य सेवा प्रणाली बलियो बनाउने उद्धेश्यले नेपालगन्ज ४ को सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र नेपालगन्ज २ को सहरी स्वास्थ्य केन्द्रलाई प्रयोगशाला तथा मेडिकल उपकरण हस्तान्तरण गरिएको हो ।


नेपालगन्जका दुईटा स्वास्थ्य संस्थालाई चार लाख ६८ हजार २१४ रुपियाँ बराबरको उपकरण तथा सामाग्री हस्तान्तरण गरिएको संयोजक सिद्दिकीले बताउनुभयो ।
सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र वडा नम्बर ४ लाइ चार लाख १३ हजार ८२२ रुपिया र सहरी स्वास्थ्य केन्द्र वडा नम्बर २ लाई ५४ हजार ३९२ रुपियाको विभिन्न उपकरण तथा प्रयोगशालाकालागि मेशिन, रेपिड टेस्ट किट र रि–एजेन्ट जस्ता सामाग्रीहरु सहयोग गरिएको बी ग्रुपले जनाएको छ ।
मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाले प्रभावकारी रूपले नेपालगन्जका जोखिममा रहेको समुदायकोलागि काम गर्दै आएको जनाउँदै सराहना गर्नुभयो ।


उहाँले साथै यो परियोजनाले स्वास्थ्य संस्थाहरुलाई शुरु देखिनै बलियो बनाउन सहयोग गरि रहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाई राख्ने अपेक्षा रहेको बताउनुभयो ।
परियोजनाले पालिकालाई पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका र सार्वजनिक निजि साझेदारी बैठक निर्देशिका बनाउन महत्वपूर्ण प्राबिधिक सहयोग गरेको जानकारी पनि सो अवसरमा मेयर बिष्टले दिनुभयो ।


टिडि खोप समिक्षा तथा योजना बैठक सम्पन्न
यसैबिच सो परियोजना अन्तर्गत नै टिडि खोपको समिक्षा तथा योजना बैठक पनि सम्पन्न गरिएको छ ।
सो बैठकमा ५०० जना सरसफाईकर्मी र १५०० जना कृषकहरुलाई बयस्क टिडि खोप लागि रहेको जानकारी गराउँदै सो खोपको अधिकतम पहुच बढाउन र ड्रप आउट कम गर्न बिशेष ध्यान दिनुपर्नेमा जोड दिईएको थियो ।
उक्त बैठकमा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठ, नेपालगन्ज स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द र जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेत, खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी र जनस्वास्थ्य निरिक्षक शमसुद्दीन खाँ तथा डुडुवा गाउँपालिका स्वास्थ्य शाखाबाट पवन कैरातीको उपस्थिति रेहको थियो ।

समिक्षा बैठकमा खोपको दोस्रो डोज लगाउँदा १८७ जना ड्रप आउट देखिएको कुरालाई गम्भिरतापूर्वक लिन स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठ लगायत राम बहादुर चन्द र लक्ष्मी केसीले अनुरोध गर्नु भयो भने खोप लगाउँदा प्रभावकारी परामर्श गर्ने कुराहरुलाई पनि ध्यानदिनु पर्नेमा जोड दिनु भयो ।
स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले परियोजनाका लाभग्राहीहरुलाई खोप लगाउँदा खोपको समय तालिकालाई ध्यान गरि पूर्ण खोप गराउने सुझाब दिनु भयो भने छुटेकाहरुलाई ड्रप आउट नगरि छुटेको खोपमा राख्न निर्देशन दिनु भयो ।
सो कार्यक्रममा नेपालगन्जको सहरी स्वास्थ्य केन्द्र वडा नम्बर २, मनिकापुर स्वास्थ्य चौकी वडा नम्बर २०, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ११, डुडुवाको हिर्मिनिया स्वास्थ्य चौकी वडा नम्बर ६ र खजुराको वडा नम्बर २ को सीतापुर स्वास्थ्य चौकीका प्रमुखहरुलगायत अन्य स्वास्थ्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *